धन्नै दिल्लीको बेश्यालयमा !

Posted: October 17, 2014 in By Deepak Kharel

gt
दीपक खरेल
KATHMANDU : अनुपमा तामाङ (नाम परिवर्तन) उमेरले बल्ल १६ पुगेर १७ वर्ष टेकिन । रसुवाको एक स्थानिय बिद्यालयमा कक्षा १० मा पढदै गरेकी अनुपमा त्यतीबेला छागाँबाट खसेजस्तै भइन जब तिमी नभए म आत्महत्या गर्छु भन्ने कथित श्रीमानले उनलाई दिल्लीको बेश्यालयमा बेच्न लैजादैगर्दा प्रहरी र माईती नेपालका प्रतिनिधीले फेला पारे ।
हाल माइती नेपालको काठमाडौं कार्यलयमा रहेकी अनुपमा अझै पनि कलिला मनमा अधबैशे अशोककुमार तामाङले देखाएका सपनाबाट बाहिरीन सकेकी छैन्न । नाबालिग उनलाई अशोककले रसुवाकै एक होटलमा देखेपछि पछयाउन थालेका थिए । पहिलो प्रस्ताव राख्दा अनुपमाले बाबुको उमेर भएकासँग विवाह गर्छु भन्दै गाली गरेकी थिइन । एकदिन, दुईदिन होइन लगातार एकहप्तासम्म अशोकले अनुपमालाई पछ्याई रहे । काठमाडौं घरमा बाबुआमा एक्लै छन, स्कुटर सुनका गहना र बैंक ब्यालेसमात्रै होइन तिम्रा नाममा ट्याक्सी किनिदिन्छु भन्दै अशोकले अनुपमालाई फकाई रहे । ‘एकदिन त तिमी नपाए मर्छु भनेपछि मेरो मन पनि पगलीयो’ अनुपमाले थपिन ‘आखिर केटीको जात एक न एकदिन त विवाह गर्नै पर्छ भनेर आए ।’ अशोकसँग प्रेम विवाह गर्ने, सुन्दर घर परिवारको सपना सजाएकी अल्लारे अनुपमालाई भदौंमा काठमाडौं ल्याएर अशोकले केही दिनपछि रसुवामै लगे । रसुवामा केही दिन राखेर फेरी काठमाडौं ल्याएका थिए । घटनाको अनुसन्धान गरिरहेका बालाजु वृत्तका प्रमुख डिएसपी अर्जुन रानाभाट भन्छन ‘शायद अशोक अनुपमा मार्फत अन्य युवतीलाई समेत आफ्नो जालमा पार्न चाहन्थे ।’
अनुपमाले हामीसँग आफुलाई चेलिबेटी बेचबिखनका बिषयमा थाह भएको भएपनि अशोकको ब्यवहारले त्यस्तो सोच्नै नसकेको बताईन । अशोकले एक दिन अनुपमालाई नेपालगंज जाने भनेपछि भने उनलाई शंका लाग्यौ । त्यसपछि उनले मोबाइल माग्दा समेत अशोकले दिन मानेन्न । अब फर्केर घरजाने की माईती नेपालमै बसेर अध्ययन गर्ने अनुपमाले निर्णय गर्न सकेकी छैन्न । माईती नेपालले हाल उनलाई नियमीत परामर्स र उपचारमा राखेको छ । भदौमा घरछाडेखेखि नै नियमीत शारिरीक सम्पर्क राखेका कारण समेत नाबालिग अनुपमामा मानसिक तनाव रहेको माईती नेपालका अधिकारीले जानकारी दिए ।
काठमाडौं आएपछि अशोकले अनुपमालाई नेपालगंज जाने उतै काम गर्ने भन्न थाले । उनले आफु काठमाडौंमै बस्ने नभए बाबुआमाकै घर रसुवा जाने भन्न थालेपछि हतारमै अशोकले नेपालगंज भन्दै धनगढीको बसमा लैजादैगर्दा प्रहरीले नागढुङगाबाट नियन्त्रणमा लिएको थियो । बसमा अशोकसँग अनुपमालाई भेटेपछि प्रहरीले उनीनै चेलिबेटी बेचबिखनको गिरोहका नाईके भएको ठहर गरेको हो । प्रहरीले उनीसँंगै टिकटमा नाम भएका लालसिंह भन्ने रामबहादुर तामाङलाई समेत पक्राउ गरेको छ । culprits ashok kumar tamang
