204-01

KATHMANDU : सशस्त्र द्धन्दकालिन प्रमुख पक्षधर नेपाली सेनाका सेना प्रमुखसँग सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सहितको टोलीले सैनिक मुख्यालयमै पुगेर भेटवार्ता गरेको छ । आयोगका अध्यक्ष सुर्य किरण गुरुङ्ग र प्रधानसेनापति गौरबशम्सेर राणा बिच बिहिबार जंगी अड्डामा भेटवार्ता भएको हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटमा प्रधानसेनापति राणाले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई नेपाली सेनाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रधानसेनापति राणाले आयोगका पदाधिकारीसँग विगत १० वर्षे सशस्त्र द्धन्द्ध र नेपाली जनताको शान्ति प्रतिको कामना स्वरुप भएको विस्तृत शान्ति सम्झौताको मुल मर्म र भावनालाई समेत आत्मसात गर्दै आयोगले आफ्नो कार्य सम्पादन गर्ने विश्वास लिएको जानकारी गराएका थिए । भेटमा आयोगका सदस्यहरु लिला उदासी खनाल, श्रीकृष्ण सुवेदी, मञ्चला झा तथा डा. माधवी भट्टको समेत उपस्थिति रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.