बालमन्दिरका अध्यक्ष र परियोजना प्रमुखलाई जेल

Posted: December 1, 2014 in By Deepak Kharel

 

KATHMANDU : मान्छे कती दानविय र मानवता विहिन हुदैछ । यसका लागि दुरदराज कतै जानै पर्देन । काठमाडौंको नक्सालस्थित बालमन्दिरमा गए पुग्छ । परिवार विहिन र अपांगता भएका बालबालिका आफु आश्रित घरमै असुरक्षित छन त्यो पनि आफ्नो सम्पूर्ण सुरक्षाको जिम्मेबारी लिएका ब्यक्तीबाटै । बालमन्दिरका संगठन प्रमुख र परियोजना प्रमुखको कुर्कमको सोमबार जिल्ला अदालतले फैसला गरेपछि त्यहाँ रहेका अन्य बालबालिकाको सुरक्षामा सरकारको नियमीत अनुगमन र रेखदेख आवश्यक भएको हो ।

index

काठमाडौं जिल्ला अदालतले बालमन्दिरका तीन वालिकालाइ बलात्कार गर्ने दुईजनालाई १६ वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश पशुपति आचार्यको एकल इजलासले अभियुक्त रविन चालिसे र रविन श्रेष्ठलाई कैदका साथै पीडित बालिकालाई जनही एकलाख रुपैयाँ क्ष्तिपूर्ती उपलब्ध गराउन फैसला गरेको हो ।
बालमन्दिरको विद्यार्थी संगठनका अध्यक्ष रहेका चालिसे र परियोजना प्रमुख श्रेष्ठले अपसी मिलमतोमा १६ बर्षभन्दा मुनिका सुस्त मनस्थिती भएका तीन बालिकालाइ निरन्तर बलत्कार गर्दै आएको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरि कारवाही अगाडी बढाएको थियो । अदालतसँगको तिनै जना बालिकाले आफुहरुलाई अभियुक्तले अश्लिल भिडियो देखाएर वाथरुम र लाइब्रेरीमा लगेर पटकपटक बलात्कार गरेको बयान दिएका थिए ।Rabin

उनिहरुलाइ २०७१ साल जेठ ३१ गते बालबालिका सम्बन्धी कार्यरत संस्था एसीआर नेपालले उद्धार गरेको थियो । सोमवार भएको सुनुवाइमा पीडितका तर्फबाट सरकारी वकिल कृष्णजंग शाह अधिवक्ता सुषमा गौतम रमा श्रेष्ठ र भुवन निरौलाले वहस गरेका थिए । आरोपित मध्ये श्रेष्ठ जाली सर्टिफिकेट काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्धा खेपिरहेका छन् । दुइ बर्ष अगाडी बालमन्दिरमै रहेकी एक नेत्रहिन बालिकलाइ एक विदेशी महिलाले धर्मपुत्रीकी रुपमा अपनाएपछी उनले रविन श्रेष्ठले बलत्कार गरेको खुलासा गरेकी थिइन्। ती बालिका मार्फत मुद्धा दायर गर्न खोज्दा हदम्यादको कारणले दर्ता भएको थिएन । सो सम्बन्धी रिट पनि सर्वोच्च अदालतमा दर्ता भइसकेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s