युद्धकला तथा प्रतिआतंकबाद बिरुद्ध नेपाल र भारतका सेना संयुक्त अभ्यासमा

Posted: February 23, 2015 in By Deepak Kharel

191-01

KATHMANDU : नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले गर्दै आएको युद्ध र प्रतिआतंकबाद अभ्यास एक्स सुर्य किरणको आठौ संस्करण सुरु भएको छ । एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपन्देहीमा पश्चिम पृतनापति उपरथी पदम विलास कार्कीले सोमबार अभ्यासको शुभारम्भ गरेका हुन ।

नेपाली सेनाबाट १९४ जना र भारतीय सेनाबाट २७० जना गरी जम्मा ४६४ जना अभ्यासमा समाबेश भई आठौं संस्करणको संयुक्त अभ्यास फाल्गुन २४ गते सम्पन्न हुनेछ । प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक एवं व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुने यस किसिमको अभ्यास विगतमा भारतमा पहिलो, तेश्रो, पांचौ र सातौं संस्करण तथा नेपालमा दोश्रो, चौंथो र छेठौं संस्करण संचालन भइसकेको छ ।
अभ्यासको शुभारम्भ गर्दै उपरथी कार्कीले लामो समयदेखि दुई सेना वीच रहँदै आएको पारस्परिक सम्बन्धलाई यस अभ्यासले अझ मजबुत बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । दुई सेनाको संयुक्त अभ्यास तथा तालिमहरुले भविष्यमा आईपर्ने बहुराष्ट्रिय स्तरको विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा प्रतिआतंकवादमा सहजता प्रदान गर्ने बताए । संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । ‘यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ ‘ सैनिक प्रवक्ता सहायक रथी जगदिश चन्द्र पोखरेलले भने । ‘ नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ’ पोखरेलले थपे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s