ललितपुर प्रहरीको मदिरा महात्म्य

Posted: November 18, 2014 in Security

KATHMANDU : ( ललितपुर प्रहरीले पठाएको एउटा इमेल पढिसकेपछि केही हरफमा समाचार बनाउनु भन्दा पठनिय यो सामाग्री सबैका लागि हितकर हुने ठानेर यहाँं हामीले पोस्ट गरेका छौ)

 

PAWAN GIRI

पवन कुमार गिरी
प्रवक्ता,महानगरीय प्रहरी परिसर ललितपुर

समाजमा हुने धेरै जसो विकृति विसंगति तथा अपराध हुनुका प्रमुख कारण मध्ये मादक पदार्थ सेवन तथा नशालु पदार्थ सेवनवाटै हो भन्नुमा कुनै अत्युक्ति नहोला । मादक पदार्थ सेवनवाट कुटपिट, झैझगडा, यौन हिंसाका घटनाहरु, चोरी, डकैती, लुटपाट, हत्या, अपहरण, घरेलु हिंसा, यातना लगायतका घटनाहरु भएको प्रशस्तै मात्रामा पाईन्छ । त्यस्तै अत्याधिक मात्रामा मादक पदार्थ सेवनका कारण घर परिवार विच झैझगडा र श्रीमान्वाट श्रीमतिलाई कुटपिट तथा यातना दिने गरेको घटना तथा मुद्धाहरु पनि प्रहरीमा थुप्रै आउने गरेको पाईन्छ ।
नेपालमा खुल्ला रुपमा जुनसुकै समय र स्थानमा पनि मादक पदार्थको विक्री वितरण हुनु, बहुजाती, बहु धर्म, संस्कृति र परम्परा भएको देश र उच्च हिमाली पहाडी भू–भाग हुनु तथा प्रशस्त मात्रामा खाद्यान्न उत्पादन नहुनु र सवै प्रकारका खाद्यान्न (धान गहुं) उत्पादन नभएको कारण घर घरमा रक्सी वनाईनु र सजिलै प्राप्त गर्नुका कारण पनि नेपालमा रक्सी सेवन गर्नेहरुको संख्या वढ्दै गएको छ । त्यस्तै शहर वजार र गाउँ घरमा आधुनिक जीवन शैली र संस्कृतिमा जीवन यापन गर्ने देखावटी पश्चिमा संस्कृतीले पनि मादक पदार्थ विक्री वितरण र सेवनमा कमी नआएको पाईन्छ । चिया पसल, फेन्सी पसल, होटल, रेष्टुरेण्ट, किराना तथा खुद्रा पसल, कपडा पसल लगायतका सवै प्रकारका पसलहरुमा रक्सी पाईन्छ । राज्यवाट पनि सुपरीवेक्षण तथा अवलोकन गर्ने सम्बन्धित निकायले यस तर्फ खासै चासो र सक्रियता देखाए जस्तो पाईन्न । अत्याधिक मादक पदार्थ सेवन गरी व्यक्तिको स्वास्थ्यमा गम्भिर असर परि मृत्यु हुनेहरु, मादक पदार्थ सेवन गरी सवारी चलाउने र मादक पदार्थ सेवन गरी सडकमा लापरवाही ढंगले जथाभावी हिडेका पैदल यात्रीका कारणले हुने दुर्घटनावाट मृत्यु हुनेहरुको संख्यालाई हेर्ने हो भने भयावह र कहालीलाग्दो अवस्था छ ।
मादक पदार्थ भन्नाले एक किसिमको लठ्ठ तथा आनन्दित वनाउने तरल तथा ठोस बस्तु भन्ने बुझिन्छ । धार्मिक किम्वदन्तीमा तथा ग्रन्थमा भगवान शिवले गाँजा, भाङ्ग, धतुरो खाने गर्ने गरेको भन्ने बुझिन आउँछ । तसर्थ हिन्दु धर्मावलम्बीहरुले शिवरात्रीका दिन भगवान शिवका नाममा विभिन्न स्थानबाट साधुसन्त र भक्तालुहरु भेला जम्मा भई गाँजा भाङ्ग, धतुरो सेवन गर्ने गरेको पाईन्छ । नेपालमा विभिन्न जातजातीहरुको वसोवास भएकोले कतिपय जातजातीहरुका विभिन्न संस्कार