बिचौलिया मात्रै होइन यता निगाह होस श्रीमान

Posted: October 27, 2014 in By Deepak Kharel

china and sahida

KARHMANDU : अदालतका बिषयमा बोल्नु र लेख्नु अपराध जस्तै छ । नपत्याए कान्तिपुरले सत्य लेख्दा त्यत्रो सास्ती खेप्नु परो । अब नलेखी पनि के गर्ने । पाठकलाई सम्झना भए जिल्ला अदालत काठमाडौंका अतिरिक्त न्यायधिस मोह्म्द जुनैद आजाँदले लागू औषधका तीनजना चिनियाँ कारोबारीलाई छाडेको थाह होला । लागू औषध नियन्त्रण ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोले सप्रमाण १५ किलो लागू औषध बनाउन प्रयोग हुने औषधी सहित पक्राउ गरेर मुद्दा बुझाएको थियो । तर श्रीमान आजाँदको इजलासले तीनैजनालाई धरौटीमा रिहा गर्ने निर्णय मात्र गरेन त्यसै दिन उनीहरुको पार्सपोर्ट दिएपछि सोही रात तीनैजना हङकङ पुगे । न्यायपरिषदमा परेको उजुरीका बिषयमा के भयो त्यो न्यायमूर्तीहरुलाई नै थाह होला ।

CJ

सोमबार नागरिकका पत्रकार केपी ढुङगानाले यस्तै अर्को खबर प्रकाशमा ल्याए । उनै न्यायधीश आजाँदले सेतो हेरोइनको अन्तराष्ट्रिय संजाल चलाउने साहिदा प्रविनलाई धरौटीमा छाड्ने आदेश मात्र गरेन्न अदालत प्रशासनले उनको पार्सपोर्ट समेत उपलब्ध गराएछ । अब यसरी पक्राउ परेका मुख्य ब्यक्तिलाई छाड्दै जाने हो भने भर्खर प्रधानन्यायधीस भएका रामकुमार प्रसाद साहको अठोट के होला ? बाकी खबर नागरिक न्युजबाट

सेतो हेरोइन कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहमा संलग्न देखिएकी पाकिस्तानी नागरिक साहिदा प्रविनले तीन महिनाअघि जिल्ला अदालत काठमाडौंबाट सफाइ पाइन्। उक्त फैसलाको पूर्णपाठ अहिलेसम्म जिल्ला सरकारी वकिलको कार्यालय पठाइएको छैन, जबकि प्रविन भने थुनामुक्त भएर पाकिस्तान पुगिसकेकी छन्।

