आयोगनै बनाउनुपर्ने चरी आखिर को हुन

Posted: August 8, 2014 in By Deepak Kharel

प्रहरी मुठभेडमा मारिएका दिनेश अधिकारी चरीका बिषयमा संसद, सिंहदरबार, सडक र शहरका चोक र गल्लीमा निकै हल्ला छ । नेकपा एमालेले आफ्नै सर्बप्रिय नेता मदन भण्डारी र जिवराज आश्रितको शंकास्पद मृत्युमा समेत आयोगका लागि पहल नगरेपनि आपराधीक पृष्ठभुमीमा चरीको मृत्युका सम्बन्धमा न्यायीक आयोग गठन हुनुपर्ने माग राखेको छ । हामी हत्याका पक्षधर होइनौ तर पनि प्रहरीमाथी नै प्रहार भएपछि प्रतिकार गर्ने अधिकार उसँग हुनुपर्छ । शहरमा चर्चामा रहेका चरी आखिर को हुन त ? हाम्रा पाठकको जिज्ञासाका लागि चरीको ब्यक्तिगत बिवरण नै यहाँ राखेका छौ ।

 

197857_208525299158841_3045382_n

ब्यक्तिगत बिवरण :

नाम : दिनेश अधिकारी
उपनाम : चरी
उमेर : बर्ष २९
ठेगाना : स्थाई जिल्ला धादिङ्ग, त्रिपुरेश्वर गा.वि.स ६
अस्थाई :- का.जि.का.म.न.पा. नयाँबजार
बाबुको नाम : धन बहादुर अधिकारी
शैक्षिक योग्यता : एस.एल.सी
वैवाहिक स्थिति : अविवाहित
पेशा : बालुवा खानी व्यवसाय ठेकेदारी धादिङ्गमा बालुवा खानीमा लगानी
पृष्ठभुमी :
• २०६० सालतिर गुण्डा नाइके कुमार घैँटेसँगै मिलेर गुण्डागर्दी काम गर्न थालेको । निज चरीले कुमार घैंटेको समूहमा रहेर नयाँबजार, सोह्रखुट्टे क्षेत्रमा हप्ता असुली सुरु गरेका थिए। राजधानीमा निज चरीको उपस्थिति २०६२ सालदेखि देखिन थालेको ।
• काठमाण्डौको बालाजु र नयाँबजार एरियालाई अपराधिक केन्द्र बनाएर रेस्टुरेन्ट, ढाबा तथा काठमाडौंको क्यासिनो भेनसमा समेत लगानी गरेको ।
• घैंटेसँग विवाद भएपछि २०६३ सालतिर उनीहरु छुट्टिएको ।
• २०६४ आषाढ महिनामा धादिङ्गको सिंचाई कार्यालयमा भएको टेन्डरमा निजले २ लाख २५ हजार लिएको स्वीकार गरेको । धादिङमा सानो देखि ठूलो ठेक्कामा एकछत्र राज चलाउँदै आएको भन्ने बुझिएको ।
• २०६५ सालदेखि यार्सागुम्बा लुट्न थालेको । निजले ८ पटक गरी करिब ४० किलो यार्सागुम्बा लुटेको ।
• दुई वर्षअघि उनीसहित १२ गुन्डाहरु खुकुरी/तरबारसहित प्रहरीद्धारा थानकोटमा समातिएको ।
• निज चरीले ठेक्कापट्टामा जवर्जस्ती रकम अशुली गर्ने, कमिसन लिने, डर त्रास देखाई धम्कि दिई रमक माग गर्ने, मानिस अपहरण गरी फिरौती लिने जस्ता गैह्रकानूनी कार्यलाई निरन्तरता दिंदै आएकोमा पिडितहरुले निजको बिरुद्दमा प्रहरीमा कुनै लिखित उजुरी नदिने गरेको । (निजले गैरकानुनी ढंगले आर्जन गरेको रकम तथा सम्पत्ती आफ्नो नातेदार तथा साथीहरुलाई राख्न दिएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्नुपर्ने)
• ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको उनीसँग ३० जनाजति पूर्णकालीन गुण्डा हाल सम्म फरार नै रहेको । हालै जेलमुक्त भएका मिलन गुरुङसँग मिलेर काम गर्ने उनको सहमति बनेको भन्ने बुझिन आएको ।

 

1426177_716437111700988_861622954_n

फरार हुनुको कारण :–
१. मिति २०७०।९।१४ गते राती अं.२१:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१६ बनस्थलीमा राधे भन्ने राधाकृष्ण भण्डारी बिनोद श्रेष्ठको छोरीको सुर्य दर्शन गरेको अवसरमा आयोजित पार्टीमा गएको अबस्थामा बनस्थली पार्टी प्यालेस पछाडी भित्रि गल्लीमा चरि भन्ने दिनेश अधिकारी, अभिमान सिह बस्नेत, डार्लिङ्ग भन्ने अजय कुमार कार्की, जयराम बानिया, रामसिह ठकुरी, गैडे भन्ने रमेश खड्गी, आशिष शाही, छिरिङ्ग भोटे, राते भन्ने सुजन श्रेष्ठ समेतले निजलाई धारिलो हतियार खुकुरी खुडा प्रहार गरी घाईते बनाएको ज्यान मार्ने उधोग मुद्धामा चरि भन्ने दिनेश अधिकारी फरार रहेको ।