अन्तर्गत जन्म, मृत्यु, पास्नी, व्रतवन्ध, जन्मोत्सव, पुजाआजा र देवीदेवतालाई चढाउनका लागि पनि रक्सीको प्रयोग गरेको पाईन्छ । कुनै न कुनै रुपमा आजभोली सवै जातजातीहरुमा रक्सीको सेवन गने गरेको पाईन्छ । कवी, कलाकार देखि साहित्यकार सम्म, कार्यालय सहायक देखि हाकिमसम्म, युवा देखी प्रौढ सम्म, कार्यकर्ता देखि नेता सम्म, अर्धली देखि मन्त्री सम्म, रिपोर्टर देखि पत्रकार सम्म, कामदार देखि व्यापारी उद्योग पति सम्म, नर्स देखि डाक्टर सम्म, भक्त देखि पुजारी सम्म, नाती नातिनी देखि हजुरवा हजुरआमा सम्म सवै तह तप्का र उमेर समुहमा रक्सीको प्रयोग भएको पाईन्छ ।
अझ भनौं नेपालीको लागि त “सुर्य अस्त नेपाली मस्त” भन्ने उखान टुक्का जोड्ने गरिन्छ । जाँड रक्सी खानेलाई न कुनै वार, दिन चाहिन्छ न समय नै चाहिन्छ । नेपालीकोे घर आँगनमा रक्सी किन यति प्रख्यात र अपरिहार्य भयो, यो केलाउनु जरुरी छैन तर पनि सेवन कर्ताहरुहरुसंग बुझ्न खोज्यो भने उनिहरु भन्छन् : रक्सी छाडियो भने सर्कल नै छुट्छ, पार्टीमा यदि रक्सी छैन भने रौनक नै आउँदैन, लेखक साहित्यकार कवी भन्छन्– हलका फुराउन नयाँ कुरा आउन थोरै १-२ पेग नलिई हुंदैन, डाक्टर भन्छ विरामीलाई १÷२ पेग खाएर सुतेमा टेन्सन दुर हुन्छ र मुटुको को समस्या हुदैन । हाकिम भन्छ, ठुलो हाकिम सावलाई यसो मेलमिलाप गरेमा सकारात्मक हुन्छ, कलाकार भन्छन्– यसो हल्का लिएमा स्वतः नर्भस हटेर जान्छ, घरकी श्रीमति भन्छिन्– कति घरमा वसेर दिक्क हुने, यसो रेष्टुरेण्ट गएर १÷२ पेग वाइन लिउँन । जड्याहा भन्छ– आज मौसमले क्या चुनौती गरेछ, हल्का दिउँन हो । विहान गेरु वस्त्र धारण गरेर पुजापाठ गरेर बसेको पण्डित वेलुका साहिलीको भट्टीमा भेटिन्छ । आधुनिकतामा रमाउने हामी पार्टी हुंदा हुंदै कसकी श्रीमति कस्को श्रीमान हो ? छुट्याउन नसकी होस् खुल्दा पारपाचुकेसम्म हुने गरेको पाईन्छ त कतै नयाँ रासलिला बन्दै जान्छ र अन्तमा प्रहरी, अदालत सम्म आईपुग्दछ । कुनै न कुनै कुकृत्य गरी रातका रात धनाढ्य भएका नव धनाढ्यका घरमा विभिन्न विदेशी रक्सीको बार नै पाईन्छ । वाजे वज्यै राम राम भनि भगवानको नाम जप्छन्, सोही घरको माथिल्लो तलामा सोही भगवानको भजनलाई रिमिक्स गरिएको पप गीत वनाई रक्सीको नशामा लठ्ठ भएर तल्लो तलामा छोरा छोरी नाचगान गर्दछन् । परिस्थिती र अवस्थाले यस्ता व्यक्तिहरु केही काल खण्ड र समय पश्चात जड्याहा फटाहा भई विभिन्न अपराधमा संलग्न हुनुका साथै तिनिहरुको छोराछोरी कुलतमा फस्ने र आवश्यकताका लागि विभिन्न अपराधमा संलग्न हुने गरेको पाईन्छ ।
