BREAKING NEWS : न्यायधीस रणबहादुर बम हत्याको रहस्य खुल्यौ

Posted: January 3, 2015 in By Deepak Kharel

222KATHMANDU: प्रहरीले साढे दुईवर्ष पछि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको सफल अनुसन्धान गरेको छ । प्रहरीले बम हत्याकाण्डका आरोपी र हत्याको कारण अहिले चारबजे पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने भएको हो ।प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितीमा प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

२०६९ साल जेठ १८ गते सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बम पाटन स्थित बंगामुखीको दर्शन गरेर फर्कदै थिए । मन्दिर दर्शन गरेर कार्यालय जान लागेका न्यायाधीश बम  शंखमूल नजिक वाग्मती करिडोर यूएन पार्कमा पुग्दा अचानक पछाडिबाट आएका दुइवटा मोटरसाइकलले उनीहरू  चढेको  बा८च ९८५३ नम्बरको सेतो फियेसटा कार रोक्छन  । न्यायाधीश बमका पीएसओ -व्यक्तिगत सुरक्षा अधिकृत) असई महेश गिरी गाडीबाट ओर्लेर सोध्न नभ्याउदै अन्धाधुन्ध गोली प्रहार हुन्छ । बमको छातीमा ३, कोखामा १, घाँटीको रुद्रघण्टीमा १ र हातका औंलामा गरी ६ वटा गोली लागेको थियो । न्यायाधीश बमका पीएसओ  गिरी र साथी राम गिरी गोलीले घाइते हुन्छन  । गाडीका चालक अष्ट लामा सकुशल हुन्छन ।  शरिरका बिभिन्न भागमा ६ वटा गोली लागेका बमलाई अस्पतालमा पुर्याउना साथ मृत घोषणा गरिएको थियो ।

घटनापछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रेम शर्माको संयोजकत्वमा ३ सदस्यिय  न्यायीक छानबिन समिती र तात्कालिन महानगरिय प्रहरी आयुक्त कुबेर सिंह रानाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान समितिले विविध पक्षमा सुझाव दिएपनि हत्याको कारण खुल्न सकेको थिएन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s