रसुवा प्रहरीको अप्रेसन ‘फेक’ : नक्कलीले लियो १४ को ज्यान (अप्रेसन डिटेल सहित )

Posted: January 7, 2015 in Security

KATHMANDU : दुई महिनाअघि १४ जनाको ज्यान जाने गरी नुवाकोटको बेलकोटमा भएको बस दुर्घटनाको अनुसन्धान क्रममा प्रहरीले चालकको लाइसेन्स नक्कली रहेको पत्ता लगायो। यातायात व्यवस्था विभागले चालक आइतमान तामाङको लाइसेन्स फर्जी रहेको पत्र प्रहरीलाई पठाएको थियो।
साहुसँगको रिसइबीका कारण नियतवश दुर्घटना गराएको बयान दिएका तामाङविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सरकारी छाप किर्ते गरेको मुद्दासमेत थपी २० वर्ष जेलसजाय माग गर्दै जिल्ला अदालतमा पेस गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल अच्युत कुइँकेलले बताए। ‘नियतवश मान्छे मार्ने उद्देश्यले गाडी दुर्घटना गराएकाले २० वर्ष सजाय माग गरिएको हो,’ उनले भने।
तामाङको लाइसेन्स नक्कली भएको खुलेपछि प्रहरीले रसुवा जिल्लामा अरु पनि त्यस्ता चालक हुन सक्ने ठानी लाइसेन्स छानबिन अघि बढायो। सो क्रममा जिल्लाका २५ प्रतिशत चालकका लाइसेन्स नक्कली रहेको प्रहरी अनुसन्धानले देखाएको छ। ‘यातायात व्यवस्था विभागमा बुझ्दा २५ प्रतिशत चालकको लाइसेन्स नक्कली पाइयो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले भने, ‘त्यस्ता चालकलाई कारबाही अघि बढाएका छौं। सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत छानबिन क्रममा पासाङल्हामु मार्गमा सवारी चलाउने अधिकांशको लाइसेन्स नक्कली देखिएको उनले जानकारी दिए।

62285_4952005238572_484379413_n
दुर्घटना बढ्नुमा अदक्ष चालक पनि एउटा कारण रहेको जिल्ला प्रहरी कार्यालयले प्रत्येक    चालकको सवारी अनुमतिपत्रको फोटोकपी संकलन गरेर परीक्षण सुरु गरेको थियो। एक महिनाभित्र ३ सय ६० वटा लाइसेन्स संकलन गरी जाँचका लागि विभाग पठाइएको थियो। प्रहरीका अनुसार तीमध्ये १ सय १६ लाइसेन्सको अभिलेख नै विभागमा नरहेको र २८ वटा लाइसेन्स अरूकै नाममा जारी भएको पाइएको छ।
नक्कली लाइसेन्स बनाउनेमध्ये धैबुङ–९ का सञ्जय परियारलाई पक्राउ गरी सरकारी किर्ते दस्तखतसम्बन्धी मुद्दा दर्ता गराइएको कार्यालयले जनाएकोछ।

1111परियारले बोकेको ०६३४८८९७ नम्बरको लाइसेन्स कुलशेखर घर्तीमगरका नाममा जारी भएको पत्र विभागले पठाएपछि उनलाई पक्राउ गरिएको हो। उनी नक्कली लाइसेन्सकै भरमा करिब तीन वर्षअघिदेखि ठूला सवारीसाधन चलाउँदै आएका थिए। उनीसहित जिल्लाका २८ जनाको लाइसेन्स नक्कली रहेको विभागले जिल्ला प्रहरी कार्यालय, रसुवालाई पठाएको पत्रमा उल्लेख छ। तिनमा पाँचले मोटरसाइकल, एकले कार तथा जिप, छ जनाले मोटरसाइकल र कार, दुईले कार र मिनीबस, दुईले बस र ट्रकको अरूको नाममा जारी भएको लाइसेन्स लिएको पाइएको छ। त्यसै गरी एकले मोटरसाइकलदेखि बससम्म, छ जनाले सबैखाले सवारी, एक जनाले मिनिबस, मिनिट्रक तथा कार र चार जनाले कार, मिनिट्रकदेखि बससम्मको नक्कली लाइसेन्स लिएका छन्।
त्यस्ता लाइसेन्सको अभिलेख हेरेर चालकलाई धमाधम सरकारी किर्तेछाप मुद्दा दर्ता गराउन लागिएको प्रहरीले जनाएको छ। यसरी लाइसेन्समा कडाइ गर्दा चालक सजग हुने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
नक्कली लाइसेन्स बनाउनेलाई ऐनको दफा १६१ अनुसार कारबाही प्रक्रिया अघि बढाउनुका साथै अरु चालकलाई पनि पक्राउ गर्ने काम भइरहेको प्रहरी भनाइ छ। दुई महिनाअघि साहुसँगको रिसइबीले चालक तामाङले भिरबाट बस खसाउँदा १४ को ज्यान जानुका साथै ६० भन्दा बढी घाइते भएका थिए। प्रहरीले विगतका दुर्घटनालाई ध्यानमा राखी सवारीचालक अनुमतिपत्र चेकजाँचमा कडाइसँगै गाडीमा क्षमताभन्दा बढी यात्रु कोच्न रोक लगाउँदै आएको छ। जिल्लामा सवारी अनुमतिपत्र चेकजाँच गर्ने प्रणाली नहुँदा साना गाडीका लाइसेन्स हुनेले खुलेआम ठूला सवारीसाधन चलाइरहेका छन्। तिनीहरूमाथि पनि छानबिन हुने प्रहरीले जनाएको छ।

अनुसन्धान तथ्यका लागि क्लिक गर्नुहोस :

Press-Release for Driving License

Courtesy: निराजन पौडेल/नागरिक न्युज

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.