आम जनमानसमा मादक पदार्थ सेवन गर्नु आर्थिक, सामाजिक र स्वास्थ्यको कारणले कुनै पनि अवस्थामा ठिक छैन भन्ने सन्देश मुलक जन चेतना दिन सकिएमा मात्र मादक पदार्थ सेवनका कारणबाट हुने अपराधहरुमा नियन्त्रण हुनुका साथै सेवन कर्ताहरुमा कमी आउनेछ । यस तर्फ राज्यले मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हिडडुल गर्ने, हुल हज्जत गर्ने, सवारी साधन चलाउने, झैझगडा गर्ने लगायतका अपराधमा कडा ऐन, कानुन वनाई सजायँ र जरिवाना गर्ने व्यबस्था ल्याई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता आजको दिनमा टड्कारो रुपमा देखापरेको छ । राज्यले प्राप्त गर्ने न्युनतम राजश्व शुल्कलाई मात्र नहेरी यसले ल्याउने समस्या र भावी दुष्परिणाममा गम्भिर भएर सोच्न जरुरी छ । मादक पदार्थ सेवनका कारणबाट आजका युवा भोलीका कर्णधार बर्गलाई गलत दिशा तर्फ लैजानु, अत्याधिक मादक पदार्थ सेवनको कारण दुव्र्यसनी हुनु, त्यसको बिपरीत प्रभाववाट विभिन्न रोगको सिकार हुनु, परिवार भित्र तनावको स्थिती सिर्जना हुनु, वौद्धिक वर्गको क्षमता र सख्यामा ह्रास आउनु, त्यस्तै मादक पदार्थ सेवन गरी हिड्ने पैदल यात्रु र सवारी चलाउने चालकको संलग्नताबाट हुने सडक दुर्घटनामा मानविय क्षेति र अंगभंगवाट हुने अकल्पनिय क्षतिको यहाँ उल्लेख गरी साध्य छैन । स्वास्थ्य उपचारको लागि औषधी, सवारी साधन मर्मतका लागि चाहिने पार्टपुर्जाहरु र सडक मर्मत सम्भारका लागि आवश्यक पर्ने सामाग्री खरिदका लागी देश वाहिर जाने ठुलो धनराशी एकातर्फ छ भने अर्को महत्वपुर्ण कुरा सवारी दुर्घटनाबाट हुने अपुरणीय मानविय क्षति र त्यसको असर, घरपरिवारको सहारा एक्लो व्यक्ति नै घाईते, अपाङ्ग भई महंगो उपचार सेवा पु¥याउँदाको त्यो क्षण कति हृदयविदारक र पिडादायक छ ? त्यो कल्पना पनि गर्न सकिन्न ।
उदाहरणको रुपमा मिति २०६८ साल मंसीर १७ गतेवाट उपत्यका भित्रको सडक दुर्घटना र न्युनिकरण तथा रोकथाम गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने उपर कडा कारवाही गर्न थालेपछि उपत्यका भित्र दैनिक जसो २÷४ जनाको दरले मृत्यु हुने गरेको संख्यामा हाल घटेर हप्तामा पनि त्यतिको संख्यामा दुर्घटना भएको पाईन्न । मादक पदार्थ सेवन चेकजाँचमा कडाई गरेपछि दशैं तिहार लगायतका महत्वपूर्ण चाडपर्वका अवसरमा उपत्यकावाट वाहिरिने लामो दुरीका सवारी साधनबाट उक्त वर्ष देखि हालसम्म ठुला किसिमको दुर्घटनावाट क्षति भएको पाईएको छैन । त्यस्तै उपत्यकाका होटल तथा रेष्टुरेण्टहरु समयमा नै बन्द भएका र नियमित मादक पदार्थ सेवन गर्नेहरुमा पनि मा.प.से.चेकजाँचको भय र त्रास तथा आफ्नो ईज्जत प्रतिष्ठाको कारण समयमै सकुशल घर फर्किने गरेकोले पनि घरेलु हिंसा, कुटपिट, झैझगडा जस्ता घटनामा पनि कमी आएका छन् । नर्सिङ्ग होम, अस्पताल र अर्थोपेडिक उपचार क्लिनिकमा विरामीको संख्यामा कमी आएकै कारणले पनि यो अभियानले सडक दुर्घटनामा कमी आएको प्रष्ट हुन आउँछ ।