२. जाहेरवाला:- हरि प्रसाद काफ्ले शर्मा
प्रतिवादी :- जयराम बहादुर बानियाँ समेत
मुद्धा :- अपहरण तथा शरीर बन्धक उद्योग ( संगठित अपराध )
वारदात मिति :- ०७०।११।०३ गते ।
वारदात स्थल :- का.जि.का.म.पा. २९ खुशिबु नयाँबजार
घटना विवरण :- जाहेरवालालाई जयराम बानियाँ समेतले हामी चरिका मान्छे हौं भनी धम्क्याई थर्काई रकम माग गरेको र नदिए अपहरण गरि ज्यानै मार्ने सम्मको धम्की दिई फोन गरि निजहरु रकम लिन भनी का.जि.का.म.पा. २९ नयाँबजार स्थित जाहेरवालाको निर्माणाधिन घरमा पुग्दा जयराम बानियाँ, एडा भन्ने सुनिल पाण्डे र रविन भन्ने रामेश्वर सापकोटा समेत पक्राउ परेको । उक्त मुद्दामा चरी भन्ने दिनेश अधिकारी फरार रहेको ।

३. जाहेरवाला :- नवराज अधिकारी
प्रतिवादी :- जयराम बहादुर बानियाँ समेत
मुद्धा :- अपहरण तथा शरीर बन्धक उद्योग ( संगठित अपराध ) वारदात मिति :- ०७०।११।२० गते ।
वारदात स्थल :- का.जि.का.म.पा. २९ खुशिबु नयाँबजार
जाहेरवालालाई जयराम बानियाँ समेतले हामी चरिका मान्छे हौं भनी धम्क्याई थर्काई रकम माग गरेको र नदिए अपहरण गरि ज्यानै मार्ने सम्मको धम्की दिई फोन गरि निजहरु रकम लिन भनी का.जि.का.म.पा. २९ नयाँबजार स्थित हरि प्रसाद शर्मा काफ्लेको निर्माणाधिन घरमा पुग्दा जयराम बानियाँ, एडा भन्ने सुनिल पाण्डे र रविन भन्ने रामेश्वर सापकोटा समेत पक्राउ परेको । उक्त मुद्दामा चरी भन्ने दिनेश अधिकारी फरार रहेको ।

 

545877_499124250098943_554614306_n

चरीको हालको गतिबिधी :–
मिति २०७०।९।१४ गते राधाकृष्ण भण्डारीलाई खुंडा प्रहार गरि घाईते बनाएको ज्यान मार्ने उधोग मुद्धामा फरार भई २०७० सालको माघ महिनामा बिदेश भागि गएकोमा अं २ हप्ता अगाडी काठमाण्डौ फर्किई काठमाण्डौका बिभिन्न ब्यवसायी ब्यापारीहरुसंग हतियार देखाई जवर्जस्ती रकम असुली गर्ने गरेको तथा लुकीछिपी हिड्ने गरेको ।

चरी भन्ने दिनेश अधिकारी संलग्न भएको अन्य मुद्दा तथा घटनाहरु :
१. मिति २०६२।७।१५ गते प्रकाश राज सिलवाललाई धारिलो हतियार प्रहार गरि घाईते वनाई फरार रहेकोमा २०६२ माघ महिनामा पक्राउ परेको ।
२. मिति २०६२।८।३० गते व.प्र.का. दरवारमार्गले पक्राउ गरि के.सा.अ.मुद्धामा म्याद थप गरि हिरासतमा राखेको अवस्थामा २०६२।०९।७ गते हिरासतबाट फरार भएको ।
३. लक्ष्मण वस्नेत अरुण शर्मा समेत ३ जनालाई का.जि.क्षेत्रपाटी स्थित माउण्ट होलिडे होटलमा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग अपराधमा २०६२ माघ महिनामा पक्राउमा परि मिति २०६२।११।१८ गते पुर्पक्षका लागि थुनामा गई अं. ११ महिना कैद भुक्तान गरि धरौटीमा रिहा भएको । (माथि १ नं.मा उल्लेखित अपराध तथा नं. ३ मा उल्लेखित अपराध समेत गरि अं. ११ महिना सजाय भुक्तान गरेको )
४. २०७० साल कात्तिकमा खाग तस्करीमा संलग्न भएको आरोपमा सिआइबीले पक्राउ गरेको ।
५. मिति २०७०।३।२१ गते राधे भण्डारी समुहले चरी माथि गोली प्रहार गरेको मुद्दामा पहिले चरी र राधे एउटै समुहमा रही काम गर्दाका वखत घटनामा प्रयोग भएको हतियार निज चरीले नै उपलव्ध गराएको भनी राधेले आफ्नो वयानमा लेखाएको हुँदा निज चरीलाई समेत हा.ह.ख.ख. मुद्दामा पेश गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौको मिति २०७०।४।१५ गतेको आदेशले हा.ह.ख.ख. मुद्दामा चरी भन्ने दिनेश अधिकारी र राधे भण्डारी जनही रु. २ लाख ५ हजार धरौटी राखी छुटेको । उक्त घटनामा संलग्न प्रतिवादी का.जि. वाफल वस्ने वर्ष २७ को राजेन्द्र तामाङ्गलाई चरीले चलाएको गाडीले ठक्कर दिई घाईते वनाएको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले चरी भन्ने दिनेश अधिकारीलाई रु.८५ हजार धरौटी माग भएकोमा धरौटी राखी छुटेको ।

