लैजादा २९ लाख, प्रशासनमा ५ लाख

Posted: October 8, 2014 in By Deepak Kharel

KATHMANDU : म बस्ने कारेश्वरमा हो । कात्यानी मन्दिर वरपरका खबर पत्रकार भएका कारण छरछिमेकीले सुनाई रहन्छन । आज दिउसो कामका सिलसिलमा नक्साल तिर थिए । एकजना हितैषीले बडो आदर पूर्वक कारेश्वर क्षेत्रमा आउनै पर्ने दवाब दिए । हुईकिदै पुगे्को उनी घण्टौदेखि खबर सुनाउन आतुर रहेछन । सुनाई हाले थाह पाउनु भो हाम्रै छिमेकमा ठुलै क्यासिनो रहेछ । मैले अलि बुझिन । उनले थपे कात्यानीमा केही समय अघि बनेको महलको पाँचौ तत्लामा बिगत लामो समयदेखि ब्यवसायीक जुवा खेलाईदै रहेछ । गएराती पाँचौ तल्लाबाट पैसा फालाफाल भयो रे । राती अबेरसम्म हल्ला खल्ली रहेछ । उनले एकएक विवरण सुनाउन थाले । प्रहरीले मात्रै ३० लाख जति त बरामद नै गरेछ । समाजका लब्ध प्रतिष्ठितका श्रीमती र महानुभाव खालमा भेटिएछन । अन्तमा मेरा लागि गतिलो समाचार दिएकोमा आफु धन्यबादको पात्र भएको भन्दे गम्मक फुले । मैले पनि धन्यबाद दिएर कार्यालय आए ।

IMG_0100
कार्यालयमा प्रहरीले नियमीत पठाउने इमेल खोलेर हेरेको आयुक्त कार्यालयले २८ जना जुवाडे सहित पाँच लाख २० हजार बरामद भएको समाचार पठाएको रहेछ । मंगलबारको घटना महानगरीय प्रहरी वृत्त बानेश्वरले अदालतबाट म्याद लिएर अनुसन्धान गर्दे होला भन्ने लाग्यौ । यसो नाम हेरेको नाम चलेका क वर्गका ठेकेदार, तातोपानी भएर ओसारपसारको ब्यवसायगर्ने ब्यवसायी देखि चिनेका जागिरेसम्म खालबाटै प्रहरीको फन्दामा परेका रहेछन । बजारमा समेत जुवाकै हल्लीखल्ली थियो । बुझ्दै जादाँ वृत्तका प्रमुख रमेशकुमार तामाङले बुधबार नै जुवाडेलाई अदालत नलगी चोरबाटोबाट प्रमुख जिल्ला अधिकारीका उभ्याएर धरौटीमा उन्मुक्ति दिएछन । कुरा आयुक्त बिज्ञानराज शर्माको कानमा समेत पुग्दा उनले समेत अचम्म मान्दै हो र भन्ने जवाफ दिए । मलाई सुचना दिने छिमेकीले केही समय अघि फोन गरेर सोधे प्रहरीले त लैजादा ३० लाख जति लग्यौ भन्ने सुनेको प्रशासनमा त पाँच लाख मात्र देखाएछन बाँकी पैसा के भयो । मैले भने प्रहरीले दशैमा तपाई हाम्रो सुरक्षा गरेबापतको भत्ता होला ।
महानगरीय प्रहरी आयुक्त बिज्ञानराज शर्मा, परिसर प्रमुख उत्तम कार्की, र प्रहरी प्रधान कार्यालयले जुवा ऐन अन्र्तगतको कारवाहीमा कानुनको अभाव रहेको बताईरहदा मुजकर कार्यालयले नै भएकै कानुनमा सहजता खोजेको यस घटनालाई के भन्ने् सानालाई ऐन ठुलालाई चैन होइन त ?
बाँकी विवरण आयुक्त कार्यालयकै इमेलबाट है ।

घटनाको संक्षिप्‍त विवरणः का.जि.कामनपा३४ कागतेनी चोक स्थित बर्ष ४५ की कमला निरौला थापाले आफ्नै घरको पांचौ तलामा अवैध जुवा तास खेलाईरहेको अवस्थामा महानगरीय प्रहरी वृत बानेश्वरबाट प्रहरी टोली खटी गई निज कमला निरौला थापा समेत गरी निम्न २८ जना र ८ बुक तास र नगद रु५,२०,११० सहित नियन्त्रणमा लिई आवश्यक करवाहीको लागी महानगरीय प्रहरी बृत बानेश्वरमा राखिएको, अन्य अनुसन्धान कार्य जारी ।

 

पक्राउ परि एकै दिनमा छुटेका जुवाडे :
बानेश्‍वर बस्ने बर्ष ३५ की सविता थापा
बारा बलाक्षी बस्ने बर्ष ३३ को बिजय सुन्दर लालुवा
ऐ.ऐ. बस्ने बर्ष ३१ को सुनिल प्रजापती
भ.पु.जि १६ बंशगोपाल बस्ने बर्ष ३५ को रोमन सिलाकार
ऐ. गठ्ठाघर १५ बस्ने बर्ष २५ को रुपेश श्रेष्ठ
ऐ.बस्ने बर्ष ४२ को गणेश थापा
ऐ. लोकन्थली बस्ने बर्ष ४२ को सुनिल बज्रचार्य
जिल्ला मोरङ घर भएका बर्ष ५७ को मान सिंह कार्की
जिल्ला काभ्रे नारायणस्थान ५ बस्ने बर्ष ३७ को चन्द्र लामा
का.जि. मालिगाउँ ५ बस्ने बर्ष ५५ को नरेश श्रेष्ठ
का.जि. बौद्ब ६ बस्ने बर्ष ३५ को राजेन लामा
का.जि. डिल्लिबजार ३३ बस्ने बर्ष ४० को अरुण तिवारी
जिल्ला काभ्रे बस्ने बर्ष ३८ को मुक्ति लामा
का.म.न.पा १० बानेश्वर बस्ने बर्ष ५५ को नरेश श्रेष्ठ
जिल्ला दोलखा घर हुने बर्ष २८ को नारायण ठकुरी
ऐ.ऐ. घर हुने बर्ष ३० को दावा लामा
का.म.न.पा ३५ बस्ने बर्ष ५० को प्रदिप क्षेत्री
ऐ.ऐ. बस्ने बर्ष ४६ को सुशिल न्यौपाने
जिल्ला रामेछाप घर हुने बर्ष ३० को कुमार श्रेष्ठ
जिल्ला काभ्रे घर हुने बर्ष ३८ को बिनोद कार्की
दोलखा चरिकोट घर हुने बर्ष ३३ को ईन्द्र श्रेष्ठ
ऐ.ऐ. घर हुने बर्ष २९ को बिबेक खत्री
तनहुं घर हुने बर्ष ४१ को जयराम वाग्ले
का.म.न.पा ९ बस्ने बर्ष ५३ को राम भगत रिसाल
मोरङ घर हुने बर्ष ५१ को देब नारायण खतिवडा
रामेछाप घर हुने बर्ष ५६ को मोहन के.सी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s