सप्त्तरी प्रहरीले सुल्झायो डबल मर्डर केस

Posted: June 18, 2014 in By Deepak Kharel

13

सप्तरी प्रहरीले घटनाको दुईसातामै सप्तरीको हनुमाननगरमा भएको ब्यापारी दम्पत्तीको हत्याको गुत्थी सुल्झाएको छ । हनुमाननगरका ब्यापारी दम्पती प्रेमसुख देगबानी र श्रीमती सरो देगबानीको जेठ २२ गते राती बिभत्स हत्या भएको थियो । हत्यापछि विभिन्न अडकलबाजी गरिएपनि हत्या लुटपाटका उद्देश्यले भएको प्रहरीले खुलासा गरेको हो । सप्तरी प्रहरी प्रमुख दिनेश अमात्यले  THE CRIME REPORTER सँग कुरा गर्दै विभिन्न कोणबाट अनुसन्धानका गर्नुका सुाथै सदिग्ध भनिएका दुईदर्जनसँगको सोधपुछमा हत्याको अन्य कारण नदेखिएपछि सुराकी परिचालन गरिएको बताए । अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने एसपी अमात्य आफ्नै नेतृत्वमा अनुसन्धान टोली बनाएर घटनाको छानबीनमा जुटेका थिए । उनले हत्या नियोजीत रुपमा लुटपाटका लागि भएको बताउदै फरार अभियुक्त चाडै प्रहरी कठघरामा हुने दाबी गरे ।

sp dinesh amatya
प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले हत्यामा संलग्न सुनसरी हरिपुर ७ बस्ने बर्ष २४ का कैजुम मिया र श्रीपुर जब्दी ८ बस्ने बर्ष ३५ का हैदर अली रहेका छन । उनिहरुले गत जेठ २२ गते हनुमाननगर ५ बस्ने बर्ष ५२ का प्रेमसुख देगबानी र निजको श्रीमती बर्ष ५० की सरो देगबानीको हत्या गरेका थिए । प्रहरीले उनिहरुकासाथबाट कटुवा पेस्तोल १ थान र सोको गोली राउण्ड २ हत्या गर्न प्रयोग गरिएको पिलास रड बन्चरो पेचकस रेन्च एनाईसथेटिक ईथर समेत बरामद गरिएको छ । निजहरूले ईथर सुँघाई लुटपाटपश्चात् पहिचान खुल्ने डरले दम्पतीको हत्या गरेका थिए ।
त्यसैगरि देगबानीद्धयको हत्यापश्चात् भाग्न प्रयोग भएको टिभिएस कम्पनीको अपाचे आर टि आर १६० सिसिको अन टेस्ट मोटरसाइकल २ वटा र माइक्रोम्याक्स र नोकियाका मोवाइल २ थान समेत अभियुक्तहरूको साथबाट फेला परेको छ । निजहरूले लुटेर लगेका १३९ ग्राम ४३० मिलिग्राम सुन र १० किलो १०० ग्राम चाँदीका विभिन्न गरगहनाहरू लौकही ६ मा रहेको पुष्पाञ्जली ज्वलेर्सबाट बरामद गर्न सप्तरी प्रहरीलाई सफलता हासिल भएको छ । गरगहना खरिद गर्ने सो सुनचाँदी पसलका धनी सुनसरीको ईनरुवा नगरपालिका १ घर भएका सुबोध स्वर्णकार भने हाल फरार रहेका छन् ।
घटनामा संलग्न अन्य ५ जना व्यक्तिहरू सुनसरी हरिपुर ७ भण्टाबारीका २३ वर्षीय सलिम भन्ने अलाउदिन मियाँ सुनसरी श्रीपुर ७ खुर्याई बस्ने बर्ष २४ का साविर मियाँ सुनसरी श्रीपुर ७ भण्टाबारीका २५ वर्षीय ईनरदेव कामत सप्तरी भारदह बस्ने बर्ष ३५ का बब्लु मण्डल र सप्तरीकै हनुमाननगर भारदह एरिया बस्ने हाल नाम वतन नखुलेको अन्दाजी बर्ष २४ का एक जना फरार रहेकाले तीव्र खोजतलास भइरहेको छ । अभियुक्तहरूलाई मुलुकी ऐनको ज्यान सम्बन्धी महल, खूनडाँका हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान तथा कारबाही अगाडि बढाइएको छ । अत्याधिक सजाय सर्वस्वसहित जन्मकैदको व्यवस्था कानूनमा रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.