बंगलादेशी सेना प्रमुख काठमाडौमा

Posted: December 28, 2014 in By Deepak Kharel

162-01

KATHMANDU : प्रधानसेनापति गौरव शम्शेर राणाको औपचारिक निमन्त्रणामा  बंगलादेश सेनाका सेना प्रमुख इकबाल करिम भुयियान नेपालको चारदिने भ्रमणका लागि आइतबार  काठमाण्डौ आई पुगेका छन ।

बंगलादेश सेनाका सेना प्रमुखलाई कार्यरथी उपरथी  राजेन्द्र विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भ्रमणको क्रममा भुयियान ले सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशिल कोईरालासंग समेत भेटघाट गर्ने कार्यक्रम  छ ।
भ्रमणको सिलसिलामा पौष १४ गते भुयियानले सैनिक मञ्च टुडिखेलमा “बीर स्मारक” मा ज्ञात–अज्ञात वीर शहिदहरु प्रति श्रदान्जली दिने कार्यक्रम रहेको छ । तत्पश्चात जंगी अड्डामा  नेपाली सेनाद्धारा सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानसेनापति श्री राणासंग जंगी अड्डामा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ भने सोही सांझ प्रधानसेनापति राणद्धारा जंगी अड्डा परिसरमा आयोजना गरिने रात्रीभोजमा सरिक हुनेछन ।
भ्रमणको सिलसिलामा भुयियानले  पौष १४ गते सैनिक कमाण्ड तथा स्टाफ कलेज र  पौष १५ गते सैनिक प्रतिष्ठान तथा उपत्यका पृतना हे.क्वा.को समेत भ्रमण गर्ने  कार्यक्रम छ ।
भ्रमणदल आफ्नो भ्रमण पुरा गरी पौष १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.