चिनियाँ कैदी भगाउन प्रहरी संलग्नता, तीन प्रहरी हिरासतमा

Posted: September 23, 2014 in By Deepak Kharel

काठमाडौं : नख्खु कारागारबाट चिनियाँ कैदी भगाउन प्रहरीकै संलग्नता रहेको भन्दै तीनजना प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान भै रहेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले मंगलबार छानविन समिति गठन गरेको छ ।

chinese  farar

कार्यालयका आयुक्त एआइजी विज्ञानराज शर्माले एसएसपी हेमन्त पालको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेका हुन् । समिति सदस्यमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी ओम अधिकारी, ललितपुर प्रहरी परिसरका डीएसपी पवनकुमार गिरी र केन्द्रीय कारागार विभागका प्रहरी निरीक्षक नगेन्द्र बहादुर देउजा छन् ।

चिनियाँ कैदीलाई अस्पताल लिएर गएका ३ जना प्रहरीलाई हिरासत राखेर अनुसन्धान सुरु गरिएको छ । प्रहरी हवल्दार बोध कुँबर, प्रहरी जवानद्धय शिब गिरी र रमेश चाँइलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

कैदी भगाउने कार्यमा प्रहरीले नै सहयोग गरेको अनुसन्धानबाट खुल्न आएको आयुक्त कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार पूर्व योजना अनुसार १५ वर्ष कैद सजाय भएका चिनियाँ कैदी जु याङ खालाई अस्पताल लैजाने बहानामा भगाईएको हो । यसमा जेल प्रशासन र प्रहरीका उच्च अधिकारीकै संलग्नता रहेको स्रोतबो दाबी छ ।
चिनियाँ नागरिक खा सोमबार पाटन अस्पतालबाट फरार भएका हुन । शौचालय जाने बाहनामा प्रहरीको आँखा छलेर उनी फरार भएका हुन्। त्यहाँ उनले शौचालय जान चाहेपछि सुरक्षाकर्मीले छोडिदिएका थिए। दाँंत दुखेको भन्दै अस्पताल जान निवेदन दिएका खालाई जेलप्रशासनले बिहानै आठ बजे अस्पताल लगेको थियो । खा पूर्व योजना अनुसार नियोजित रुपमा जेलबाट फरार भएको घटनाक्रमले पुष्टि गरेको हो ।

पाटन अस्पतालमा उपचारका लागि लगिएका चीनियाँ कैदी जस याङ खा हिजो बिहान ८ बजे फरार भएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s