रक्सी माहाभारत :

मिति २०७१।०२।१९ गते दिउँसो अं.3 बजेको समयमा जिल्ला ललितपुर बुंगमती गा.वि.स. वडा नं. ९ स्थित ऐ.ऐ. बस्ने प्रतिवादी बर्ष ६१ को वुद्धीराज तामाङ्गले निजको आफ्नै श्रीमति वर्ष ६१ की कृष्ण माया तामाङ्गलाई घरायसी विवादका कारण फलामको वाँसुरी समेतले शरीरको विभिन्न भागमा पटक पटक प्रहार गरी कर्तव्य गरी मारेको वारदात सम्बन्धमा अनुसन्धानको शिलशिलामा प्रतिवादी तथा मृतक दुवैले मादक पदार्थ सेवन गरी विवाद भएकै कारणबाट उल्लेखित वारदता घट्न गएको पाईएको ।
निज प्रतिवादी बुद्धिराज तामाङ्गलाई पक्राउ गरी अनुसन्धान कार्य पश्चात् ललितपुर जिल्ला अदालतको मिति २०७१।०३।१२ गतेको आदेशानुसार पुर्पक्षको लागि थुनामा गएको ।

मिति २०७१।०५।६ गते बिहान अ.०६:४५ बजेको समयमा ललितपुर जिल्ला ल.पु.उप.म.न.पा.३ पुल्चोक कान्तिपुर एफएम नजिकै रहेको बज्राचार्य गुठी सस्था तथा खड्क योगीनी मन्दिर पछाडी रहेको मकैवारीमा पछि नामथर खुल्न आएका जिल्ला काभ्रेपलाञ्चोक उग्रतारा गा.वि.स. वडा नं. १ घर भई हाल ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ११ मंगलवजार बस्ने राज कुमार भन्ने लगन बहादुर खत्रीको छोरा वर्ष २३ को राजु खत्री भन्ने प्रज्वल खत्रीको घाँटी रेटी हत्या गरीएको अवस्थामा मृतक लास फेला परेकोमा अनुसन्धानको शिलशिलामा सो वारदातमा संलग्न प्रतिवादी कान्छा भन्ने प्रवेश मुनि शाक्यलाई मिति २०७१।०६।३० गते पक्राउ गरी सोधपुछ गर्दा उक्त वारदात समेत मादक पदार्थ सेवन गरी विवादको कारणवाटै भएको पाईएको ।
सो मुद्धामा अनुसन्धान कार्य पश्चात् निज पक्राउ प्रतिवादी कान्छा भन्ने प्रवेश मुनि शाक्य ललितपुर जिल्ला अदालतको मिति २०७१।०७।०९ गतेको आदेशानुसार पुर्पक्षको लागि थुनामा गएको ।

