गुण्डा सगुन पक्राउ

Posted: नोभेम्बर 1, 2014 in By Deepak Kharel

sagun sh

KATHMANDU : प्रहरीको टाउको दुखाई बनेका भक्तपुरका गुण्डा सगुन श्रेष्ठ र प्रेमलाल श्रेष्ठलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । महाशाखाको टोलीले तीन महिनाको लामो प्रयासपछि दुबैलाई पक्राउ गरेको हो । सम्पर्क सुत्र केलाउदै प्रहरीले शनिबार सगुनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको जनाएको छ ।  तातोपानी भएर तस्करी हुने सुन लुटन पल्किएको सगुन ग्याङलाई पक्राउ गर्न प्रहरी निरिक्षक मन्जिल मुकारुङलार्इ  नै सोही क्षेत्रमा पोष्टिङ गरिएको थियो । पक्राउ परेका दुबै बिरुद्ध विभिन्न ब्यक्तिको अपहरण तथा ब्यापारीबाट जर्वजस्ती फिरौती असुलेको उजुरी परेको महाशाखाले जनाएको छ ।

पक्राउका सम्बन्धमा अपराध महाशाखाको भनाई
जीवन श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रवी श्रेष्ठ समेत भएको अपहरण मुद्दामा मिति २०७०।११।१२ गतेको वारदात पश्चातः फरार रहेका जिल्ला सिन्धुुपाल्चोक, हगाम गा.वि.स.वडा नं.५ स्थायी वतन भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.१५ बस्ने वर्ष ३० को सगुन श्रेष्ठ र जिल्ला सिन्धुुपाल्चोक, हगाम गा.वि.स.वडा नं.५ बस्ने वर्ष २९ को प्रेमलाल श्रेष्ठलाई मिति २०७१।०७।१५ गते १५ः३० बजेको समयमा जिल्ला ललितपुर, ईमाडोल गा.वि.स.वडा नं.८ मा लुकिछिपी बसेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि वारदात स्थान सिन्धुपाल्चोक भएकोले निजहरुलाई मिति २०७१।०७।१६ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.