जारी नै छ बिदेशी मुद्रा तस्करी

Posted: March 19, 2015 in By Deepak Kharel

fcs

KATHMANDU: गृह मन्त्रालयले प्रहरीका एसएसपी रबिराज श्रेष्ठलाई बर्खास्त गरेपछि केही समय रोकिएको बिदेशी मुद्राको तस्करी त्रिभुवन  विमानस्थलमा हाल मौलाएको खबर छ । स्रोतका अनुसार प्रहरी मुख्यालयले एकजना प्रभावशाली पूर्व एआईजी र बहालवाला केही वरिष्ठ प्रहरी अधिकारीको डिजाईनमा सुन तस्करीका पुराना तस्करलाई पाखा लगाएर नयाँलाई स्थापित गर्ने रणनीति बनाएसँगै तस्करी मौलाएको हो । नेपालबाट विमानस्थल हुदै विदेशी मुद्रा लैजाने र आउँदा भरिया सहित सुन ल्याउने स्रोतले जानकारी दियो । बर्खास्त एसएसपी रबिराज श्रेष्ठ यस्तै तस्करलाई सघाएको आरोप प्रमाणित भएपछि जागिरबाटै हटाईएका थिए ।
विमानस्थल प्रहरीले हंङकङ जाँदै गरेका एक भारतीयलाई ठुलो परिमाणमा विदेशी मुद्रा सहित पक्राउ गरेपछि तस्करीको थप खुलासा भएको हो । ड्रागन  एयरको उडानबाट हंङकङ जाँदै गरेका भारतीय नागरिक मनोहरलालदास कृपालदास प्रहरी जाँच पुरा गरि विमानस्थल अध्‍यागमन डि एक्सरे मेसिन जाँच गर्ने क्रममा पक्राउ परेका हुन । प्रहरीले भारतको मुम्बईस्थित एसभी रोड, सान्ताक्रुजका बासिन्दा कृपालदासको जेड २३२८०१३ नम्बरको भारतीय पासपोर्ट समेत बरामद गरेको छ । उनका साथबाट १ लाख ७९ हजार ८ सय ५० अमेरिकी डलर, २० हजार नेपाली रुपैँया, ५ लाख ५८ हजार जापानिज येन, १ हजार ५ सय १० हङकङ डलर, २ हजार ५ सय ६ युके पाउण्ड, १ हजार ८ सय सात युरो, ५० अस्ट्रेलियन डलर र १ हजार ३ सय फिलिपिन्‍स रुपैँया बरामद गरिएको छ । विमानस्थल सुरक्षा प्रमुख डिआईजी विजय कायश्थले कृपालदास भरियाँ मात्र हुनसक्ने बताए । उनले सुन तस्करीकै लागि ठुलो परिमाणमा विदेशी मुदा बोकेर हंङकङ हिडेको आशंका प्रहरीले गरेको बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.