सेनाले जलविद्युत्मा लगानी गर्ने

Posted: January 7, 2015 in Army

KATHMANDU : नेपाली सेनाले जलविद्युत् क्षेत्रमा लगानी गर्ने भएको छ । सैनिक कल्याणकारी कोषको रकम सही ठाउँमा सदुपयोग गर्ने उद्देश्यका साथ जलविद्युत् क्षेत्रमा लगानी गर्ने निष्कर्ष सेनाले निकालेको हो ।
सैनिक कल्याणकारी कोषमा रहेको ३० अर्बभन्दा बढी रकमलाई जलविद्युत्मा लगानी गरे सुरक्षित हुने तथा नाफा पनि हुने भएकाले सो क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको सैनिक मुख्यालयले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले सेनाका तर्फबाट लगानीको अवसर जुटाइदिन सरकासँग औपचारिक प्रस्ताव राख्न बाँकी भए पनि अनौपचारिक रूपमा कुराकानी भइरहेको जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा लगानी गर्दा के–कस्तो नाफा हुन्छ र त्यसले नेपाली सेनाका बहालवाला र अवकाशप्राप्त सैनिकलाई कसरी मुनाफा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बोर्ड गठन गरेर छलफल चलेको छ । ‘हामीले अध्ययनका लागि बोर्ड गठन गरेका छौं, त्यसले दिएको प्रतिवेदनपछि मात्रै लगानीको अवसरका लागि औपचारिक रूपमा सरकारलाई प्रस्ताव राख्नेछौं,’ सैनिक प्रवक्ता पोखरेलले राजधानीसँग भने, ‘सरकारले अवसर दिए नेपाली सेना जलविद्युत्मा लगानी गर्न तयार छ ।’ उनका अनुसार सेनाकै विभिन्न तहमा छलफल गरेर प्रस्ताव तयार गर्ने काम भइरहेको छ । ‘स्टाफ लेभलमा छलफल सकियो, कल्याणकारी कोषले यसको प्रस्ताव तयार गर्दै छ तर त्यसअघि सरकारले नेपाली सेनाको कल्याणकारी कोषले लगानी गर्ने तहको नीति ल्याए सेनाले लगानी गर्छ,’ पोखरेलले भने ।

21fc3ec650b9526b03aaba89785e05b5ऊर्जा मन्त्रालयले नेपाली सेनाले सो प्रस्ताव ल्याए लगानी अनुमति दिने जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले हालसम्म सेनाले जलविद्युत्मा लगानी गर्ने प्रस्ताव नल्याएको बताए । ‘मुलुकमा लोडसेडिङ भइरहेको यो अवस्थामा स्वदेशी लगानीकर्तालाई मन्त्रालयले सधैं स्वागत गर्छ तर सेनाले अहिलेसम्म त्यो प्रस्ताव ल्याएको छैन,’ ऊर्जा प्रवक्ता अधिकारीले राजधानीसँग भने । उनका अनुसार सात वर्षअघि सेनाले जलविद्युत्मा लगानी गर्ने चासो देखाएको थियो तर प्रक्रिया नै अगाडि बढेन ।

केही दिनअघि राष्ट्रिय योजना आयोगले अत्यावश्यक सेवा सञ्चालन गर्ने प्रयोजनका लागि १० देखि २० मेगावाटका जलविद्युत् आयोजना निर्माण एवं सञ्चालन गर्न नेपाली सेनालाई लगाउन ऊर्जा मन्त्रालयलाई आग्रह गरेको थियो । आयोगले मुलुकमा हुन सक्ने प्रकोपलाई दृष्टिगत गरी नेपाली सेनालाई विद्युत् गृह निर्माण, मर्मत–सम्भार, सञ्चालनसम्बन्धी प्राविधिक ज्ञान दिलाउने र त्यस्तो अवस्थामा अत्यावश्यक सेवा सञ्चालनका लागि विद्युत् सेवा सञ्चालन गर्ने प्रयोजनका लागि त्यस्तो आयोजना निर्माण कार्य सेनालाई दिनुपर्ने जनाएको हो ।

सेनाले कल्याणकारी कोषमार्फत स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र सैनिक उच्च मावि, सैनिक मेडिकल कलेज सञ्चालनमा छन् । त्यसैगरी, कोषमार्फत आगामी वर्ष प्रशोधित ड्रिंकिङ वाटर प्लान्टको स्थापना गर्ने, अक्सिजन प्लान्टको व्यावसायिक उत्पादन सुरु गरी बिक्री–बितरण गर्ने, विकास निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ उत्पादन गर्ने, वाटर जेल प्लान्ट निर्माण गर्ने जनाएको छ । सैनिक कल्याणकारी कोषमा २९ अर्ब रकम रहेको छ । जसमध्ये २५ अर्ब नगद र ४ अर्ब लगानी रहेको छ ।

Courtesy : टपेन्द्र कार्की/राजधानी दैनिक

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s