विदेशी नागरिकका हकमा अन्तिम फैसला नहुँदै राहदानीलगायत व्यक्तिगत कागजपत्र जिम्मा लगाएर स्वदेश फर्कने बाटो खोल्नु कानुनविपरीत भएको सम्बद्ध अधिवक्ता बताउँछन्।
२०७० भदौ २४ गते प्रविनसँगै पाकिस्तानी नागरिक अट्टा मोहम्मद साह र सैयद मजर हुसैन काज्मी पाँच किलोभन्दा बढी सेतो हेरोइनसहित काठमाडौंमा पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा पुगेका उनीहरूबारे २०७१ असार २६ मा फैसला आउँदा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोहम्मद जुनैद आजादको एकल इजलासले प्रविनलाई सफाइ दिएको हो।
उनीसँगै पक्राउ परेका अन्य दुई पाकिस्तानी नागरिकलाई भने उस्तै प्रकृतिको प्रमाणका आधारमा त्यतिबेलै १५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भइसकेको छ। इन्टरपोलको रेकर्डमा समेत शृंखलाबद्ध सेतो हेरोइन कारोबारमा सक्रिय भनी सूचीकृत प्रविनले मात्र यो मुद्दामा उन्मुक्ति पाएकी हुन्।
जिल्ला अदालतले संक्षिप्त फैसलाकै आधारमा त्यसै दिन प्रविनलाई थुनामुक्त गर्न केन्द्रीय कारागारमा पत्र पठाएको थियो। त्यही पत्रका आधारमा थुनामुक्त भएलगत्तै उनले सरकारी नियन्त्रणमा रहेको राहदानी फिर्ता पाइन्। उनी असार २९ गते नै दुबई हुँदै पाकिस्तान फर्किन्।
फौजदारी अधिवक्ता सुवास आचार्यका अनुसार विदेशी नागरिकका हकमा अन्तिम अदालतको फैसला नआएसम्म राहदानीलगायत व्यक्तिगत कागजपत्र दिनु हुँदैन। ुतल्लो अदालतबाट सफाइ पाएको अवस्थामा अदालतले खोजेका बेला उपस्थित हुनुपर्ने कानुनी प्रावधान छ, त्यसैले अन्तिम अदालतको फैसलापछि मात्रै अदालतमा रहेको व्यक्तिगत कानुनी कागजपत्र जिम्मा लगाउने प्रावधान छ, उनले आइतबार नागरिकसँग भने, नेपाली नागरिकका हकमा पनि तल्लो अदालतबाट सफाइ पाएको अवस्थामा अदालतमा राखिएका धरौटीलगायत सामग्री पाउन पुनरावेदन अदालतबाट अन्तिम आदेश आवश्यक पर्छ।
तल्लो अदालतको आदेशमै विदेशी नागरिकले राहदानीलगायत कानुनी कागजपत्र पाउनु त्रुटिपूर्ण भएको उनले बताए। कारागारमुक्त भए पनि अदालतले खोजेका बेला उपस्थित हुने गरी तारेखमा राखिन्छ,  आचार्यले भने, अन्तिम फैसला नभएसम्म जुन देशमा पक्राउ परेको हो सोही देशमा बस्नुपर्छ।
गम्भीर प्रकृतिको अभियोग लागेका अभियुक्तले सफाइ पाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फैसला पुनरावलोकनको तयारी गरेको थियो। फैसलाको पूर्ण पाठ आउन ढिलाइ हुँदा सरकारी वकिलको कार्यालयले अहिलेसम्म मुद्दा पुनरावलोकन गर्न पाएको छैन।
जिल्ला न्यायाधिवक्ता कार्यालय काठमाडौंका प्रमुख कृष्णजंग शाहले प्रविनलाई सफाइ दिइएको फैसलाविरुद्ध पुनरावेदन जाने तयारी गरिए पनि पूर्णपाठ नआउँदा जान नसकेको बताए। फैसला पुनरावेदनको तयारी गरेर पूर्णपाठ कुरेर बसेका छौं, उनले नागरिकसँग भने, पूर्णपाठ आएपछि पुुनरावेदनमा जान्छौं।
लागुऔषध नियन्त्रण ब्युरोले २०७० भदौ २४ गते ठमेलको मुक्तिनाथ डि कार्गोको भवनअगाडि प्रविन र काज्मीलाई नियन्त्रणमा लिएको थियो। प्रविनले बोकेको कालो ह्यान्डब्याग खानतलासी गर्दा एक किलो सेतो हेरोइन बरामद भएको थियो। पछि उनीहरूकै बयानका आधारमा साह ठमेलको पिलग्रिम्स होटलको कोठा नम्बर ३०१ बाट ४ किलो ६४ ग्राम हेरोइनसहित पक्राउ परेका थिए।
इन्टरपोलको रेकर्डअनुसार सन् २००७ फेबु्रअरी १ मा क्यानेडियन नागरिक डेबोरा कौर ६ किलो ५ सय २० ग्राम हेरोइनसहित पाकिस्तानको रावलपिन्डीमा समातिँदा प्रविन पनि जोडिएकी थिइन्। पछि उनी अदालतबाट छुटिन्।
सन् २०१२ मे १ मा रावलपिन्डीमै ५ किलो हेरोइनसहित पक्राउ परेका उमार फरुफले आफ्नो बयानमा प्रविनको नाम पोलेका थिए। उक्त घटनामा प्रमाण नपुगेको भन्दै उनले अदालतबाट छुट्कारा पाइन्।
प्रहरी प्रतिवेदन र अभियोगपत्रअनुसार प्रविन र काज्मीमाथिको अभियोगको प्रकृति एकै थियो। लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालय काठमाडौंले अदालतमा दर्ता गरेको अभियोगपत्रमा तीनै जना व्यावसायिक र संगठित लागुऔषध हेरोइनको कारोबारमा संलग्न रहेको दाबी गरिएको थियो।
