नेपाल प्रहरीका फाईटर इन्स्पेक्टर

Posted: October 13, 2014 in By Deepak Kharel

KATHMANDU : नेपाल प्रहरीमा मुस्कान सहितको प्रहरी सेवा र मानवअधिकार प्रति कटिवद्ध प्रहरीको चर्चा तालिम, सेमिनार र गोष्ठिमा ब्यापक हुदैछ । प्रहरी सेवा जनउत्तरदायी बनाउने अभियानमा हालको प्रहरी नेतृत्वले तत्परता देखाएका खबर छापामा पढन, रेडियोमा सुन्न र टेलिभिजनमा हेर्न खुबै पाईन्छ । तर प्रहरीले सेवाग्राही प्रति गर्ने ब्यवहारमा सुधारको आसा गरिएपनि प्रहरीबाटै प्रहरी बिरुद्ध हुने हिंसा भने निरन्तर रहेछ । पोखरामा एकजना फाइटर इन्स्पेक्टरले आफ्नै कनिण्ठ प्रहरी अधिकारीलाई अंगभंग हुनेगरि कुटेछन । घाईते प्रहरी फिराद लिएर जिल्ला प्रहरी कार्यालय पुगे्पनि एसपी सापले फाइटर इन्स्पेक्टरकै पक्ष लिने सम्भावना बढेको एक पोखरेली स्रोतले बतायो । के भएको हो त अखिर घटनाक्रम नागरिकका पोखरा सम्मबाददाता केशवशरण लामिछानेबाट :

sundar tiwary

भयानक अपराध गरेको मान्छेलाई पनि प्रहरीले कुट्नुपिट्नु मानवताविरुद्ध हुन्छ। कास्कीका एक प्रहरी इन्स्पेक्टरले भने आफूभन्दा तल्लो तहका सिपाही र हवल्दारलाई अंगभंग हुने गरी कुटपिट गरेका छन्।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर तिवारीले कुट्दा हवल्दार राजकुमार चौधरीको कानको जाली फुटेको छ भने जवान रामबहादुर कुँवरको खुट्टै भाँच्चिएको छ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आइतबार राति ११ बजे चेकिङ नराखेको भन्दै तिवारीले चौधरीलाई कुटेका हुन्। हल्लनचोकमा ड्युटीमा रहेका चौधरीलाई सादा पोसाकमा गएका तिवारीले हातैले हिर्काएका थिए। आफ्नै हाकिमको कुटाइबाट कान नसुन्ने भएपछि चौधरीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्। उनको देब्रो कानको जाली फुटेको हो।
तिवारीले अरुबेला पनि विभिन्न बहानामा अनावश्यक रुपमा तर्साउँदै जागिर खाइदिने धम्की दिने गरेको चौधरीले बताएका छन्। लेकसाइड क्षेत्रमा भने चौधरीलाई स्थानीयले शिष्ट र कर्तव्यनिष्ठ प्रहरीका रुपमा चिन्दै आएका थिए। प्रहरी निरीक्षक तिवारीले चौधरीलाई आफूले नकुटेको बरु राम्रोसँग ड्युटी गर्न भनेको स्पष्टोक्ति आफूभन्दा उपल्ला अधिकारीलाई दिएका छन्। हाकिमबाटै कुटिएपछि हवल्दार चौधरी वडा प्रहरी कार्यालय बैदामको सट्टा जिल्ला प्रहरी कार्यालय पुगेर ड्युटी गरिरहेका छन्।
चौधरीलाई कुटेर तिवारीले कानको जाली फुटाइदिएको घटना सार्वजनिक भएपछि त्यसअघि उनले प्रहरी जवान रामबहादुर कुँवरको खुट्टा भाँचिदिएको पनि खुलेको छ। दुवै घटनाका पीडितलाई कास्की प्रहरीले पत्रकारहरुको सम्पर्कमा नजान ठाडो आदेश दिएको छ। उनीहरुलाई न्याय दिलाउनुको खट्टा जिल्ला प्रहरी कार्यालयले सूचना बाहिर पुर्यादए उल्टै सेवाबाट निलम्बन गर्नेसम्मको धम्की दिएको स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत जवान कुँवरलाई तिवारीले असोजको ८ गते राति १ बजे कुटेका थिए। मदिरा सेवन गरेको आरोपमा उनलाई बुटले कुटेको जानकारी अरु प्रहरीले दिएका छन्। सोही राति वडा प्रहरी कार्यालयभित्र थुनेर भोलिपल्ट छाडिएका कुँवरले त्यसपछि पनि सकीनसकी ड्युटीमा खटाइएको थियो। ‘मदिरा सेवन गरेको छैन, पुकार खाएको हुँ सर भन्दा बढी बोल्छस् भनेर हर्कार्दै कुटेको कुट्यै गरे,’ कुँवरलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘भोलिपल्टदेखि खुट्टा दुख्दा दुख्दै ड्युटीमा गएँ। धेरै दिनसम्म दुखेको दुख्यै गरेपछि एक्सरे गरेर हेर्दा भाँच्चिएको देखियो।’

sundar tiwary 111
कुटपिटबाट भाँच्चिएको देब्रे खुट्टाको कुँवरले २३ गते प्लास्टर गरेका छन्। ३ सन्तान र श्रीमतीसहित टिनको टहरोमा डेरा गरी बस्ने कुँवरले उपचार खर्चका लागि सञ्चय कोशबाट पैसा निकालेका थिए। पैसा नभएकैले धेरै समयसम्म उपचार गर्न नसकेको उनले आफ्ना साथीहरुलाई बताएका छन्।
यी घटनामाथि छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिएको जानकारी डिआइजी बमबहादुर भण्डारीले दिए। ‘छानबिन भइरहेको छ,’ उनले नागरिकसँग भने, ‘सत्यतथ्य बुझेर त्यसैअनुसार कारबाही हुन्छ।’

Photo From FaceBook Of SUNDAR TIWARY

courtesy : nagariknews.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s