यसरी हुदैछ युवतीको तस्करी

Posted: January 7, 2015 in By Deepak Kharel

r-SAN-FRANCISCO-AIRPORT-HUMAN-TRAFFICKING-large570

KATHMANDU : भारतीय पत्रिका द टाईम्स अफ इंडीयाको अनलाईन संस्करणमा आएको एउटा समाचार यतिबेला नेपालीमाझ निकै चर्चामा छ । टाईम्सका पत्रकार निरज चौहानले लेखेको उक्त समाचारमा खाडी देश बिशेष गरि दुबईमा आठ हजार नेपाली युवतीको तस्करी भएको र हुनेक्रम जारी रहेको उल्लेख गरेका छन ।
समाचारका अनुसार नेपाली मानव तस्करले केही भारतीय एजेण्टको सहयोगमा अफ्रिकाको नैरोबी घुम्ने भिसामा युवतीको तस्करी गरिरहेका हुन । पत्रकार चौहानले भारतीय अधिकारी र केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको भनाईमा सम्पूर्ण आधिकारीक प्रमाण पुगाएर मानव तस्करी भै रहेको उल्लेख गरेका छन । टाईम्सका अनुसार नैरोबीका लागि टिकट, होटल बुक गरेको र नगद समेत साटेको बिवरण रहेको हुन्छ । भारतीय अधिकारीले नेपाली अधिकारीलाई यस बारे अवगत गराएको समाचारमा उल्लेख छ । नेपालबाट दिल्लीको इन्दिरा गान्धी विमानस्थल हुदै नेपाली युवती बेश्याबृती र यौन शोषणका लागि तस्करी हुन्छ । तस्करी गरिने युवती दुबई पुग्ना साथ नैरोबीको टिकट रद्द गरिन्छ । होटल बुकिङ समेत कागजीमात्र हुने गरेको छ ।
यो त भयो भारतीय मिडियामा आएको समाचार तर पर्दाफासलाई प्राप्त सुचना अनुसार दैनिक १० देखि २५ जनासम्म नेपाली युवती अनुकुलता अनुसार टुरिष्ट भिसामा त्रिभुवन विमानस्थलबाटै तस्करी भै रहेका छन । विमानस्थल विश्वस्त स्रोतका अनुसार नेपालबाट युवती तस्करीमा अध्यागमन कर्मचारी र प्रहरीले सहयोग गरिरहेका छन । टुरिष्ट भिषामा जाने युवतीलाई अध्यागमन पार गरेबापत प्रति युवती ७ हजार अध्यागमन कर्मचारीले लिने गरेको स्रोतको दाबी छ । यस्तै नेपालबाट जाँदा आवश्यक एकहजार डलर फिर्ता गर्ने र अन्य सहयोग गरेबापत प्रहरीले प्रति युवती ५ हजार लिने गरेका छन । स्रोतका अनुसार नेपालबाट पठाउदा इन्टरनेटमा दुबईको भिसा भए नभएको हेरेर पठाउने ब्यवस्थालाई तस्करले हतियार बनाउदै आएका छन । ‘अध्यागमनले नेटमा हेर्दा भिषा देखिन्छ , काम देखिदैन, बोकेको डलर प्रहरीले फिर्ता ल्याउछ’ स्रोतले भन्यौ ।  नेपालबाट खाडी देशमा उडान भर्ने विमान कम्पनीको टिकट रद्दको विवरणले समेत मानव तस्करीको सञ्जालको धेरै जानकारी पाउन सकिने स्रोतको दाबी छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.