प्रहरी महानिरीक्षकले बुझाए सबै उपहार

Posted: December 3, 2014 in By Deepak Kharel

KATHMANDU : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एउटा सकारात्मक कार्यको सुरवात गरेका छन ।

10846441_766483183425082_9214278274417874376_n

महानिरीक्षक अर्यालले आफुले आईजीपीको हैसियतमा देश बिदेशबाट पाएका सम्पूर्ण उपहार प्रहरी सग्राहलयमा बुझाएका हुन । प्रहरीको मानव स्रोत विभाग अन्र्तगत रहेको प्रहरी संग्राहलयमा करिब एकसय भन्दा बढि उपहार बुधबार नै महानिरीक्षकको सचिवालयबाट लगिएको छ । आईजीपीलाई स्वदेशमा आएर भेटने कुटनीतिक नियोगका पदाधिकारी र बिदेशी पाहुनाले महानिरीक्षकलाई उपहार ल्याउने गर्छन ।

0

महानिरक्षिकको सचिवालयमा विभिन्न देशका प्रहरीका चिन्ह , राष्ट्रिय पहिचान खुल्ने तस्बिर लगायतका बहुमुल्य सामाग्री रहेका छन । यस अघिका महानिरीक्षकले आफुले पाएका उपहार सचिवालयमै छोडने वा घर लैजाने गरेका थिए । अवकास पछि महानिरीक्षकले निवास र सचिवालयबाट बोराका बोरा उपहार लैजाने गर्थे । ‘आईजीपीबाट सकारात्मक कार्यको सुरुवात भएको छ ‘एआईजी रमेशशेखर बज्राचार्यले पर्दाफासलाई भने ।

महानिरीक्षक अर्यालले यस अघि नै आफुमा सिमित रहेका अधिकार समेत प्रहरी प्रधान कार्यालयमा रहेका विभिन्न विभागलाई बाडेका थिए । महानिरीक्षकको सबैभन्दा ठुलो कमजोरी बन्दै आएको ठेक्कापट्टाको अधिकार समेत आईजीपी अर्यालले प्रशासन विभागलाई दिएका हुन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s