बिशेष अदालतका न्यायाधीसहरु नै संविधान बिरोधी !

Posted: January 14, 2015 in PRIVATE

KATHMANDU : संचारकर्मी तथा अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले सामाजिक संजालमा न्याय सम्पादन गर्ने अदालतले नै संविधान बिपरित कार्य गरेको तर्फ इगिंत गरेका छन । बिशेष अदालतमा रहेका राष्ट्रिय झण्डा नै संविधान बिपरित रहेको नेपालको तर्क छ । बाँकी नेपाल कै फेसबुक स्टाटसबाट ।

1524715_577475945664299_566207653_n

हरेक पटक जब म विशेष अदालत, बबरमहल विभिन्न मुद्दामा बहस गर्न जान्छु, माननीय न्यायाधीसहरु नै संविधानविरोधी झण्डामुनि गम्भीर मुद्रामा मुद्दा छिन्न बसेको देखेर मन खिन्न हुन्छ । इजलास नं। १ मा न्यायाधीसहरुको शीरमाथि रहेको नेपालको राष्ट्रिय झण्डा संविधान विपरित छ ।

नेपालको राष्ट्रिय झण्डामा रहने सूर्यमा १२ वटा कोण रहने व्यवस्था अन्तरिम संविधानको धारा ६ ले गरेको भएपनि विशेष अदालतले प्रिन्ट गरेको फ्लेक्स प्रिन्टका झण्डामा १६ वटा कोण छन्, चन्द्रमामा खुर्पे हँसिया आकारको छेऊका २ कोण बाहेक नै वीचमा ८ कोण हुनु पर्ने प्रावधान छ तर विशेष अदालतले चन्द्रमामा पनि वीचमा ६ मात्र र छेउका समेत जोडेर मात्र ८ कोण पुग्ने गरी राष्ट्रिय झण्डा प्रति दिग्भ्रम सिर्जना गरेको छ । विशेष अदालतका न्यायाधीसकै इजलासमा प्रयोग हुने संकेत, चीजबस्तुहरुको आधिकारिकतामा कसैले शंका गर्दैन, सर्वसामान्यले सोही झण्डालाई आधिकारिक मान्न सक्छन् ।

विशेष अदालतमा त विदेशीहरु पनि मुद्दाका प्रसंगमा तानिएर आइरहेका हुनसक्छन्, जसमा नेपालको आधिकारिक झण्डा त यस्तो हुनेरहेछ भन्ने भ्रम सिर्जना पनि हुन्छ । न्यायाधीसहरुको ध्यान नपुगेको हुनसक्छ, ध्यान पुगेन भनेर संविधान र कानुन विपरित कार्यव्यवहार कसैबाट हुनु हुन्न । विशेष अदालतले नेपालको अन्तरिम संविधानको धारा ६ र सोसँग सम्बन्धित अनुसूची १ अनुसार तुरुन्त ती प्रिन्टका झण्डा हटाएर संविधान सम्मत झण्डा राख्न विशेष अदालतको आफ्नो इजलासले आफैँलाई आदेश देओस् भन्ने मेरो निवेदन छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s