मोदीले दिए ‘फाइटर चपर’

Posted: November 25, 2014 in Army
Tags: , , , , , , , ,

10687152_872209969476118_3569584355076057436_n

KATHMANDU : भारत सरकारले नेपाली सेनालाई दिएको अत्याधुनिक हेलिकोप्टर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तान्तरण गरेका छन्।मोदीले अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो।

मोदी काठमाडौं आइपुगेकै दिन मंगलबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको एक समारोहबीच हेलिकप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। मोदीले प्रधानमन्त्री शुसिल कोइरालालाई हस्तानान्तरण गरेलगत्तै कोइरालाले प्रधानसेनापति गौरब शम्सेर राणालाई प्रदान गरेका हुन । हेलिकोप्टर प्रदानगर्ने सेनाको सटिक कार्यक्रम भएपनि मोदी आफै मैदानमा राखेको हेलिकोप्टर तर्फ बढेका थिए । उनीसँंगै प्रधानमन्त्री कोइराला लगायत सबै हिडेका थिए ।

10734179_872209966142785_1276786363526847399_n
मोदीले फिर्ता हुनेक्रममा गाडि चढनु अघि केही मिनेट रोकिएर समारोहमा उपस्थित सबैलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

कुल १४ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए। भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ। नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ।

विगतमा नेपाल र भारतबीच भएका सहमति अनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोग स्वरुप उपलब्ध गराउन लागिएको हो हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले निर्माण गरेको उक्त हेलिकप्टर हस्तान्तरण समारोहमा राखिने छ। सन् २०१२ मा निर्माणपछि ग्राउन्ड टेस्ट गरिएको सो हेलिकोप्टर आक्रमणको उद्देश्यका लागि भारतीय सेनाले प्रयोग गर्दै आएको छ। हेलिकोप्टरमा टुर्रेट गन, रकेट, एयर टु एयर मिसाइल्स तथा एयर टू ग्राउन्ड मिसाइलको फिचर समेत रहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s