प्रहरीमा अब १३ एआईजी, सबैलाई भाग पुग्यौ

Posted: September 24, 2014 in By Deepak Kharel

काठमाडौं : प्रहरीमा अतिरीक्त महानिरीक्षकको फुली लगाएर काम गरिरहेकालाई साथ दिन उनीहरुकै ब्याची हेडक्वार्टर जाने भएका छन । सर्वोच्च अदालतले थप चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारका नाममा परमादेश जारी गर्दे बढुवको आदेश दिएको हो । यससँगै कार्य मूल्याकंन, जोखिमपूर्ण कार्य, पदक , शिक्षा र आचरणको मूल्याकंन सहितको प्रहरी नियमावली २०७१ को अस्तित्व संकटमा परेको छ । यस्तै बढुवा सिफारीस समितिको निर्णय बिरुद्ध उजुरी गर्न बनेको संयन्त्र समेत रनभूल्लमा परेको छ ।aigp

 

एआईजी बढुवामा विद्यमान ऐन, नियमविपरीत बरिष्ठलाई रोकेको भन्दै दायर रिटमा न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलाशले डीआईजीहरु यादव अधिकारी, विश्वराज शाही, पर्शुराम खत्री र सुशीलवरसिंह थापालाई बढुवा गर्न आदेश दिएको हो ।

सरकारले भदौ पहिलो साता ७ जनाको दरबन्दीमा ९ जनालाई एआईजीमा बढुवा गरेको थियो । सर्वोच्चको आदेशसँगै एआईजीको संख्या १३ पुगेको छ ।

सरकारले यसअघि राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रसाद साउद, गणेश राई र नारायण वास्ताकोटीलाई एआईजी बढुवा गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s