KATHMANDU : प्रहरीले शुक्रबार बरामद गरेको कोकिनमा नेपालमा रहेर प्रहरीको सहयोगमा लागूऔषधको सिण्डीकेट चलाउदै आएको भुमिगत गिरोहको संलग्नताको आशंकाका आधार भेटिएका छन। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले हालसम्मकै ठुलो मात्रामा कोकिन सहित एक महिलालाई शुक्रबार साझ पक्राउ गरेको हो । एनसीबीको सफलताको कदर गर्नै पर्छ । तर प्रहरीको समाचार अनुसार पक्राउ परेकी मलेसियन नागरिक ३६ बर्षीया मरिना बिन्ति जमालुद्धिन २८ मार्चमा दोहा हुँदै काठमाडौँ उत्रेकी थिइन् । प्रहरीकै अनुसार उनले नेपालमा करिब एकसाता बिताईन । त्यो पनि लाजिम्पाटको कुनै अर्पाटमेन्टमा । र प्रहरीकै भाषामा ‘काठमाडौं लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागूऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ‘।
प्रहरीको भनाईलाई मान्ने हो भने पक्राउ परेकी महिलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथबाट ११ किलोग्राम कोकिन भित्राएकी हुन ?र शनिबार एउटा दैनिकको अनलाईनको समाचार अनुसार त फर्कदा समेत उनले विमानस्थलको सुरक्षा जाँच समेत पार गरिसकेकी थिईन । उनलाई अध्यागमनका कर्मचारीले पक्राउ गरेका हुन । बजार मुल्य अनुसार करिब १६ करोड ५० लाख रुपैया बराबरको कोकिनको खेलमा नेपाली खेलाडीको सहयोग नभएको प्रहरी दाबी त्यो पनि हतारमा किन ?
कोकिन तस्करको अन्तर्राष्ट्रिय अवस्थामा समेत मेक्सिकोबाट अमेरिका बाहेक कम्बोडिया, ब्राजिल र पेरुबाट रुट टान्जिटमा एकैपटक ११ किलो एउटै महिलाको खेप आफैमा नयाँ र अनौठो हो ।
एनसीबीले आईतबार २ बजे पत्रकार सम्मेलनको शनिबार निमन्त्रणा दिएपनि सोही साझ मुख्यालयबाट प्रेषित समाचार जस्ताको त्यस्तै :
ठूलो मात्रामा लागूऔषध कोकिनसहित बिदेशी नागरिक पक्राउ
काठमाडौं, २१ चैत
काठमाडौंबाट दोहा हुँदै ईटालीको रोम लैजान लागेको अवस्थामा लागू औषध नियन्त्रण व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्वर ए ३४८९१३८१ वाहक मलेसियन नागरिक ३६ बर्षीया मरिना बिन्ति जमालुद्धिन लाई ११ के।जी। लागूऔषध कोकिनसहित चैत २० गते १९स्०० बजे पक्राउ गरेको छ ।
क्यूआर ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जानेक्रममा उनलाई ५ वटा ल्यापटप ब्यागमा लुकाई छिपाई ल्याएको अवस्थामा प्रहरीले उक्त परिमाणको कोकिन फेला पारेको हो । प्रहरीले सोधपुछ गर्दा ल्यापटप नै हो भनेको तर एक्सरे स्क्रिनिङ गर्नेक्रममा शंका लागि चेकजाँच गर्दा ५ वटै ब्यागमा ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको थियो ।
यसअघि मलेशिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलो पटक नेपालको बाटो प्रयोग गरेकी हुन् । उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम पु¥याउनको लागि उक्त कोकिन ल्याएको खुलाएकी छन् । उक्त लागूऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति के।जी। करीव डेढ करोड रुपैयाँमा कारोवार हुने गर्दछ ।
जमालुद्धिन १५ मार्चमा मलेसियाबाट ब्राजिल र २८ मार्चमा दोहा हुँदै काठमाडौँ उडेकी थिइन् । यसअघि पनि आफुले मलेसियाबाट भारतको दिल्ली हुँदै धेरै पटक लागूऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलो पटक प्रयोग गरेको बताएकी छन् । लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको बताएकी छन् । प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागू औषध लिई उडदा १ हजार डलर पाएको र गन्तव्यमा पु¥याएपछि थप ५ हजार डलर पाउने उनले बताएकी छन् ।
काठमाडौं लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागूऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।