बेलायती पहाडमा नेपाली सेनाको बिजय झण्डा

Posted: अक्टोबर 30, 2014 in Army

120-01KATHMANDU : नेपाली सेनाले बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा भएको क्यामब्रियन पट्रोल प्रतियोगितामा बिजय झण्डा गाडेको छ । पहाडमा हुर्केका बढेका हाम्रा सेनाले पहिलोपटक भएपनि उच्च पेशागत दक्षता प्रदर्शन गरेको सेनाले जनाएको छ ।

नेपाली टिम सहित १८ देशका ११९ सैनिक टिमहरु सहभागी उक्त पेट्रोलिङमा नेपाली सेनाको उच्च् मूल्याकंन भएके थियो । स्वदेश फिर्ता भएको उक्त टिमलाई प्रधानसेनापति गौरव शम्शेर राणाले जंगी अड्डामा बधाई एवं पुरस्कार दिएका थिए ।

120-05

यसअघि पेशागत प्रतियोगिता २०७० अभ्यास कुरुक्षेत्रमा प्रथम हुन सफल श्री पशुपति प्रसाद गण उक्त प्रतियोगितामा छनौट भएको थियो । उक्त गणका सह सेनानी प्रल्हाद घलेको नेतृत्वमा रहेको ८ जनाको टिम असोज १७ गते बेलायत प्रस्थान गरी कार्तिक ९ गते नेपाल फिर्ता भएको थियो । साथै पट्रोलमा उत्कृष्ट प्रदर्शन गरी नेपाली सेनाको टिमले सिल्भर मेडल हासिल गरेको छ ।

 

Exercise Cambrian Patrol

५५ वर्षअघि बेलायती सेनाको टेरिटोरियल आर्मीद्धारा सुरु गरिएको क्यामब्रियन पट्रोलमा दलदले हिलोयुक्त भूमिमा ४८ घण्टाको समयसिमा भित्र ८० कि.मि. क्षेत्रको पट्रोलिङ्ग गर्नुपर्ने हुन्छ । जसमा अब्जेटिभ रेकी, रेकी रिपोर्ट राईटिङ्ग, लिङ्कअप अपरेशन, केमिकल बायोलोजिकल रेडियोलोजिकल न्युक्लियर (सि.वि.आर.एन.) टेष्ट, रोड क्रसिङ्ग, डमी पोष्ट रेकी, माईन क्लियरेन्स एण्ड कम्ब्याट लाईफ सेभर, रिभर क्रसिङ्ग आदी अभ्यासहरु समावेश गरिएको हुन्छ ।

Exercise Cambrian Patrol

सहभागी टिमहरुको प्रदर्शनको आधारमा गोल्ड, सिल्भर, ब्रोन्ज तथा पास सर्टिफिकेट प्रदान गरिन्छ । नेपाली सैनिक टिमले युद्धकौशलताको सहि रुपमा प्रदर्शन गरी निर्धारित समय भन्दा १२ घण्टा अगावै (३६ घण्टा भित्र) उक्त कठिन पट्रोल पुरा गरेका थिए ।

संसारकै सेनाहरुको लागि अत्यन्त कठिन तथा चुनौतिपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलमा पाएको सफलतासंगै नेपाली सेनाले अबलम्बन गर्दै आएको तालिम–नीति तथा गतिविधीहरु अब्बल रहेको प्रष्ट हुन्छ भने यस्ता प्रकारका अन्तराष्ट्रिय स्तरको सैनिक अभ्यासहरुमा भाग लिने कार्यबाट नेपाली सेना र अन्य देशका सेनाहरुबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको निमित्त प्रवक्ता महासेनानि निरन्जन श्रेष्ठले बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.