पार्टीको विवादमा न्यायधीशको हत्या

Posted: January 3, 2015 in Security

KATHMANDU : प्रहरीले साढे दुईवर्ष पछि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको कारण चुरेभावर पार्टी भएको खुलासा गरेको छ । केशवप्रसाद मैनाली नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टीलाई अदालतले आधिकारिता दिएको भन्दै फैसला दिने न्यायाधीश रणबहादुर बमको हत्या भएको रहस्य सार्वजनिक भएको हो।
प्रहरीले बम हत्याकाण्डमा संलग्न भएको आरोपमा चुरेभावर पार्टीका नेता बाबु थापालाई पक्राउ गरेको छ। करिब साढे दुई वर्षअघि बमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरि शनिबार सार्वजनिक गरेको हो।
पक्राउ परेका चुरेभावर राष्ट्रिय एकता पार्टीका नेता बाबु थापाले आफूविरुद्ध फैसला भएपछि लामो तयारीपछि न्यायाधीश बमको हत्या गरेको स्वीकारेका छन्। प्रहरीले बाबु थापासहित भगवान थापा, शिवकुमार चौधरी, प्रेम खड्का र सञ्जय इस्लामी मगरलाई सार्वजनिक गरेको हो।

babu thapa33444b5b5b5tttt

अदालतको आदेश चित्त नबुझेको भएर न्यायाधीशको हत्या गरेको मुख्य अभियुक्त थापाले स्वीकारे। आफूहरूको विरोधमा लाग्ने सबैलाई सिध्याउने योजना अनुसार पहिलो टार्गेटमा न्यायाधीश परेका उनले बताएका छन्। न्यायाधीशलाई शिव चौधरी र सञ्जय मगरले गोली हानेका हुन्। गोली हान्ने मध्येका एक मगर हाल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितीमा प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपालमा भएको अपराधको इतिहासमै ठूलो घटना भएकोले नेपाल प्रहरीले अनुसन्धानको उच्च प्राथमिकतामा राखी अत्यधिक साधनस्रोत खर्च गरी अभियुक्तहरु पक्राउ गर्न सफल भएको बताए । जस्तोसुकै सुनियोजित घटना भएपनि अपराध अनुसन्धान सफल गर्न सकिन्छ भन्ने तथ्य यसबाट बाहिर आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले ज्यादै गहन जिम्मेवारी पुरा गरी वास्तविकता अगाडि ल्याउन नेपाल प्रहरीको टीम सफल भएकोमा सुखानुभूति भएको बताए।

२०६९ साल जेठ १८ गते सर्वोच्च अदालतका न्यायधीश बम पाटन स्थित बंगामुखीको दर्शन गरेर फर्कदै थिए । मन्दिर दर्शन गरेर कार्यालय जान लागेका न्यायाधीश बम शंखमूल नजिक वाग्मती करिडोर यूएन पार्कमा पुग्दा अचानक पछाडिबाट आएका दुइवटा मोटरसाइकलले उनीहरू चढेको बा८च ९८५३ नम्बरको सेतो फियेसटा कार रोक्छन । न्यायाधीश बमका पीएसओ ९व्यक्222तिगत सुरक्षा अधिकृत० असई महेश गिरी गाडीबाट ओर्लेर सोध्न नभ्याउदै अन्धाधुन्ध गोली प्रहार हुन्छ । बमको छातीमा ३, कोखामा १, घाँटीको रुद्रघण्टीमा १ र हातका औंलामा गरी ६ वटा गोली लागेको थियो । न्यायाधीश बमका पीएसओ गिरी र साथी राम गिरी गोलीले घाइते हुन्छन । गाडीका चालक अष्ट लामा सकुशल हुन्छन । शरिरका बिभिन्न भागमा ६ वटा गोली लागेका बमलाई अस्पतालमा पुर्याउना साथ मृत घोषणा गरिएको थियो ।

 

घटनापछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रेम शर्माको संयोजकत्वमा ३ सदस्यिय न्यायीक छानबिन समिती र तात्कालिन महानगरिय प्रहरी आयुक्त कुबेर सिंह रानाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान समितिले विविध पक्षमा सुझाव दिएपनि हत्याको कारण खुल्न सकेको थिएन ।

बाँकी बिस्तृत विवरण सीआईबीकै प्रस्तुतीबाट
हेर्न यहाँ क्लिक गर्नुहोस

Press Meet final New bom hatya

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s