प्रहरी चौकीमा भन्दा महेशबहादुर सिंहसँग बढी हतियार

Posted: March 8, 2014 in By Deepak Kharel

गुन्डागर्दी, अपहरण तथा शरीर बन्धकको अभियोगमा पक्राउ परेका ललितपुरका नवधनाढ्य महेशबहादुर सिंहको घरबाट ६ थान हतियार फेला परेका छन् । अनुसन्धानका क्रममा सिंहको घर खानतलासी गर्दा लाइसेन्स प्राप्त ६ थान हतियार फेला परेका हुन् ।

चर्को ब्याजमा पैसा लगानी गर्दै आएका सिंहलाई शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडांैको विशेष टोलीले कंलकीबाट पक्राउ गरेपछि उनको घर खानतलासी गर्दा ती हतियार फेला परेका हुन् । ६ थान हतियार उनले घरमा किन राखे भन्नेबारे अनुसन्धानमा संलग्न प्रहरीसमेत अन्योलमा परेका छन् । ‘सामान्य प्रहरी चौकीमा ४ देखि ६ थान हतियार मात्रै हुन्छन्, तर आपराधिक क्रियाकलापमा लागेका सिंहको घरमा ६ थान हतिायर राख्ने अनुमति कसरी र किन दिइयो ? यसबारे छानबिन हुनुपर्छ,’ सिंहको आपराधिक क्रियाकलापबारे अनुसन्धान गरिरहेका महानगरीय परिसर काठमाडौंका एक प्रहरी अधिकृतले भने, ‘हतियार राख्नुको उद्देश्य शान्ति सुरक्षाका लागि हो, सिकार खेल्ने प्रयोजनका लागि होइन, यो निकै अस्वाभाविक भयो ।’ सिंहलाई जिल्ला प्रशासन कार्यालयले नै ६ ओटै हतियार राख्ने अनुमति दिएको पाइएको प्रहरीले बताएको छ । प्रमुख जिल्ला अधिकारीले व्यक्तिको आचरण हेरी जाँचीबुझी मात्रै हतियारको लाइसेन्स दिने व्यवस्था रहेको छ ।

Untitled

शुक्रबार बिहान एक व्यवसायीलाई ज्यान मार्ने र अपहरण गर्ने धम्की दिँदै गरेको फोन रेकर्डसहित उजुरी परेपछि शुक्रबार काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । आपराधिक पृष्ठभूमिका भएकै कारण सुरक्षाका लागि प्रहरीले उजुरीकर्ताको नाम र ठेगाना भने गोप्य राखेको छ । केही काम नभएका सिंहको जीवनशैलीमा अस्वाभाविक परिवर्तन आएपछि आयस्रोतबारे सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान थालेको थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको भूमिकामा रहँदा सिंहको सम्पत्ति र गतिविधिबारे अनुसन्धान थालिएको थियो ।

उनको सरुवा महानगरीय ट्राफिक महाशाखामा भएपछि अनुसन्धानले पूर्णता पाएको थिएन । सिंहले घरजग्गा व्यवसायी सुधीर बस्नेत, हाउजिङ व्यवसायी राजराम बानियाँ, शैक्षिक परामर्श संस्थाका उद्धव केसीलगायतका फिल्म उद्योगी, पस्मिना व्यवसायी, बैंकर तथा काष्ठ उद्योगी व्यवसायीलाई उच्च ब्याजदरमा पैसा लगानी गर्ने गरेका थिए ।

नेपाल एयरलाइन्स भरतपुर शाखाका पूर्वस्टेसन म्यानेजर रहेका सिंह केही समय अमेरिका बसेर नेपाल आई चर्को ब्याजमा पैसा लगानी गर्न थालेका हुन् । पुख्र्यौली घर दार्चुला भए पनि उनले धनकुटाबाट नागरिकता लिएका छन् भने हेटौंडा हुँदै हाल ललितपुरको भनीमण्डलमा बस्दै आएका छन् ।

पछिल्लो समयमा उनले अदालतमा विभिन्न व्यावसायिक व्यक्तिका नाममा ४० करोडभन्दा बढी चेक बाउन्स भएको मुद्दा हालेका छन् ।

३० करोडको चेक

सिंहलार्इ प्रहरीले पक्राउ गर्दा उनीसँग ३० करोड रूपैयाँको चेक रहेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दै पुगेको प्रहरी टोलीले उनको घरबाट ३० करोडका विभिन्न चेक र सातवटा हतियार बरामद भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s