KATHMANDU : प्रहरीले समय समयमा रेष्टुरा, गेष्ट हाउस र सडकबाट यौनकर्मी पक्राउ गरेको प्रचार गरिरहदा एकजना पत्रकारले भने केही समय उभिदा समेत सुरक्षित राजधानीमा सास्ती खेप्न बाध्य हुनुपर्यो । यसरी सास्ती खेप्ने पत्रकार हुन ज्योती शाह । एभिन्युज टेलिभिजनमा काम गरिसकेकी एकजना पत्रकार हुन ज्योती शाह । उनले काठमाडौंको गोगंबुस्थित नयाँ वसपार्कमा केही समय उभिनु पर्दा भोगेको सास्ती सामाजिक संजाल फेसबुकमा यसरी पोखेकी छन ।
केही साता अघि म मेरा आफन्तसँग भेटघाट तथा बिशेष काम परेकाले काठमान्डौस्थित नयाँ बसपार्क जानुपर्यो। मेरा आफन्तसँग भेटघाट गर्ने पर्याप्त समय नभएकाले र उहालाई तुरुन्त देशको अर्कै कुनामा पुग्नुपर्ने भएकाले उहाले भेट्नलाई उपयुक्त स्थान सायद त्यहीं ठान्नुभयो।म बसपार्क पुग्दा उहां त्यहां आइपुग्नुभाकोथिएन,मैले प्रतिक्षा गर्नुपर्यो। करिब आधा घण्टाको त्यो प्रतिक्षा मेरो लागी निकै कस्टपरक रह्यो। छिन्छिन्मा केही पुरुष आउने अनी नानाभाती बोल्ने,अनी फेरी अर्को समुह आउने फेरी केही प्रश्न तेर्श्याउने।भन्न अप्ठ्यारो लाग्छ तर ति सब प्रश्न यौन सम्बन्धित थिए र सम्भवत एक यौनकर्मिलाई सोधिएको प्रश्न थियो।म एक ठाउंबाट सरी अर्को ठाउँ पुग्थे तर बिडम्बना त्यो सम्पुर्ण एरिया नै यौन बजार रहेछ।म आफुलाई बचाउन निकै दुस्ख गरिरहेकी थिए।बोलु पनि कती बोलुरुकतिलाई जबाफ दिउंरुकतिलाई थर्काउंरुथकित भए म। एक मनले लाग्यो घर फर्किन्छु,तर आफन्तको चित्त दुखाउन चाहन्नथे म। त्यसैले कुरिरहे। सब ति घ्रिणित शब्द,वाक्य सुनेको नसुनै गरे।लाग्यो,महिला त केवल यौन चाहना परिपुर्ति गर्ने साधन मात्र रहेछन।त्यहां नशामा बरालिएका युवा देखी अधबैंशेसम्म सबै त्यही चाहनाका लागि भौतारिरहेका थिए,सबैको मलाई हेर्ने दृष्टिकोण एउटै।कसरी बचाउन सक्थे म आफुलाई ति दुस्ट नजर देखीरुकसरी ति नजरलाई सुद्ध पार्न सक्थे मरुकस्ले भन्थ्यो कि बसपार्क जाने सबै युवती या महिला त्यो पेशामा संलग्न छैननरुके महिला एक्लै बसपार्क जानै नहुनेरुयी सब कुरा सोच्दानसोच्दै प्रतिक्षाको घडी सक्यो,आफन्तसँग भेट्घाट भयो। खुशी थिए म,ढुक्क भएूअब कसैले केही भन्न सक्दैनू। मेरा पुरुष आफन्तसँग म गफ गरिरहदा एक्कासी एक युवक आएर प्रश्न सोध्न थाल्योूहोटल चाहिन्छरुूम निशब्द भए।अब सोच्न र बोल्न केही बाँकी रहेन। केही रहेन।
पत्रकार शाहले महिला सुरक्षित हुन के गर्नुपर्ला भनेर सोधेकी छन । जवाफ प्रहरी प्रशासन र समाजले दिने होला? होइन त कि कसो त?
photo dhery Raamro halnu vayaxa
LikeLike
धन्य होस अहिलेको नेपाल। के भनौँ!
LikeLike
ज्योति शाह जि को प्रश्न को जबाफ प्रहरी प्रशासनले दिनुपर्छ । किन कि समाजको बिकृती रोक्ने काम प्रहरी प्रशासन को हो ।
LikeLike
Wastab mai dukha: sunda .., yo duniya ajj samhali nsaknu bhayeko chha.., yek samajik prandi Ko haisiyet lennidRu parda Nidar r atma rakxa Ko sadhan a chha yedi kunai mahila h ma bhane kunai pani kubichar harule sataudin kasailai..!!!yedi man ma trash chha bhane anfnta Ko sath ma yatra garne bani basalau !!! KASS !!!uae !!
LikeLike
परीस्थीति, जस्तो छ त्यस्तै रहन दिनुस् तपाँई आफ्नै बाटो लाग्नुस वा बदल्न काध हाल्नुस् । ज्योति अगाडी बढ । तिम्ले सामाजिक सञ्जाल मार्फत यो बिषय उठान गरेर निकै राम्रो ग¥यौ । सरकार जाग्दैन भने, ब्याशायीहरु सुधारीन्नन् भने, कारबाही अगाडी बढाउँदैन प्रहरी भने । के हामी बस पार्क क्षेत्रमा दिदी —बहीनि, भाउजु—काकी, साथी भाइका परीवार र आफन्तसंग हिड्दा यौनकर्मी ठानिई रहनु पर्ने ? बसपार्क क्षेत्रमा हिड्ने दिदि भाई, दाजु बहिनी, देवर भाउजु, काकी भतिजा, बाउ छोरी सबैलाई यौनकर्मी मान्ने ? कस्तो परीस्थीति ?
LikeLike
kaam ko silsilama pugnuvako rahexa shah g, j hos report garnu vayekoma dhanyabad. mero bicharma yesta bisaya pani patrakarita ko chhetra vitra parnu parxa. teso huna sakyo vane khule aam hune younjanya bikriti rokne kaamma police ko var garnu pardaina, patrakarle reporting gardaixa vanne lagera pani manisharu khuleaam younjanya kriyakalap garna daraunthe ki!
LikeLike
We have to prevent these all kind of sexeual human marketing and these women as soon from Nepal with together crime investigation political leader,police administrative and all educated personality. I don’t agree with negative feeling on women worse behavior towards each girl in every such a way that is impact really bearing our every sisters.I don’t agree with our police doesn’t have aggressive prosecution for extending human sexual marketing that is highly increasing day after day such a same case happened to our jernalist.there are many other true crime story starting from those uninspected hotel,restorent
LikeLike
police ra prasashan le matra haina…yeha samaaj le pani afno daayetwa, kartavya ra jimmewari ko bodh garnu saknu paryo
LikeLike
don’t feel bad when people misjudge you..as long as you don’t lost sight of who you are, you’ll be fine.
LikeLike