राज्यवाटै मादक पदार्थ सेवन,उत्पादन तथा विक्रीवितरण तर्फ नियन्त्रण गर्न अवलम्वन गर्नुपर्ने उपायहरु :
मादक पदार्थ विक्री वितरण तथा सेवनका लागि निश्चित स्थान र समय (जस्तै २०:०० वजे देखि २२:०० वजे सम्म) तोकिनु पर्ने र सम्बन्धित होटल तथा रेष्टुरेण्टबाटै arrest  को व्यबस्था गरिनुपर्ने ।
मादक पदार्थ विक्री वितरण गर्दा खरीद कर्ताको पूर्ण विवरण खुलाएर मात्र विक्री वितरण गराउनुपर्ने ।
मादक पदार्थ सेवन गर्दा सार्वजनिक स्थान, कार्यालयमा कोही कसैले पनि (कर्मचारी, व्यक्ति) सेवन गर्न नपाउने व्यबस्था गरिनुपर्ने र कसैले सेवन गरेमा कडा कारवाही गरिनुपर्ने ।
मादक पदार्थ उत्पादन, विक्रीवितरण तथा सेवन विरुद्धमा जनचेतनामुलक Documentry , सडक नाटक मार्फत व्यापक प्रचार प्रसार गरिनुपर्ने ।
सरकारी तथा निजी कार्यालय, संघसंस्था, समिति लगायतका कार्यालयहरुले भोज भतेरको आयोजना गर्दा मादक पदार्थ निषेधित गर्नुपर्ने ।
मार्फत मादक पदार्थको प्रचार प्रसारमा अनिवार्य रुपमा रोक लगाईनुपर्ने र सार्वजनिक स्थानमा त्यस्ता होर्डिङ्ग वोर्ड राख्न नपाईने व्यबस्था गरिनुपर्ने ।
मादक पदार्थ विक्री वितरण गर्न अनिवार्य अनुमति पत्र लिनु पर्ने व्यबस्था गरि अनुमति नभएकालाई कडा कारवाही गरीनुपर्ने र अनुगमन गर्ने निकायले निरन्तर अनुगमन गरिनुपर्ने ।
जातजाती र संस्कृतिका नाममा संरक्षण गर्ने व्यबस्था नगरियोस् र राजनैतिक दल तथा भातृ संघ संगठनवाट यसलाई प्रश्रय नदिईयोस् ।
पेशाको रुपमा घरेलु मादक पदार्थ उत्पादन एवं विक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि बैकल्पिक रोजगारीको व्यबस्था गरिनुपर्ने ।
विवाह, पार्टी, व्रतवन्ध, भोज तथा शुभकार्यमा मदिराको प्रयोग गर्न नपाईने व्यबस्था गरिनुपर्ने ।
मादक पदार्थ सेवन गर्ने व्यक्तिहरुले समेत अनिवार्य रुपमा सेवन गर्ने ईजाजत पत्र लिनुपर्ने व्यबस्था गरिनुपर्ने । त्यस्तो ईजाजत दिंदा उमेर निर्धारण र निश्चित गरेर मात्र दिईनुपर्ने ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने उपर कडा कारवाही गर्नको लागि भैरहेको ऐन, कानुनमा परिमार्जन गर्नु जरुरी देखिन्छ ।

धर्म, संस्कृति र जातीको विषय वनाई खुला रुपमा मादक पदार्थ प्रयोग, सेवन गर्ने कार्यलाई तयतबििथ रोक लगाउनुपर्ने ।
जथाभावी राजमार्ग, सडक, गल्लीमा खुलेका भट्टी पसलहरुलाई अनिवार्य रुपमा वन्द गरिनुपर्छ ।
महिला, वालवालिका, अशक्त, अपाङ्गलाई मदिरा खरीद, विक्री वितरणमा रोक लगाउनुपर्ने ।
सार्वजनिक सवारी साधन चालकले सवारी चालक अनुमति पत्र लिंदा वा नविकरण गर्दा समेत अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने व्यबस्था गरी मादक पदार्थ सेवन गर्ने आदत भए वा फेला परेमा सवारी चालक अनुमति पत्र खारेज गर्ने व्यबस्था हुनुपर्ने ।
पुनश्च :
गत आ.व.०७०÷०७१ मा ललितपुर जिल्ला भित्र मादक पदार्थ सेवन गरी श्रीमति विच हुने झगडा तथा घरेलु हिंसाका कारण महिलावाट ३८३ र पुरुषवाट १५ गरी जम्मा ३९८ वटा ठाडो निवेदन महिलाल तथा वालवालिका सेवा केन्द्र ललितपुरमा परेको देखिन्छ ।

Advertisements
Comments
  1. jiban bahadurbudhathoki says:

    लेख राम्रो छ यथार्थ पुरक छ समाजमा घटेका घटना को अनुशन्धान को र अनुभब को आधारमा लेखक ले राख्नु भयको छ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.