KATHAMANDU : प्रहरीले फागुन ३० गते किर्तिपुर स्थित बाग भैरब सामुदायिक वनको खोल्सामा सडेर किरा परेको अवस्थामा एउटा शब फेला पारेको छ । बयस्क युवाको शबसँगै परिचय खुल्न सक्ने केही भेटिएको छैन ।
शबको पछिल्लो भागमा रहेको कलात्मक ट्याटुकै भरमा उपत्यका र देशभित्रका प्रहरी युनिट अहिले उक्त शबको परिचय खोज्नमा जुटेका छन । प्रहरीका अनुसार उक्त शबको परिचय खुलेपछि मात्र हत्या वा मृत्युको कारण खोज्न सकिन्छ । प्रहरीको क्राईम डिभिजनले तस्बिरमा रहेको स्केचसँग मेल खाने कोहि कसैको आफन्तहरु हराएको भएमा नजिकको प्रहरी कार्यालय तथा महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।उक्त शबको हुलिया ३० देखि ३५ बर्षको मंगोलियन अनुहारको पुरुष जसको उचाई ५ फिट ३ ईन्च,लामो कालो कपाल,पिठ्युमा स्टार जस्तो ६ वटा कोण भएको फुलको आकार जस्तो देखिने निलो रंगको ट्याटु रहेको प्रहरीले जनाएको छ ।