मुम्बईकी सोनुबाई १७ वर्ष पछि पक्राउ

Posted: April 1, 2015 in By Deepak Kharel

KATHMANDU : नेपाली युवती खरिद गर्ने भारतीय गिरोहकी मुख्य सोनु भन्ने सरस्वति लामा पक्राउ परेकी छन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोनुबाईलाई १७ वर्षपछि काठमाडौको बौद्धबाट पक्राउ गरेको हो । ब्युरोकी एसपी किरण बज्राचार्यले घटनाको पुष्टिगर्दै सोनुबाई जिउमास्ने बेच्ने मुद्दाकी फरार अभियुक्त भएको बताईन । sooooo
भारतको मुम्बईलाई केन्द्र बनाएर नेपाली युवतीको खरिद विक्री र जर्वजस्ती बेश्यवृतीमा संलग्न गराउने कोठी संचालिका सरस्वती नै कालान्तरमा सोनुबाईले कुख्यात भएकी हुन ।
mumbai
ब्युरोका अनुसार काठमाण्डौं जिल्ला अदालतले २०५५ सालमा जिउ मास्ने बेच्ने मुद्दामा सोनुलाई १० बर्ष कैदको फैसला गरेको थियो । प्रहरीका अनुसार २०५३ सालमा कृष्ण परियार र रमेश राम समेतका ब्यक्तिहरुले बेचेकी युवती फर्किएर माईती नेपालको सम्पर्कमा आएपछि सोनुबाईको मुम्बईको कोठीको रहस्य बाहिर आएको थियो ।सोनुबाईकी दिदी उपनाम मिराबाईले समेत मुम्बईमा कोठी संचालन गरेको प्रहरीको भनाई छ ।
बेलाबखत नेपाल आउने सोनुबाई र मिराबाईले आफै र एजेन्ट मार्फत लगिएका युवती खरिद विक्रीगर्दै आएका थिए । एसपी बज्राचार्यले अनुसन्धान भै रहेकाले कती युवती मिरा र सोनुको यातना सहन बाध्य भए खुल्दै जाने बताईन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s