प्रहरी ब्याटन डिआईजी भण्डारीलाई

Posted: October 13, 2014 in By Deepak Kharel

KATHMANDU : प्रहरी ब्याटन यसपटक पश्चिाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखरालाई दिने निर्णय मूल्यांकन समितिले गरेछ । यसपटक प्रहरी दिवसमा ठाटिएर प्रधानमन्त्रीका हातबाट ब्याटन डिआईजी बमबहादुर भण्डारीले थाप्ने भएछन । प्रहरी मुख्यालयले असोज ३१ गतेसम्मलाई ब्याटनको कुरो गोप्य राख्ने भएछ । तर पर्दाफसाका कान ठाडा पत्तो लाग्यो । यससँंगै पश्चिामञ्चल प्रहरीको कार्य उत्कृष्ट भएको समेत पुष्टि हुनेछ ।

DIGP_Bam_Bhandari
पुलिस एकेडेमीमा रहेका खरा र ब्यवसायीक प्रहरी भनेर चिनिने एआईजी राजेन्द्रसिंह भण्डारीको नेतृत्वको मूल्याकंन समितिले पश्चिामञ्चल प्रहरीलाई उत्कृष्ट भएको प्रतिवेदनको बन्द खाम मुख्यालयमा बुझाएको हो । त्यासो त एआईजी भण्डारीले नै पश्चिामञ्चल प्रहरी कार्यालयलाई ब्यवसायीक र कागज बिहिन बनाउने अभियान थालेका हुन । यसपटक प्रहरी ब्याटन पाउने डिआईजीको आगामी बढुवामा अंक थपिने भएकाले समेत ब्याटनको महत्व चुलिएको थियो ।
प्रहरी वृत्तमा मध्य क्षेत्रका प्रकाश अर्याल र पूर्वका नवराज सिलवालका बिच प्रहरी ब्याटन पाउने चर्चा चलेपनि भण्डारीले पाए । के कती कारण र कार्य प्रगतीका आधारमा प्रहरी ब्याटन दिईयो त्यो त आगामी दिनमा चर्चा भईरहला । जे जस्तो भएपनि बर्षकै उत्कृष्ट प्रहरी कार्यालय र प्रमुख भएकोमा डिआईजी भण्डारीलाई पर्दाफास डट कमको बधाई ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s