प्रहरीमा छोरो पाउने कहिले कहिले कन्धनी बाध्ने अहिले

Posted: September 27, 2014 in By Deepak Kharel

KATHMANDU : महानगरीय प्रहरी वृत्त दरबारमार्ग, लैनचौर र नयाँ बानेश्वरका डिएसपी साप कारवाहीमा पर्देछन भन्ने हल्ला प्रहरीले नै संचार गरिरहेको छ । एकजना डिएसपी दरबारमार्गका राजकुमार सिलवाल त मुख्यालय पुगिसके अब लैनचौरका बिरेन्द्र शाही र नयाँ बानेश्वरका रमेशकुमार तामाङको पालो भन्दै प्रहरीका अधिकारी नै हिडिरहेका छन । अचम्म त कारवाहीमा परेका र पर्ने हल्ला चलेका तीनैजनाले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका नजिक भएकै कारण मालदार ठाउँमा पोष्टिङ पाएको हल्ला पनि उनै प्रहरी अधिकारीले चलाएका थिए । त्यसो त सिलवाललाई तानिएको खबर र तानिनुको कारण मुख्यालयले प्रष्टाएको छैन । यि तीनै डिएसपी एआईजीसम्मको दौडमा सामेल हुने करियर भएका हुन । त्यसैले पनि अहिलेबाटै आईजीपीको दौड सुरु भयो भन्ने गलफत्याई पनि चलेको छ बजारमा । तर जे भएपनि मुख्यालयले कारवाही गरेको भए कारण खुलाएर गरोस । होइन विविध कारणले भए प्रष्ट पारोस । यसरी छोरो पाउने कहिले कहिले कन्धनी बाध्ने अहिले भन्ने खेला त प्रहरीमा नभएकै जाती । होइन त? बाँकी कुरा मुलधार न्युज डटकममा जे छ त्यही कपि पेष्ट छ है ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी राजकुमार सिलवाललाई प्रहरी प्रधान कार्यालयले मुख्यालयले तानेको छ । पदको दुरूपयोग गरी आचरणविरुद्ध काम गरेको, तालुकदार कार्यालयका सिनियर अधिकृतहरूको आदेश पालना नगरेको, नटेरेको, आफूखुसी काम गर्ने गरेको उजुरी सचिवालयमा परेपछि डीएसपी सिलवाललाई प्रधान कार्यालय तानिएको मुख्यालय स्रोतको दाबी छ ।

उनको ठाउँमा परिसरका रमेश बस्नेतलाई पठाइएको छ । वैदेशिक रोजगार संघका अध्यक्ष हंसराज वाग्लेलाई पक्राउ गरेको भोलिपल्ट पीडित भनिएका विदेशी नागरिकसँग मदिरामा रमाएको फोटो प्रधानकार्यालय पुगेपछि सचिवालयले डीएसपी सिलवाललाई कारबाही स्वरूप प्रधानकार्यालय तानेको बताइन्छ । दुई साताअघिदेखि आइजिपी सचिवालयले डिएसपी सिलवालमाथि निगरानी गरेको थियो । आइजिपी सचिवालयले आचरणविरुद्ध काम गर्ने महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी वीरेन्द्र शाही र बानेश्वर वृत्तका डिएसपी रमेशकुमार तमाङमाथि पनि छानविन गरिरहेको छ ।

सके दशैँअघि र नभए दशैँलगत्तै उनीहरूलाई हटाउने तयारी मुख्यालयले गरेको छ । सर्वसाधरणलाई अनाहकमा दुःख दिएको, लेनदेनका मुद्दालाई पीडकसँग मिलेर पीडितलाई उल्टै मुद्दा चलाएको, व्यापारीसँग मासिक पैसा खान थालेको उजुरी परेपछि सचिवालयले वृत्तका तीन डिएसपीलाई निगरानी बढाउनका साथै कारवाहीको तयारीसमेत गरेको थियो । कारवाही स्वरूप दरबारमार्ग वृत्तका डिएसपी सिलवाललाई प्रधानकार्यालय तानेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s