बेलायती म्याकरको ठाँउमा सरोज कुवँर !

Posted: December 31, 2014 in By Deepak Kharel

KATHMANDU : ब्रिटिस नागरिक डेरी जोन म्याकरले यातायात ब्यवस्था कार्यालय बाग्मतीबाट चालक अनुमती पत्र लिए । उनको नम्बर थियो ०६–२०७८५५ र श्रेणी बी अर्थात कार र जिप चलाउने अनुमती थयो ।  म्याकरलाई आधिकारीक उपलब्ध अनुमती पत्रकै नम्बरमा नुवाकोटका १९ वर्षे सरोज कुवँरले बि एफ जी  श्रेणी राखेर सवारी साधन चलाउदै आएका थिए ।

1111

ललितपुर प्रहरीले नियमीत चेकजाँचमा कुवँरको अनुमती पत्र जफत गरेपछि मात्र म्याकरकै नाममा  समेत नक्कली अनुमती पत्र जारी भएको पत्ता लाग्यौ । ललितपुर प्रहरीका डिएसपी पवन गिरी किर्ते कारोबारमा सकृय गिरोहको पहुँच यातायात कार्यालयको गोप्य शाखामा समेत रहेको प्रमाण यस घटना भएको बताउछन । एउटै मितिमा जारी गर्ने देखि नविकरण समेत हुने गरेका घटना सार्वजनिक भएका छन उनले भने ।

ललितपुर प्रहरीले गत माघ यता तीनवटा यस्ता घटना सार्वजनिक गरेको छ जसले यातायात कार्यालयमा भै रहेको चरम अनियमितता उजागर गरेको छ । कार्यालयकै अनुमती पत्र, छाप र लोगो समेत प्रयोग गर्दै किर्ते नाममा जारी भएकै आधिकारीक नम्बरमा अनुमती पत्र बनिरहेका हुन । प्रहरीले आधिकारीक ईन्द्र वहादुर अर्यालको नाममा जारी भएको ०६–२८४४५० नम्बरमा गोपाल गोले  र लालध्वज तामाङको नाममा जारी भएको ०६–१९९९७६ नम्बरमा पदम नगरकोटीेको नाममा नक्कली लाइसेन्स बनेको फेला पारेको हो । डिएसपी गिरीका अनुसार किर्ते अनुमती पत्रसँगै पक्राउ परेका ब्यक्ती ग्राहक मात्र भएको बताए । पक्राउ अभियुक्तलाई अदालतले आठ देखि १० हजार धरौटीमा रिहा गरेको छ । प्रहरीका अनुसार कार्यालयका कर्मचारी र सवारीसाधन चलाउन सिकाउने इन्स्टिच्युटका केही ब्यक्तीनै किर्ते धन्दामा सक्रिय रहेका कारण यस्ता घटना दोहरी रहेका हुन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s