आयोग पाँचवर्षे रणनीतिक योजनामा

Posted: March 31, 2015 in By Deepak Kharel

nhrc
KATHMANDU : राष्ट्रिय मानव अधिकार आयोगले पाँचौ रणनीतिक योजना सार्वजनिक गरेको छ । आयोगले सन् २०१५ देखि २०२० सम्मका लागि रणनीतिक योजना मंगलबारदेखि लागू गरेको हो । स्थापनाकालदेखि पाँचवर्षे विभिन्न चारवटा रणनीतिक योजना तर्जुमा गरिसकेको आयोगको हालको संरचनाबाट धेरै आशा गरिए पनि उही पुरानै कुरा दोहरीएका छन । सक्रमणकालिन न्याय र बेपत्ता तथा मेलमिलाप आयोगसँगको कार्यका बिषयमा आयोगको रणनीतिक आफै अन्यौल देखिएको छ । आयोगले रणनीतिक योजना आयोगका वर्तमान पदाधिकारीहरूको छ वर्षे पदावधिलाई लक्षित गरी निर्धारण गरेको जनाएको छ ।
योजना तर्जुमाको क्रममा मानव अधिकारको समग्र अवस्थाको विश्लेषण, आयोगको सबल पक्ष, कमजोर पक्ष, अवसर एवम् संस्थागत क्षमता र चुनौती समेतको समीक्षा गरिएको प्रेषित बिज्ञप्तीमा उल्लेख छ ।
‘सबैका लागि घरघरमा मानव अधिकारको मूल मर्मलाई आत्मसात गर्दै यही नै शान्ति र विकासको आधार हो भन्ने मान्यताका साथ मानव अधिकार संस्कृतिको विकास गर्ने’ दूरदृष्टि यस योजनाले लिएको छ । ‘मानव अधिकारमैत्री वातावरण निर्माणमार्फत् सबैले आफूलाई प्राप्त अधिकारको निर्वाध उपभोग गर्न पाउने स्थिति निर्माण गर्ने’ यस योजनाको मूल लक्ष्य रहेको छ बिज्ञप्तीमा भनिएको छ ।
आयोगले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि यस रणनीतिक योजनामा निम्न बमोजिमका चार मुख्य रणनीतिक उद्देश्यहरू निर्धारण गरेको छ ः
१. मानवअधिकार उल्लङ्घन घटनाको अनुसन्धान तथा मानव अधिकार अवस्थाको अनुगमन गर्नेे,
२. मानव अधिकार प्रवद्र्धन सुदृढीकरण गर्ने,
३. विपन्न, सीमान्तकृत एवम् पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्ने,
४. आयोगको पहँच विस्तार, प्रभावकारिता सुदृढीकरण एवम् संस्थागत विकास गर्ने

रणनीतिक योजनाबमोजिम कार्य सम्पादन भए–नभएको, अपेक्षित नतिजा हाँसिल भए–नभएको, कार्यसम्पादनका क्रममा रहेका सबल पक्ष र सुधार्नु पर्ने पक्ष के कस्ता रहेका छन् भन्ने कुराको वस्तुगत र व्यावहारिक विश्लेषण गर्न अनुगमन तथा मूल्याङ्कन खाका पनि समावेश गरिएको छ । रणनीतिक योजना कार्यान्वयनका क्रममा आउन सक्ने सम्भावित जोखिमहरूको पहिचान गरी त्यस्ता बाधा–व्यवधानहरूको न्यूनीकरणका उपायहरूसमेत यस रणनीतिक योजनामा समेटिएको छ । आयोगले मानव अधिकारको संरक्षण तथा संवद्र्धन गर्ने संवैधानिक एवं कानुनी दायित्व निर्वाह गर्ने क्रममा पहँुच, समानता र न्याय, जवाफदेहिता, निष्पक्षता, स्वतन्त्रता र स्वायत्तता, पारदर्शिता, सहभागिता, समावेशीकरण र विविधताको सम्मान, दण्डहीनता अन्त्य जस्ता मुख्य मूल्य–मान्यताहरूको पूर्ण रूपमा पालना गर्ने दृढता यस रणनीतिक योजनाले अवलम्बन गरेको छ ।

अपराध पीडितहरूको मानवअधिकारको उपेक्षित अवस्थालाई दृष्टिगत गरी तिनको निदान र निराकरणलाई यस योजनाले विशेष सक्रियता अपनाउने उपायहरू आत्मसात गरेको छ । वन्दीहरूका आधारभूत अधिकार रक्षार्थ आयोगले सक्रियकार्ययोजनाअपनाउने कार्यक्रम समावेश गरेको छ । द्वन्द्वपीडितहरूलाई शीघ्र र प्रभावकारी राहतका लागि सम्बन्धित आयोगहरूसँगको सहकार्यमाजोड दिएको छ । आयोगले फछ्र्यौट गर्न बाँकी मुद्दाहरुलाई वर्गीकृत गरी शीघ्रातिशीघ्र टुंग्याउने योजना समावेश गरेको छ ।
केन्द्रमा आयोगको आफ्नै भवन तत्कालै निर्माणका साथै स्थायी रूपमा मानव अधिकार तालिम प्रतिष्ठानको स्थापनालाई पनि यस योजनाले उच्च प्राथमिकताका साथ समावेश गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s