अप्रेसन अक्टोपस: पहेलो धातुका खेलाडी समातिए

Posted: March 9, 2015 in Security

ffff gold

KATHMANDU : अप्रेसन अक्टोपस । महानगरीय प्रहरी अपराध महाशाखाले पहेलो धातु ( सुन)को अवैध ब्यापार र ब्यापारी बिरुद्ध संचालन गरेको कारवाही । महाशाखाले अप्रेसन अक्टोपस अन्र्तगत सुन चाँदीको पसलको भेदमा चिनबाट अवैध ब्यापार गर्दै आएका मुख्य सावरमल जोधानी (हाल फरार), न्युरोड स्थित द युनाईटेड गोल्ड मार्ट पसलका संचालक आकाश कुमार बज्राचार्य र बिक्की भन्ने बालकृष्ण अग्रवाल सहित १४ जनालाई पक्राउ गरेको छ । फरार रहेका जोधानी समेत चाडै पक्राउ पर्ने महाशाखाको दाबी छ ।

कसरी भयो अप्रेसन अक्टोपस ?
मिति २०७१।०९।२४ गते प्रहरी चेकजाँचको क्रममा प्रहरी कर्मचारीहरुमाथि अभद्र व्यवहार गरेकोले महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय अपराध शाखा ललितपुरको संयुक्त टोलीले निम्न ४ जना व्यक्तिहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई अनुसन्धान हुँदा निजहरु सुनचाँदीको भन्सार चोरी पैठारी कार्यमा संलग्न भएको खुल्न आएको ।
मिति २०७१।०९।२६ गते जि. भक्तपुर ठिमी न.पा. वडा नं. १७ सानो ठिमी स्थित प्रविण तिमल्सिनाको घरकोठाबाट चीनबाट चोरी पैठारी गरी ल्याई लुकाई राखेको अवस्थामा २ के.जी. तथा जि.भक्तपुर दुवाकोट गा.वि.स. वडा नं. १ स्थित देउता तिमल्सिनाको घर कोठाबाट २ के.जी. अवैध सुन सहित थप २ जना समेत ६ जना व्यक्तिहरुलाई पक्राउ गरी मिति २०७१।०९।२७ गते आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको ।
मिति २०७१।०९।२३ गते पक्राउ परेकाहरु यी ६ जना समेत ७ जनाले बरामद भएका उल्लेखित ४ के.जी. सुन समेत जम्मा ५ के.जी. सुन चाईनाको खासाबाट ल्याएको, जसमध्ये ४ के.जि. सुन ईलाम न.पा. घर भई हाल जि.का.का.म.न.पा. वडा नं. ११ भोटेबहाल बस्ने विक्की भन्ने बालकृष्ण अग्रवाल तथा सावरमल जोधानीको भएको तथा १ के.जि. सुन जि.कास्की पोखरा उ.म.न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २२ स्थित न्यूरोडका द युनाईटेड गोल्ड मार्टका संचालक बर्ष ५३ का आकाश कुमार बज्राचार्यको भएको र उक्त सुन मोहन चौधरीले मिति २०७१।०९।२४ गते निजलाई निजकै पसलमा गइ दिएको भन्ने खुल्न आएको ।
मिति २०७१।१०।२१ गते देखि २०७१।१०।२३ गते सम्म यस महाशाखाबाट खटिएकोे ४ वटा प्रहरी टोलीले सुन चाँदीको अवैध कारोबार हुने स्थानहरुमा गर्दा खानतलासी गर्दा ४ वटा पसल तथा व्यक्तिहरुबाट शंकास्पद अवस्थाको सुनचाँदी निम्न परिमाणमा बरामद भएको
सुन – ५ किलो २३५.८४ ग्राम,
काँचो चाँदी – ५६ किलो १७१ ग्राम,
सा्रेत नखुलेको नेपाली रु – ४,७४,६२,२३०
भारतिय रु –१,९९,४०० र
चाईनिज युआन – ४,६००

उक्त बरामद शंकीत सुन र नेपाली तथा विदेशी मुद्राहरु सहित तत्काल पक्राउ पर्न आएका आकाश कुमार बज्राचार्य, बालु जगन्नाथ धाङ्गे, नरेश अग्रवाल र रमेस खड्कालाई भन्सार चोरी पैठारी तथा सम्पत्ति सुद्धीकरण समेतमा आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको ।

