जग्गा किन्दै हो ? ठगलान !

Posted: December 31, 2014 in Security

Untitled

KATHMANDU : जग्गा किन्दै हो ? हो भने होशियार हुनुहोस । उपत्यकामा आर्कषक घडेरी देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले अर्काको नामको जग्गालाई मेरो हो भनी प्लटिङ्ग देखाई ठगी गर्ने एकजना ठगलाई पक्राउ गरेपछि यसको खुलासा भएको हो । महाशाखाले काठमाडौँ स्वयम्भु बस्ने मकवानपुर हटिया–४ घर भएका ३३ बर्षीय भिमबहादुर दर्नाललाई ठगीको आरोपमा पक्राउ गरेको हो ।
दर्नालले सितापाईला बस्ने सकुन्तला मानन्धर समेतलाई जग्गा प्लटिङ्ग गरेको छु तपाईको लालपुर्जा राखी फाईनान्सबाट रकम निकाली सस्तोमा जग्गा दिन्छु भनी प्रलोभनमा पारी झुक्काई २७ लाख रूपैया ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले अन्यको नाममा रहेको लालपुर्जाका आधारमा रकम दिने फाईनान्सलाई समेत अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान भै रहेको भन्दै फाईनान्सको नाम गोप्य राखेको छ ।
प्रहरी परिसर काठमाडौँले दर्नाल बिरुद्ध आवश्यक अनुसन्धान एवं कारवाही गरिरहेको महाशाखा प्रमुख पुष्कर कार्कीले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.