सशस्त्रका यी डिआईजी राज्यकै सम्पत्ती होइन्न र ?

Posted: October 10, 2014 in By Deepak Kharel

KATHMANDU : सशस्त्र प्रहरीका डिआईजी भिष्मकान्त अर्यालसँग भेटघाटको खासै अवसर जुरेन उनी फोर्समा रहुन्जेल । एकदुईपटक सामाुहिक भेटघाट भएको हो । एकदुईपटक फोनमा कुरा भएका थिए । अर्याल संगठनमा रहुन्जेल उनका बिरुद्ध वा उनका गलत प्रवृतीका बिषयमा कलम चलाउने अवसर नै आएन । सम्रगमा संगठनमा तुलान्तामक रुपमा असल मान्छे हुन भन्ने मेरो ठम्माई हो । अहिले साथी मात्रिका दाहालले लेखेको यो खबर मेरो बल्ग पर्दाफसाका लागि समेत सग्रहयोग्य भएकै कारण साथी दाहालसँंग आग्रह र कारोबार दैनिकको सौजन्यमा यहाँं राखेको छु । बाँकी पत्रकार दाहालकै कलमबाट ः

BHISMA KANT

राजनीतिक दलका शीर्ष नेतामात्रै होइन, पहुँचवाला कार्यकर्तासम्मलाई राज्यकोषबाट उपचार खर्च बाँड्ने सरकारले सुरक्षा निकायका एक उच्च अधिकारीलाई भने उपचार खर्च नै नदिई सेवाबाट बिदा गरेको छ । सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) भीष्मकान्त अर्याल उपचार खर्च नपाएरै सोमबार सेवानिवृत्त भए ।

२७ वर्ष प्रहरी सेवामा बिताएका अर्याल आर्थिक अभावकै कारण नसासम्बन्धी रोगको उपचार गर्नबाट वञ्चित भएको गुनासो गर्छन् । बिरामी भएपछि लामो समयदेखि थलिएका अर्यालले कार्यालयमा हाजिरसमेत नभई ६ वर्षे पदावधिका कारण सोमबार (असोज २०) गते सेवाबाट अवकाश पाएका छन् ।

सामान्य औषधि उपचार आफैंले गर्दै आए पनि अर्यालले खर्च अभावकै कारण धापासीस्थित घर छाड्न सकेका छैनन् । पारिवारिक स्रोतका अनुसार नियमितजसो औषधि सेवन गरे पनि आर्थिक अभावले उनी देशभित्र र बाहिरका सुविधासम्पन्न अस्पताल भर्ना भएका छैनन् । भारतका केही अस्पतालमा जाँच गराएर फर्किएका अर्यालको स्वास्थ्य उपचारमा सशस्त्र प्रहरी बल र गृह मन्त्रालयसमेत गम्भीर बन्न सकेन ।

अर्याल सशस्त्र प्रहरी संगठनमा व्यावसायिक र इमान्दार अधिकृतको रूपमा चिनिन्छन् । बिरामी बिदामै रहँदा अवकाश पाएका उनलाई एक ठाउँबाट अर्को ठाउँमा सर्न पनि ह्विलचेयर र सहयोगीको सहारा लिनुपर्ने बाध्यता छ । हातखुट्टा चलाउन पनि उनलाई समस्या छ । सशस्त्रमा रिक्त रहेको ३ एआईजीमा दाबेदार भए पनि स्वास्थ्य अवस्था नाजुक रहेकै कारण अर्याल बढुवामा परेनन् ।
०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल ०५७ मा सशस्त्र प्रहरी बल (एपीएफ) गठनसँगै सेवा स्थानान्तरण भएका थिए । उनी डीआईजीको ५ वर्षे पदावधिका कारण सोमबार सेवानिवृत्त भएका हुन् । उनीसँगै डीआईजी बनेका सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझा भने यसै साता एआईजीमा बढुवा भए ।

कारोबारसँगको कुराकानीमा अर्यालले गहभरी आँशु पार्दै आफूले अहिलेको अवस्था आउने कहिल्यै कल्पना नगरेको प्रतिक्रिया दिए । “संगठनमा बल, बुद्धि र विवेकले भ्याएजति योगदान दिएँ, तर स्वास्थ्य अवस्था कमजोर भएपछि अरु केही सोच्न सकिँदो रहेनछ,” उनलेृ भने । अर्यालको उपचारमा संगठन प्रमुखले पनि बेवास्ता गरेको गुनासो सशस्त्रकै उच्च अधिकारीहरूको छ । राजनीतिक दलका नेतादेखि थुप्रै कर्मचारी, कार्यकर्तालगायतले पहुँच र प्रभावमा सरकारबाट उपचार खर्च लिँदै आए पनि डीआईजी अर्यालको उपचारमा सरकार बेखबर छ ।

२ वर्षअघि मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी महेश्वरी बाहिनी (सुर्खेत)मा बाहिनीपति रहँदा विपश्यनामा बसेका अर्याललाई नसासम्बन्धी समस्या देखिएको थियो । सुरुमा केही असजिलो महसुस भएपछि सामान्य स्वास्थ्य जाँच गराएका अर्याललाई पछि खुट्टा सुनिएपछि नसासम्बन्धी रोग लागेको पुष्टि भएको थियो ।

विपश्यना बसेकै कारण तत्कालीन मुख्यसचिव तथा चुनावी अन्तरिम मन्त्रीपरिषद्का गृहमन्त्री माधवप्रसाद घिमिरेलाई पनि नसासम्बन्धी रोग लागेको थियो । उपयुक्त तवरले विपश्यना नगर्दा यस्तो समस्या देखापर्ने चिकित्सकहरू बताउँछन् । घिमिरेले सरकारी खर्चमा देशभित्र र बाहिरका स्वास्थ्य संस्थामा उपचार गराएका थिए । तर, यस्तै रोगबाट पीडित सशस्त्रका डीआईजी अर्याललाई सरकारले उपचार खर्च उपलब्ध गराएको छैन ।

अवकाश पाउनुअघि नै उपचार खर्च जुटाउन डीआईजी अर्यालका परिवारले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराए पनि सरकारले कुनै सहयोग नदिएको स्रोतले जनायो । परिवारको आग्रहअनुसार आईजीपी वन्तले उपचार खर्च उपलब्ध गराइदिन गृह मन्त्रालयलाई आग्रह गरे पनि कुनै सुनुवाइ भएको छैन । “पहुँच र प्रभाव भएका जोकोहीलाई पनि उपचार खर्च दिने सरकारले आफ्नै कर्मचारी बिरामी हुँदा बेवास्ता गर्नु लाजमर्दो विषय हो,” सशस्त्रका एक एआईजीको टिप्पणी छ । खर्च उपलब्ध गराउन सशस्त्र प्रहरी मुख्यालयबाट गरिएको पत्र अर्थमा रोकिएको उनले जानकारी दिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s