नेपाली सेनासँग समेत नभएको हतियार निकुञ्जमा फेला

Posted: March 23, 2015 in Army

M16 A1 KATHMANDU: नेपालका तीनै सुरक्षा निकायसँग नभएको अत्याधुनिक हतियार चितवन राष्ट्रिय निकुञ्ज भित्र बेवारिसे फेला परेको छ । नेपाली सेनाको निकुञ्ज सुरक्षामा रहेको श्रीजंग गणको चप्परचुली पोष्टबाट खटिएको पैदल टोलीले उक्त हतियार बेवारिसे अवस्थामा लुकाएर राखेको भेटेको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार पट्रोल टोलीले कठारा गाबिसस्थित कण्टेश्वरी सामुदायिक वनमा क्यामोफ्लाईज झोलामा ४ वटा टेपिङ्ग गरेको लोला र करिव १.५ फिट टेपिङ्ग गरेको शंकास्पद वस्तु फेला पारेको थियो । सेनाकै महिन्द्रदल गणबाट खट्टिएको बम डिस्पोजल टोलीले बरामद पोका खोलेर हेर्दा क्यामोफ्लाईज झोलामा एम १६ ए वन राईफल (साईलेन्सर सहित) एक थान, सोको म्याग्जिन र ५.५६ मि.मि. बालराउण्ड ४३ गोटा फेला परेको हो । सैनिक प्रवक्ता जगदिश चन्द्र पोखरेलले बरामद हतियार नेपाली सेनासंग रहेका हात–हतियारहरुको अभिलेखमा नभएको बताए । उनले भने ‘नेपाली सेनाले एम १६ एटु राईफल मात्र प्रयोगमा ल्याईरहेको छ, यो एम १६ ए वन राईफल हो’ । m16 a1 with silencer चितवन निकुञ्ज अवैध गैडा र बाघ शिकारका लागि कुख्यात हन्टिङ स्पट मानिए पनि सेनाले पछिल्लो केही वर्ष देखि जिरो पोचिङ बर्ष मनाउदै आएको छ । प्रहरी र निकुञ्ज प्रशासनले समेत उक्त क्षेत्रका शिकारीसँग भरुवा बन्दुक र राईफलमात्र रहेको र शिकारीबाट सोही प्रकारको हतियार बरामद गर्दै आएको छ । तर एकाएक चितवन निकुञ्जको भित्री जंगलमा अत्याधुनिक हतियार फेला परेपछि धेरै आशंका उत्पन्न भएका छ । सेनाको ईन्जिलिजेन्स स्रोतका अनुसार उक्त हतियार सशस्त्र द्धन्दका बेला तात्कालिन बिद्रोहीले खरिद गरेको हुनसक्ने आशंकामा अनुसन्धान भै रहेको जानकारी दियो। सेनाका एक वरिष्ठ अधिकारीले उक्त हतियार बरामदले देशको शान्ति सुरक्षा बाहेक कतै शिकारीसँगै उक्त अत्याधुनिक हतियार त पुगेन यसमा सेनाले गंभिर अनुसन्धान गर्ने बताए । सेनाले घटनाको अनौपचारिक अनुसन्धान गरिरहेको छ । यस्तै निकुञ्ज प्रशासनले समेत उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

Advertisements
Comments

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.