गुण्डागर्दी नियन्त्रण तथा फरारहरुको खोजी :–
• महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका, महानगरीय प्रहरी परिसर काठमाण्डौ, भक्तपुर तथा ललितपुर समेतको गुण्डागर्दी नियन्त्रण तथा फरारहरुको खोजी कार्यको लागि बिशेष समन्वयात्मक कार्ययोजना अनुरुप काठमाण्डौ उपत्याकाका ३ वटै जिल्लाहरुका परिसर तथा बृत्तहरुमा रहेका अपराध शाखाहरु समेतलाई प्रभावकारी ढंगले परिचालित गर्दै सम्वन्धित एरियाका गुण्डागर्दीमा संलग्न तथा फरार ब्यक्तिहरुको ग्रेडिङ तयार गरि अभिलेख ब्यवस्थापन, खोजी, तथा पक्राउमा बिशेष जोड दिईएको ।
• फरार गुण्डाहरुको खोजतलास तथा पक्राउको निम्ति सुचना संकलन, घेराउ तथा छापामारी, एम्बुसिङ लगायतका कार्य गरिएको । यसै क्रममा मिति २०७१।०४।२१ गते गुण्डागर्दी, ब्ल्याकमेलिङ तथा अपहरणमा संलग्न जि.मोरङ बिराटनगर उपमहानगरपालिका वडा नं. ११ मधुमारा घर भई काठमाण्डौ तथा ललितपुरका बिभिन्न एरियामा बस्दै आएका बर्ष ३६ को अभिसेख गिरी समेत ४ जनालाई पक्राउ गरिएको ।
• मिति २०७१।०४।२१ गते जघन्य अपराधमा संलग्न फरार अपराधीहरुले अवैध हातहतियार लिई उपत्यका भित्र प्रवेश गरेको र ती अपराधीक गतिबिधीमा संलग्न व्यक्तिहरुले व्यबसायीहरुलाई डर, त्रास, धम्की दिई पैसा असुली गरी रहेको भन्ने सुचनाको आधारमा त्यस्ता गतिविधीमा संलग्न अभियुक्तहरु तथा फरार अपराधीहरुलाई खोजी गरी पक्राउ गर्न उपत्यकाका विभिन्न स्थानहरुमा महानगरीय प्रहरी परिसर काठमाण्डौं तथा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाको संयुक्त टोली परिचालित भएकोमा मिति २०७१।०४।२१ गते अं.१७:०० बजेको समयमा जिल्ला काठमाण्डौं, भिमढुङ्गा गा.बि.स.वडा नं. ६ स्थितमा रातो रंङ्गको बा ४९ प ३११२ नं.को पल्सर मोटर साईकलमा हेल्मेट लगाई सवार अपरिचित व्यक्तिलाई शंका लागी रोक्न खोज्दा निज व्यक्तिले अचानक प्रहरी तर्फ लक्षित गरी गोली प्रहार गरेको हुदा प्रहरीले आफ्नो आत्मरक्षाका लागी जवाफी फायर गर्दा गोली लागी निज व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको । साथै घटनास्थलमा उपस्थित व्यक्तिहरुको भनाई अनुसार निज मृतक व्यक्ति जिल्ला धादिङ्ग त्रिपुरेश्वर गा.बि.स.वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. १६ नँयाबजार बस्ने चरी भन्ने दिनेश अधिकारी रहेको भन्ने बुझिएको ।

 

10537094_10201416067162842_8192324657584197591_n

घटनास्थल तथा निज मृतकको साथबाट बरामद अन्य सामानहरु :-
• Automatic Pistol Made in USA लेखिएको Loaded pistol थान – १
• Magazine थान -१
• बुलेट थान -३
• लाईभ राउण्ड थान -१
• मोटरसाईकलको व्ल्यु बुक थान-१
• कालो र सुनौलो रंगको Rado घडी थान -१
• नगद रु.२६,७८० ।-
• I Phone मोवाईल सेट थान -१

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s