सार्कमा डिआईजी र एसपीको चौका हान्ने दाँउ

Posted: November 11, 2014 in Security

KATHMANDU: प्रहरी ब्यारेककृत संरचना भएको संगठन हो । प्रहरी चौबिसै घण्टा भएका साधनस्रोत र मानव स्रोतले तैनाथी अवस्थामा हुनुपर्छ । तर हाम्रो नेपाल प्रहरी भने चाहिएपछि मात्र यो चाहियो भन्ने बानी नै परेको प्रहरी संगठन हो भन्ने सार्कमा उसले गरेका टेण्डर आह्वानले स्पष्ट पारेको छ । प्रहरीले अति विशिष्ठ र विशिष्ठ पाहुना र देशकै महानुभावको औपचारिक भ्रमणमा मोटरसाईकलले स्र्कटिङ गर्दै आएको हो । तर सार्कको मौकामा चौका हान्न प्रहरीका हाकिमले हतारमा गर्दे आएका र भएका, बनाउनुपर्ने र नभएका सबै साधनस्रोतको जानकारी नै नभए झै हतारमा टेण्डर आह्वान गरेर मौकामा चौका हान्दैछन । गोपाल दाईले सुइको पाएर थोरै त साँंघु साप्ताहीकले लेखेछ ।SHYAM KHADKA

साँंघुमा लेखिएको :
सार्कको नाम लिएपछि ऐन कानुन लत्याएर जसले जतिसक्दो लुट मच्चाए पनि हुने मौसम सरकारी संयन्त्रहरूमा चलिरहेको छ। यस्तै मौसम चलिरहेका मौका छोपेर नेपाल प्रहरीको प्रबन्ध शाखाले पनि नियम कानुन विपरीत खरिदको काम जारी राखेको छ। नेपाल प्रहरीलाई आवश्यक एक हजार दुई सय (1200 WT) वाट क्षमताको चार थान जामर मेसिन किन्नका लागि प्रहरीको प्रबन्ध शाखाले एक दिनको म्याद राखेर टेण्डर आह्वान गरेको छ। यस्तो टेण्डर कात्तिक २२ गतेको गोरखापत्रको भित्री ४ पेजमा कसैले देख्न नसक्ने गरेर ९विना हेडिङ कुनामा मसिना अक्षरमा प्रकाशित गरिनुले यसमा करोडौंको घोटालाको मनसाय प्रष्टिएको व्यवसायीहरू बताउँछन्। २०७१ कात्तिक २२ गते सूचना प्रकाशित गरी कात्तिक २३ गते ३ बजेभित्रमा इच्छुक फर्म तथा कम्पनीलाई दररेट पेश गर्न सूचित गर्नुले प्रबन्ध शाखाका प्रमुख डीआइजीपी श्याम खड्का र एसपी प्रेम मल्लको घोटाला नियत स्पष्ट बुझिने प्रहरी अधिकारीहरूनै चर्चा गर्दछन्। prem malla

यसअघि नेपाल प्रहरीको बुलेट मोटरसाइकल खरिदमा पनि सार्कका नाममा ब्रम्हलुट भएको समचार प्रकाशित भै सकेको छ । थियो। पहिले नै सेटिङ मिलाएर आफ्ना मान्छेलाई टेण्डर दिलाउन एक दिनको सूचना निकालेर मोबाइल फोन जामर मेशिन किन्न लागिएको स्रोतले जनाएको छ। कुनै पनि टेण्डर भर्ने कम्पनीले सबै कागजपत्र, नमूना लगायत आवश्यक प्रमाणहरू पुर्योउन एक दिनमा सम्भव हुदैन। अरुले नभरुन् भन्ने नियतले नै यस्तो गरिएको प्रष्ट हुन्छ।

बाँकी के के टेण्डर हतारमा गरिएको छ त हेरै पिडिएफ फाइलमा
हेर्नलाई क्लिक गर्नुहोस :

tender-notice-2071-07-16

tender-2071-06-26-1

tender-2071-06-26

tender-2071-06-08

tender-2071-06-06

 
डिआईजी श्याम खडका र एसपी प्रेम मल्ल ( माथि र तल ) को फोटो फेसबुक पेजबाट लिईएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.