अनुसन्धानका क्रममा सुन तथा चाँदीको चोरी पैठारीमा संलग्न भै तत्काल फरार रहेका बिक्की भन्ने बालकृष्ण अग्रवाललाई मिति २०७१। १०।२२ मा र विशाल चौधरीलाई मिति २०७१।१०।२३ मा पक्राउ गरी आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको ।
संगठित अपराधको रुपमा बरामद भएका सुन तथा शंकास्पद मुद्राः
सुन जम्मा ७ के.जी. ५९ ग्राम
नेपाली मुद्रा रु. ३०,००,०००।
मिति २०७१।११।१९ गते प्र. आकाश बज्रचार्य प्र. आकाश बज्रचार्य, सावरमल जोधानी, विक्की भन्ने बालकृष्ण अग्रवालसमेत निम्न १४ जनाले आपसमा लगानीकर्ता, मिडिल म्यान र सुन क्यारियरको जिम्मेवारी निर्धारण गरी लामो समयदेखि निरन्तर अपराधिक समुहमा रहि संगठित रुपमा चीनबाट सुन तथा चाँदीको चोरी पैठारी गरेको देखिएकोले संगठित अपराध निवारण ऐन, २०७० बमोजिम आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको ।
निम्न
१) जि. झापा भद्रपुर भर भै का.जि. भोटेबहाल बस्ने सावरमल जोधानी (हाल फरार) ।
२) जिल्ला कास्की पोखरा उपमहानगरपालीका वडा नं.१ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.२२ न्युरोड स्थित द युनाईटेड गोल्ड मार्ट पसलमा संचालन गरि बस्ने बर्ष ४८ को आकाश कुमार बज्राचार्य ।
३) जि. इलाम, इलाम न.पा.–१ घर भै का.जि.का.म.न.पा.–११ भोटेबहाल बस्ने बर्ष ४२ को बिक्की भन्ने बालकृष्ण अग्रवाल ।
३) जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ वस्ने वर्ष २३ को प्रविन तिमल्सीना ।
५) जिल्ला सिन्धुपाल्चोक पाङग्रेटार गा.वि.स. वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुृर मध्यपुर ठिमी नगरपालीका वडा नं. १६ वस्ने वर्ष २१ को देउता तिमल्सीना ।
६) जिल्ला रौतहट सिमरा भवानीपुर गा.वि.स. वडा नं. ३ घर भई हाल ललितपुर ईमाडोल डेरा गरि वस्ने वर्ष ३२ को मोहन चौधरी ।
७) जिल्ला चितवन रत्ननगर गा.वि.स. वडा नं. ६ घर भई हाल जिल्ला ललितपुर ईमाडोल डेरा गरि वस्ने वर्ष ३९ को रामराज चौधरी ।
८) जिल्ला वारा मनहरुवा गा.वि.स. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ईमाडोलमा डेरा गरि वस्ने वर्ष ४१ को नन्द किशोर चौधरी ।
९) जिल्ला चितवन पदमपुर गा.वि.स. वडा नं. ९ घर भई हाल ऐ ऐ वस्ने वर्ष ३० कोे सत्य नारायण चौधरी ।
१०) जिल्ला चितवन रत्ननगरपालिका वडा नं.६ घर भई हाल जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१५ बस्ने श्रीराम चौधरीको छोरा बर्ष २४ को विशाल चौधरी ।
११) जिल्ला सिन्धुपाल्चोक पाङग्रेटार वस्ने वर्ष ४० को ध्रुव तिमल्सीना ( हाल फरार) ।
१२) जि. काभ्रे नयाँबजार बस्ने बर्ष २८को मिलन तामाङ्ग (हाल फरार) ।
१३) जिल्ला चितवन रत्ननगरपालिका वडा नं.६ घर भई हाल जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१५ बस्ने श्रीराम चौधरी (हाल फरार) ।
१४) जि. कैलाली मालती बस्ने बर्ष २६ को जयराज भट्ट (हाल फरार) ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s