महानगरीय प्रहरी वृत्त बालाजुमा बारा निजगढकी शोभा तिम्लसेना र नुवाकोटकी साईली भन्ने लक्ष्मी तामाङ हराएको र अशोकले लगेको हुनसक्ने उजुरी परेपछि प्रहरीले उनको खोजी तिब्र पारेको थियो । प्रहरीले अशोकले बोकेको मोबाइल मार्फत उनको लोकेशन हेर्दै थियो । नुवाकोट र रसुवाका विभिन्न स्थानमा अशोक पुगेको देखेपछि डिएसपी रानाभाटले टोली नै बनाएर उनको खाजी तिब्र पारेका थिए । पक्राउपर्ने दिन अशोकको लोकेशन कंलकीबाट अगाडी बढेको देखेपछि तत्काल नागढुङगा प्रहरी र माईती नेपाललाई खबर गरेपछि अशोक पक्राउ परेका हुन ।
प्रहरी नियन्त्रणमा रहेका अशोकले हराएका सोभा र साईलीलाई दिल्लीको बेश्यालयका एजेन्टलाई एकलाख पचाँस हजार भारतीय रुपैयाँंमा बेचेको स्विकार गरेका छन । उनले श्रीमती बनाएर पाँच महिना भन्दा बढि सँंगै राखेकी साईली र उनकै सहयोगमा काम लगाईदिने भन्दै पतिसँंग अलग भएकी सोभालाई रुपैडिहा नाका हुदै दिल्ली पुरयाएका थिए ।
‘गाँउका युवती, एकल महिला र पिडितलाई विवाह र जागरिको प्रलोभन पार्दे दिल्लीको बेश्यालयमा बेच्ने गरेको पाईयो । हाल दुईवटा घटना पुष्टि भएका छन अन्यको अनुसन्धान हुदैछ’ डिएसपी रानाभाटले भने । दिल्लीको बेश्यालयमा बेचिएको निश्चित भएपनि कहाँं भन्ने नखुल्दा सोभा र लक्ष्मीको उद्दारमा कठिनाई भै रहेको छ । प्रहरीले माईती नेपाल र भारतीय प्रहरीको सहयोगमा दुबैको खोजी भै रहेको जनाएको छ । माईती नेपालकी कानुन अधिकृत सजनी जोशीले दिल्ली स्थित कार्यालयमा जानकारी भै सकेको बताईन । प्रहरीसँग अशोकले आफुले दिल्लीमै रहेका अर्का एक नेपाली एजेन्टलाई दुबै जिम्मा लगाएर आफु हवाईमार्ग हुदै नेपाल आएको बयान दिएका छन । ‘कहाँ र कसलाई बेचेको हो नखुल्दा कठिन भएको हो’ रानाभाटले भने ।
माईती नेपालले मुद्दाको किनारा नलाग्दासम्म अनुपमा र उनको परिवारको इच्छा अनुसार आफ्नै रोहबरमा राख्ने अधिवक्ता जोशीले बताईन । उनले माईती नेपालमा बेचिएको आशंकामा परेका उजुरी केलाएर अशोकको संलग्नताको खोजी समेत भई रहेको जानकारी दिईन ।
प्रहरीले अशोकलाई पक्राउ गरेपछि बालाजु बाईपास क्षेत्रका चारजना महिला आफुहरुलाई समेत अशोकले जागिरको प्रलोभनमा लैजाने भनेको र आफुहरु तयार भएको भन्दै वृत्तमा आएको रानाभाटले बताए । उनले ती महिलाको भनाई उद्दृतगर्दे भने ‘आफ्नै श्रीमती समेतलाई लिएर जाने भनेपछि कुनै शंका नै भएन तर उसको त श्रीमतीलाई बेच्ने धन्दा रहेछ ।’
प्रहरीले अशोकले प्रयोग गरेको मोबाईलको कल डिटेल मार्फत सम्पर्क सुत्र केलाई रहेको छ । बालाजु प्रहरीले पक्राउ परेका अशोकलाई मानव वेचविखन तथा ओसारपसार कार्य नियन्त्रण ऐन २०६४ अन्तर्रगतको मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट म्यादथप गरि अनुसन्धान कारवाही अगाडी बढाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.