७५ करोड कुम्लाउदै सशस्त्रका आईजीपी वन्त

Posted: November 12, 2014 in By Deepak Kharel
Tags: , ,

KATHMANDU : रासन र सामान खरिदका क्रममा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति मेडिकल कलेज र जलविद्युतमा लगानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्तले ७५ करोड रुपैयाँको सामान खरिदमा अनियमितता गर्ने तानाबाना बुनेका छन्।

सशस्त्रमा गुणस्तर परीक्षण नै नगरी ७५ करोड रुपैयाँबराबरका सामान खरिद प्रक्रिया टुंग्याउन लागिएको छ। गुणस्तर तथा नापतौल विभागबाट स्वीकृत नमूनाअनुसारको कम दरमा प्रस्ताव हाल्ने सप्लायर्सबाट खरिद गर्नुपर्नेमा परीक्षण नै नगरी कमिसन कसले बढी दिन्छ उसैबाट खरिद गर्न आइजीपी कोषराज वन्तको निर्देशनअनुसार सशस्त्रका प्रशासन विभाग प्रमुख जीवन थापा, आर्थिक प्रशासन महाशाखाका एसएसपी कविन्द्रमान श्रेष्ठ र प्रबन्धका डीएसपी प्रमोद राय लागेका छन्। कमिसनमा कुरा मिलाएर खरिद प्रक्रिया टुंगो लगाउन निर्देशन दिई सशस्त्रका आइजीपी कोषराज वन्त र एआइजी दुर्जकुमार राई अमेरिका हुँदै इन्टरपोलको सम्मेलनमा भाग लिने बहानामा फ्रान्स सयरमा थिए। जबकि सशस्त्र प्रहरी इन्टरपोलको सदस्य होइन, पर्यवेक्षकमात्र हो।

index
सशस्त्रले क्यामो फ्ल्याग तयारी चुस्ता ४० हजार सेट, डीएमएस बुट ३५ हजार जोर, क्यामो फ्ल्याग पार्कर ज्याकेट १५ हजार थान, बर्षादी ट्रयाकसुट १५ हजार सेट, जर्सी २० हजार थान खरिद गर्दैछ। त्यस्तै पीटी जुत्ता, ३७ हजार जोर, ब्यारेट क्याप ३५ हजार थान, झुल २० हजार थान, कम्मल ३७ हजार थान, स्लीपीङ ब्याग १० हजार थान, उलन सर्ट कपडा ३० हजार मिटर, उलन पाइन्ट २० हजार मिटर, कटन सर्ट कपडा ३० हजार मिटर र कटन पाइन्टको कपडा २० हजार मिटरको लागि टेण्डर गरेको थियो। सशस्त्रले परेका टेण्डरहरू खोलिसकेको छ। टेण्डर खोलिसकेपछि नमूना गुणस्तर विभागमा पठाई त्यहाँबाट कुन सामान नमूनाअनुसारको छ त्यहीअनुसार कम दरमा हाल्ने सप्लायरबाट खरिद गर्नुपर्ने हुन्छ। तर सशस्त्रले नमूना परीक्षणमै नपठाई कमिसन जसले बढी दिन्छ, उसकै सामान गुणस्तरीय भएको भनी खरिद गर्न लागेका छन्। सशस्त्रको ७५ करोड रुपैयाको खरिदमा गृहमन्त्री वामदेव गौतमका छोरा हरिस गौतमले पनि चासो राखेको स्रोतले बतायो। स्रोतका अनुसार नेपाल प्रहरीको हतियार खरिददेखि कुनै पनि काम नभएपछि गृहमन्त्रीपुत्र हरिस गौतम सशस्त्रको खरिदमा लागेका छन्।

स्रोतका अनुसार सामान खरिदमा अनियमितता गर्नका लागि गुणस्तर परीक्षण नै नगरी जुन ठेकेदारले बढी कमिसन कबोल गर्छ उसकै सामान खरिद गर्न बोलकबोल भइरहेको छ। सशस्त्र प्रहरी बलले गुणस्तर विभागमा परीक्षण गर्नै नपठाई खरिद गर्ने सामान खरिदको तयारी गरेको छ। गतबर्षसम्म गुणस्तरमा पठाएर स्वीकृत नमूनाअनुसार खरिद गर्दैआएको सशस्त्रले यो बर्षदेखि नेपाली सेनाले नपठाए पनि हुने हामी पनि सेना जस्तै हौं भन्दै नपठाएको बुझिएको छ। नेपाली सेनासँग गुणस्तर परीक्षण गर्ने ल्याब छ तर सशस्त्रसँग केही पनि नभएको र गुणस्तर विभागमै पठाउनुपर्ने हुन्छ। तर सेनासँग तुलना गर्दै सशस्त्रले गुणस्तर नै परीक्षण नगरी कमिसन जसले बढी दिन्छ, आफूखुसी उसको सामान गुणस्तरयुक्त छ भनी खरिद गर्न लागेको छ। टेण्डरमा सबैभन्दा कम दरमा टेण्डर हाल्ने सप्लायरलाई नदिई कमिसनको बार्गेनिङमा एआइजी थापा, एसएसपी श्रेष्ठ र डीएसपी राय लागेका छन्। सशस्त्रको ७५ करोड रुपैयँँबराबरको यो खरिद प्रक्रियामा हुन लागेको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखासमितिले पनि छानबिन गर्नुपर्ने सशस्त्रका एक अधिकारीले बताए। उनले भने, ७५ करोड रुपैयाँको खरिदमा १० करोड भन्दा बढी कमिसन कबोल गर्नेलाई दिने चलखेलमा आइजीपी वन्त छन्।

आइजीपी वन्त र गृहमन्त्री पुत्र हरिसको मिलेमतोमा कल्याणकारी कोषले ९० दिन म्याद राखेर गरिएको टेण्डर पनि हतार हतार २१ दिनमै टुंग्याउने चलखेल भएपछि सार्वजनिक लेखासमितिले ताकेता गरिसकेको छ। सशस्त्रको रासन र अरु बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आइजीपी वन्त, तत्कालीन आर्थिक महाशाखा प्रमुख चिरन्जीवी अधिकारी र प्रबन्धका एसपी श्यामकाजी कुँवरमाथि अख्तियारले छानबिन गरिरहेको छ।

courtesy : weeklynepal.com

Advertisements
Comments
  1. Deepak says:

    साँघु साप्ताहिकमा कातिक १७ गते छापिएको समाचार हो

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s