काठमाडौमा चाईनिज ठग

Posted: January 3, 2015 in PRIVATE

20141012_133333

KATHMANDU : उनी घरमा एक्लै थिईन । एकजना चिनियाँ नागरिक बुझिने अग्रेजी बोल्दै घरमा छिरे । उनले आफु लुटिएको सुनाउदै पैसा नभएर बेखर्ची भएको सुनाए । एउटी गृहणीलाई उसको हाउभाउले अलमलमा पारिसकेको थियो । यसबिच उसले आफनो परिचय र विविध कुरा सुनाउदै उनलाई आफुसँग रहेको आईफोन किन्न आग्रह गर्न थाल्यौ । बजारमा उक्त आईफोनको ५० हजार मुल्य भएपनि आफु समस्यामा परेकाले ३० हजारमा बेच्ने उसले बतायो । ति महिलाले आफुलाई आवश्यक नभएको बताए पनि उसले किन्नका लागि कर गरि रह्यो ।घर जान खर्च नभएको बताए पछि नेपाली मन पग्लियो । अन्तमा उक्त आईफोन १४ हजारमा बेचेर चाईनिज हिडे ।

20141012_133230

उनले सस्तोमा गतिलो आईफोन पाएकोमा मख्ख पर्दै श्रीमान आउने बाटो हेर्न थालिन । मनमा कुरा खेल्न थाले । आफैले आफैलाई स्याबासी समेत दिईन ।
श्रीमान बेलुका घर फर्कनासाथ उनले गर्वका साथ दिउसो भएको घटना सुनाउदै आईफोन हातमा थमाइन । श्रीमानले उक्त फोन ओल्टाईपल्टाउई हेरे । श्रीमानको स्याबासी पर्खेर बसेकी उनलाई श्रीमानले गाली पो गर्न थाले । ३ हजार पनि नपर्ने फोनका लागि पसिना बगाएर कमाएको १४ हजार डुबाएको भन्दै श्रीमान कराउदै थिए ।

चाईनिजले असली भनेर विभिन्न बहानामा बेचेको आईफोन उसका समस्या जस्तै खासा मेड रहेछ । अब श्रीमतीको सोझोपनको खिल्ली उडाउन प्रहरी कहाँ जानु भन्दा उनले पर्दाफासलाई पत्र लेखेका छन । उनका अनुसार हाल केही समय देखि चिनियाँ नागरिक शहरका घरघरमा पुगेर विभिन्न बहानामा सस्ता सामान महँगोमा बेच्दै ठगीमा सक्रिय छन । वार्तालाप र मोलमलाईका बेला खिचिएको तस्बिर समेत हामीले यहाँ राखेका छौ ।
तपाईसँग समेत यस्तो घटना दोहरीन सक्दछ । त्यसैले होशीयार बनौ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s