एसपी थापाको पहिलो गाँसमै ढुङगा,गोली हानी एकको हत्या

Posted: September 25, 2014 in By Deepak Kharel

KATHMANDU : जिल्ला प्रहरी प्रमुखका रुपमा कमाण्ड सम्हालेको महिना दिन नबित्दै एसपी सहकुल थापाको तनाव बढेको छ । पहिलाका एसपी प्रधुम्न कार्कीले वाहवाही बटुलेको चितवनमा थापा पुग्नासाथ एकजनालाई फिल्मी शैलीमा गोली हानी हत्या गरियो भने अर्का अस्पतालमा गंभिर छन । नेपालको पूर्व र पश्चिमको संगम र अपराधको समेत राजधानी बनेको काठमाडौं छिर्ने मुख्य नाका भएका कारण चितवन आपराधीक कृयाकलापका लागि कुख्यात मानिन्छ । अब हत्यारालाई चाडोभन्दा चाडो पक्राउ गरेर कानुनको कठघरमा उभ्याउए एसपी थापाले चितवनको कमाण्डको डोर कस्सेर समाउन सक्नेछन? अन्यथा  चितवन पुन : अपराधको मिनि क्यापीटल हुनेछ । बाकी समाचार ईकान्तिपुरबाट साभार गरिएको छ । ईकान्तिपुरमा पवन यादवले लेखेका छन ।

SAHAKUL THAPA
चितवनको माडी अयोध्यापुरी गाबिस वडा नं ९ मा बिहीबार बिहान गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएका छन् । गोली प्रहारबाट रत्ननगर नगरपालिका १ टाँडीका ५० बर्षीय शेषचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी शान्तिराज कोईरालाले बताए ।

त्यस्तै सोही मोटरसाईकलमा पछाडि सवार बघौडा ३ बसन्तपुरका ४५ बर्षीय त्रिलोक चौधरी गम्भिर घाईते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अपरेशनको तयारी भइरहेको चिकित्सकले बताएका छन् ।

उनिहरु ना २६ प ८८० नम्बरको मोटरसाईकलमा माडीबाट(पर्साको ठोरी जाँदै गरेको अवस्थामा बिहान करी पौने ११ बजे बीच बाटोमा पर्ने जंगलमा उक्त घटना भएको हो ।

५र६ जनाको समूहमा भरुवा बन्दुक सहितको रहेको टोलीले उनिहरुलाई जंगलमै रोकी खानतलासी गर्ने क्रममा वादविवाद भएको थियो ।

 

वादविवादको क्रममा समुहले शेषचन्द्रलाई बन्दुकको      कुनाले कुटपिट गर्दै गोली प्रहार गरेका थिए । गोली प्रहारबाट उनी ढले पछि पछाडि बसेका त्रिलोक भाग्न शुरु गरेका थिए ।

भाग्ने क्रममा उनी माथि पनि उक्त समुहले गोली प्रहार गरेको प्रनाउ कोईरालाले बताए । मृतक शेषचन्द्र चितवन राष्ट्रिय निकुन्जका कर्मचारी हुन् भने घाईते त्रिलोक ठोरी(काठमाण्डौं चल्ने रात्रीबसका चालक हुन् । गोली प्रहार गर्नेहरु वनतस्कर हुनसक्ने र उनीहरुको खेजतलास शुरु गरिएको प्रनाउ कोइरालाले बताए । प्रहरी उपरीक्षक सहकुल थापा सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटनास्थल सदरमुकाम भरतपुरबाट करीब ६० किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

 

Photo From FaceBook PAGE of SP sahakul thapa ( in center)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.