अधिकार रहित महानगर प्रहरी

Posted: November 15, 2014 in Security

KATHMANDU : महानगरीय प्रहरीले आफ्नो स्थापनाको नवौं बार्षिक उत्सव मनाईरहदा बाग्मती प्रहरी कार्यालय आयुक्तको कार्यालय भएको छ । महानगरमा खटिने प्रहरीले महानगर प्रहरीको बिल्ला लगाएका छन । र वार्षिक रुपमा उत्सव मनाएर आफु हुनुको बोध नीति निर्माता र सर्वसाधारणलाई जनाउनु बाहेक केही हुन सकेको छैन ।

10806238_749267508441845_4212833145697659588_n

भन्नै पर्दा महानगरीय प्रहरी त भनिएको छ तर महानगर प्रहरीको अवधारण लागू हुन सकेको छैन । सडकमा रयाली, सभा जुलुस होस वा अन्य कार्यक्रम सुरक्षा प्रवन्ध प्रहरीले गर्छ तर अनुमती दिने निकाय जिल्ला प्रशासन कार्यालय । हातहतियार सहित अपराधी प्रहरीले पक्राउ गर्छ , मुद्दा छिन्ने अधिकार प्रशासनलाई । होटल,रेष्टुरा र गेष्टहाउसमा हुने अवान्छनीय कृयाकलाप रोक्ने निकाय प्रहरी तर अनुमती दिने उद्दोग तथा बाणिज्य कार्यालय । यस्ता थुप्रै काम छन जसको एक्सन प्रहरीले गर्छ त्यस्को क्लाईमेक्स दिने निकाय बेग्लै छ । तर पनि प्रहरी महानगरको बिल्ला लगाएर काम गर्दै छ ।

10407023_749267608441835_3786811129880136865_n
काठमाडौंका तीन जिल्लामा बढदो सहरीकरण र अपराधको पारोसँंगै महानगरीय प्रहरीको अवधारणा अनुसार आयुक्तको कार्यालय गठन भएको हो । बिकसीत शहरमा भ्याली कमिश्नरसँग रहने समान्य अधिकार समेत नदिई गठन भएको हाम्रो कमिश्नर अफिसले यसपटक भ्याली कमिश्नर भै सकेका सबैलाई डाकेर छलफल गरेछ । यस्तो छलफल पनि पहिलो पटक आयोजना गरिएको हो। कार्यक्रममा पूर्व आईजीपी कुबेरसिंह राना सहित एआईजीहरु कल्याणकुमार तिम्लसेना , अर्जुनजंग शाही, रमेश श्रेष्ठ र नवराज ढकाल उपस्थित थिए । बिशुद्ध अनौपचारीक छलफल आयोजना गरेका थिए हालका महानगरीय प्रहरी आयुक्त बिज्ञानराज शर्माले । पुलिस कल्बमा आयोजना गरिएको उक्त कार्यक्रममा केही एआईजीका लागि भने बसीबियोलो थियो भने केहीले भने आफुले भागेका समस्या र अपुरा योजनाको निरन्तरताका बिषयमा अनुभव सुनाएका थिए ।

10410876_749267588441837_2028208049053869934_n

छलफलमा सहभागी पूर्व आईजीपी रानाले फिल्डमा खटिने प्रहरीलाई आवश्यक तालिम दिनुपर्ने र सर्वसाधारणसँंग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय भएकाले ब्यवहारमा सुधार लगायतका बिषयमा सुझाव दिएका थिए । यस्तै पूर्व एआईजी जवराज ढकालले अर्घ न्यायिक अधिकार नदिई महानगरीय अवधारण लागू हुन नसक्ने बताएका थिए । उनले भने महानगरीय प्रहरीलाई अधिकार दिदा आईजीपी कमजोर हुने, सिडिओको अधिकार खोसिने , बाणिज्यको अधिकार खोसिने जस्ता रियुमरले गर्दा महानरीय प्रहरी ऐननै आउन नसकेको बताए । यस्तै उनले महानगरीय प्रहरीको गा्रमिण र शहरी दुबै कार्य क्षेत्र भएकाले प्रहरीलाई बिशेष तालिम आवश्यक रहेको छलफलमा बताएका थिए । एआईजी ढकालले अबको प्रहरी प्रविधीयुक्त नभई काम नचल्ने भन्दै सोही अनुसार ब्यवस्था गर्दै लैजान आयुक्त शर्मालाई सुझाएका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s