काठमाडौंमा नेपाल–भारत समन्वय बैठक

Posted: December 6, 2014 in By Deepak Kharel

DSC_5537

KATHMANDU : सशस्त्र प्रहरी बल र भारतीय समकक्षी सशस्त्र सीमा बलका प्रमुखको नेतृत्वमा  दोस्रो ‘नेपाल–भारत समन्वय बैठक’ भएको छ ।
बैठकमा सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक वीडी शर्माले र नेपालका तर्फबाट आईजीपी कोशराज वन्तले नेतृत्व गरेका थिए । समन्वय बैठकमा सीमावर्ती अपराध नियन्त्रण लगाएतका विविध विषयमा छलफल भएको छ । बैठकले अवैध हातहतियार, लागूऔषधको कारोबार, तस्करी र मानव ओसार पसार कार्य लगाएत सीमावर्ती क्षेत्रमा हुने अपराधहरु नियन्त्रणको लागि महत्वपूर्ण निर्णय गरेको छ । दुवै देशले आ–आफ्नो तर्फबाट सीमा स्तम्भको रेखदेख एवं संरक्षण गर्ने विषयमा समेत बैठकमा सहमति भएको छ भने एसएसवीले तालिम, बन्दोवस्ती र क्षमता विस्तारमा एपीएफलाई सघाउने प्रतिवद्धता जनाएकोे छ ।बैठकमा प्रभावकारी समन्वय र सहकार्यका लागि सशस्त्र प्रहरी बलको तर्फबाट भारतको दिल्लीमा एपीएफको समन्वय अधिकृत खटाउनका लागि भारत पक्षले आग्रह गरेको छ ।

DSC_5517
बैठकमा नेपालको तर्फबाट सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ तथा बलको पाँचै क्षेत्रका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु जीतबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र रामशरण पौडेल तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।
बैठकमा भारतको तर्फबाट आइजीहरु कूलदिप सिंह, एसके सिंघल, अविनाश चन्द, श्याम सिंह तथा डीआईजी श्रवण कुमार, भारतको गृहमन्त्रालय र नेपाल स्थित भारतीय दुताबासका अधिकृतहरुको सहभागिता रहेको थियो ।

DSC_5356-1
नेपाल र भारतको सुरक्षा प्रमुख तहमा नेपालमा द्विपक्षीय वार्ता भएको यो पहिलो अवसर हो । यसअघि भारतको नयाँ दिल्लीमा २०६९ साल मंसिरमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसवी) का प्रमुखले वार्ता टोलीको नेतृत्व गर्दे सीमा सुरक्षा लगाएतका विभिन्न विषयमा छलफल भएको थियो । यसअघि कुटनैतिक तहमा दुई देशविच यस्तो छलफल हुने गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s