नक्कली डिएसपी साप सक्कलीको फेला परे

Posted: September 23, 2014 in By Deepak Kharel

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका सक्कली अधिकारी नै घूस काण्डमा फन्दामा परिरहेका बेला एकजना नक्कली डिएसपी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का सक्कली डिएसपीको फन्दामा परेका छन ।
विगत केही समयदेखि विभिन्न व्यक्तिहरुलाई फोन गरी म राष्ट्रिय अनुसन्धान विभागको डिएसपी नविन सिंह खड्का हुँ भन्दै ठगी गर्ने दिपक प्रसाद ढकाललाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

ढकालले मेरो चिनजानमा रहेको गोर्खा जिल्लामा बस्ने दिपक प्रसाद ढकाल भन्ने टुहुरो केटाको मुटुको सर्जरी गर्नु पर्ने भएकोले मानवीय रुपमा आर्थिक सहयोग गरिदिनु भनी पैसा माग्ने र पैसा दिन आनाकानी गर्ने ब्यक्तिहरुलाई आफू राष्ट्रिय अनुसन्धानको डिएसपी भएको, सहयोग नगरे काम गरेर खान नसक्ने स्थित बनाईदिन्छु भनी धम्क्याउने समेत गरी असुली गर्ने गरेका थिए ।fake dsp from nid

ढकालले आईएमई मार्फत आफ्नो नाममा बिभिन्न ब्यक्तिहरुलाई रकम पठाउन लगाई रकम बुझीलिई ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । । बिगत ४ बर्ष देखि नै विभिन्न बाहाना बनाई धेरैजना ब्यक्तिहरुसंग रकम ठगी गरेका ढकालले बिगतमा आफू पत्रकार भएको भनी रकम ठग्ने समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले पक्राउ गरी ठगी मुद्धामा आबश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर,काठमाडौं पठाईएको सीआईबीले जनाएको छ ।
सीआईबीले ढकालले ठगी गर्न प्रयोग गरेका निम्न नम्बरबाट ९८४६७०४३४३ र ९८०३०१२२४४० कसैलाई फोन गरी रकम माग गरी ठगिएको छ भने महानगरीय प्रहरी परिसर,काठमाडौं हनुमानढोकामा संपर्क राख्न अनुरोध गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s