प्रतिवादीहरूले सरकारी वकिलका प्रतिनिधि र प्रहरीसमक्ष दिएको बयानमा अभियोग स्विकारेका थिए। उनीहरूले आफूलाई पाकिस्तानमा रहेका जुमार खान ९उमर० ले सेतो हेरोइन कारोबार गर्न नेपाल पठाएको बयान दिएका थिए। अदालतमा पुगेपछि तीनै जनाले बयान बदले। साहले आफू पक्राउ पर्दा एक किलो हेरोइन साथमा रहेको र होटलबाट थप ४ किलो ६४ ग्राम फेला परेको स्विकारे, तर प्रविन र काज्मीको संलग्नता कबुलेनन्। उनले प्रविन र काज्मीलाई चिन्दै नचिनेको बयान दिए। प्रविन र काज्मीले पनि हेरोइन कारोबारमा संलग्नता अस्वीकार गर्दै आफूहरू मसला कारोबारी भएको दाबी गरे।
नागरिकलाई प्राप्त फैसलाकपीअनुसार उनीहरूले अदालतसमक्ष दिएको बयानलाई मात्र प्राथमिकता दिएको देखिन्छ। आफूले कालो झोला नबोकेको भन्ने प्रविनको बयानलाई समेत अदालतले प्राथमिकता दिएको छ। इजलासले हेरोइन फेला परेको झोला प्रविनको हो भन्ने परिचय खुल्ने कागजपत्र फेला नपर्नु, पाकिस्तानमा सल्लाह भएअनुसार नेपाल आएकोबारे कुनै तथ्य खुलाउन नसक्नु, सबै लागुऔषध आफ्नै हो भन्ने साहको बयानु लगायतका आधारमा प्रविन उक्त घटनामा संलग्न नरहेको प्रमाणका रूपमा लिएको छ।
प्रविन डायबिटिजको बिरामी भएकाले इन्सुलिन लिन छोरी साथमा लिई नेपाल आउनुले उनी दुषित आपराधिक मनोवृत्तिका साथ नआएको देखिन्छ, फैसलामा भनिएको छ, उनी आपराधिक मनोवृत्तिका साथ आएका भए छोरी लिएर आउने अवस्था विश्वसनीय देखिँदैन। विवादरहित र स्वतन्त्र प्रमाणबाट प्रविनको संलग्नता पुष्टि नभएकाले उनले कसुरबाट सफाइ पाउने ठहर्छ।
काज्मीको हकमा समेत सोही बयान र प्रमाण संलग्न गरिए पनि साहको पहिलो बयानलाई आधार बनाउँदै उनलाई दोषी ठहर गरिएको छ। प्रविन र काज्मीले आफ्नो बयानमा व्यापारका लागि सँगै पाकिस्तानबाट नेपाल आएको खुलाएका छन्, जसलाई अदालतको फैसलामा प्राथमिकता दिइएको देखिएन। प्रविनलाई सफाइ दिँदा सबै लागुऔषध आफ्नो भएको साहको अदालती बयानलाई आधार बनाइए पनि काज्मीको हकमा प्रारम्भिक बयानलाई नै टेकेर दोषी ठहर गरिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार साह २०७० भदौ १८ गते कतार एयरवेजबाट दुबई हुँदै काठमाडौं आएका थिए। त्यसको दुई दिनपछि प्रविन र काज्मी पाकिस्तान हुँदै काठमाडौं ओर्लिएका थिए। यी छुट्टाछुट्टै आए पनि उनीहरूको उद्देश्य भने सेतो हेरोइनको कारोबार रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो। सम्बद्ध अधिकारीका अनुसार साहले आफूसँगै ५ किलो ६४ ग्राम हेरोइन ल्याएका थिए भने प्रविन र काज्मी उनलाई सघाउन आएका थिए।
पक्राउ परेका तीनै जनाले प्रहरीलाई दिएको बयानअनुसार पाकिस्तानमा रहेका जुमार खान उमर ले उनीहरूलाई परिचालन गरेका थिए। साह र जुमारबीच पाँच वर्षअघि चिनजान भएको थियो। उनले यसअघि साहलाई छालाका ज्याकेट, बेडकभर नेपाल पठाउने गर्थे। साहको बयानअनुसार उनी नेपाल आउनु १० दिनअघि उमरले ५ लाख पाकिस्तानी रुपैयाँ दिने भन्दै हेरोइन नेपालमा लैजान प्रस्ताव गरेका थिए।
उनले हेरोइन नेपालमा लगेपछि त्यसलाई लिन उनकै मान्छे आउने र मलाई सघाउन अन्य २ जना समेत नेपालमा आउने भनेपछि म राजी भएँ,ु साहको बयानमा छ, उनले नेपाल आउने टिकट काटेर उतै सहिदा प्रविन र सैयद मजहर हुसेनलाई भेटाइदिए।ु
उनको बयान अनुसार भदौ २४ गते जुमारले दिएको सेतो हेरोइन सुटकेसमा राखेर उनी नेपाल आएका थिए। यहाँ आएर सिधै ठमेलको पिलिग्रिम्समा बसे। दुई जना सहयोगी प्रविन र काज्मीलाई भने कालो हातेब्यागमा एक किलो सेतो हेरोइनसहित उमरले नै पठाएको साहको बयानमा छ।
तत्कालीन ब्युरोप्रमुख प्रतापसिंह थापाले भदौ २८ गते प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दैै उनीहरू अफगानी हेरोइन जापान पुर्याउन नेपाल आएको बताएका थिए।
प्रविनको राहदानीको रेकर्डमा उनी यसअघि चारपटक नेपाल आएको खुलेको छ। उनीहरूले नेपालबाट गरेको कल रेकर्डका आधारमा पाकिस्तान, जापान र स्विडेनमा पटकपटक सम्पर्क गरेको प्रहरीले सार्वजनिक गरेको थियो। उनीहरूलाई नेपाल पठाउने उमर यसअघि सेतो हेरोइनसहित पक्राउ परेका राधिका विक र श्रीराम विकको बयानमा समेत खुलेका कारोबारी हुन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.