हज्जारौ तिर्थयात्री मुस्ताङमा अलपत्र

Posted: September 23, 2014 in By Deepak Kharel

चन्द्रश्वर बस्ताकोटी

जोमसोम(मुस्ताङ) : पवित्र तिर्थस्थल मुक्तिनाथ र कागबेनी आएका हज्जारौ तिर्थयात्री कागबेनी–मुक्तिनाथ सडक स्थानियले अवरुद्ध पारेपछि अलपत्र परेका छन । सोह्श्राद्धमा तिर्थ आएका तिर्थयात्रीहरु मुक्तिनाथ, झोङ, कागबेनी र छुसाङका स्थानियबासीले मुस्ताङ जिप तथा बस ब्यबसायी समितीले एकलौटी सिण्डीकेट गरेको, अन्य मुस्ताङवासीलाई सार्वजनिक सवारी साधन राख्न नदिएको भन्दै समितिका गाडि कागबेनी–मुक्तिनाथ चलाउन रोक लगाउँदा यात्रुहरु अलपत्र परेका हुन् ।mustang 2

हिन्दुहरुले पितृहरुको सम्झना गर्ने सोह्श्राद्धमा म्याग्दी जिल्ला हुदै प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनी आउने आफु जस्तै १० हजार भन्दा बढि तिर्थालुहरू अचानक सडक अवरुद्ध हुदा अलपत्र परेको बाग्लुङ नगरपालीका बडानं १०, कुडुले बाट आएका डिल्ली प्रसाद आचार्यले बताए । उनले भने “मुस्ताङमा राज्यको उपस्थिति नरहेको आभास भईरहेको छ, यहाँका यातायात ब्यबसायी र बासीन्दा आफ्नो स्वार्थमा जस्तोसुकै हर्कत गर्न पछि पर्दारहेनछन । मुखियाले सासन गरेको यो ठाउँमा मनको शान्तिका लागि आएपनि हज्जारौले अशान्ति भोग्नु प¥यो ।” उनका अनुसार सोमवार समेत जिल्ला प्रसासन कार्यालयमा तिर्थयात्री यातायात सुचारु गर्न दवाबका लागि पुगेपनि केहि हुन सकेन । स्थानिय बासीन्दाले सिधै जोमसोमबाट टिकट नलिए बाटो बाट आफुहरुलाई गाडिमा नचढाउने, गाडी नभरिए सम्म नहिडाउने, अन्य सार्वजनिक सवारीसाधन राख्न नदिई एकलौटी गर्ने जस्ता आरोप ब्यबसायीलाई लगाएका छन । मुस्ताङमा रहेका राजनितिक दलले समेत स्थानियको मागको सर्मथन गर्दै सडक खुलाउन स्थानियलाई आग्रह गरेको एकिकृत माओवादी मुस्ताङका अध्यक्ष गणेश थकालीले बताए । एमाओवादी, नेपाली काग्रेस, एमाले र माओवादीले स्थानियको मागको समर्थन र सडक खुलाउन आग्रह गरेका हुन ।mustang 1
यता यातायात ब्यबसायीले स्थानियको सुबिधाका लागि बिहान ८ बजे, १२ बजे र साझँ ५ बजे सवारी छुटाउने गरेको दावी गरेका छन । मुस्ताङ जिप तथा बस ब्यबसाय समिती र स्थानिय बिच समन्वय गराउन नसक्दा बर्षेनी तिर्थयात्री अलपत्र पर्दै आएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.