प्रहरीको योजना नहोस मात्र मन्त्रणा !

Posted: January 6, 2014 in By Deepak Kharel

प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नुभई नेपाल प्रहरीका बर्तमान काम कारवाही तथा भावी कार्यनितीहरुका बारेमा जानकारी दिनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले पुस १७ गते अंदाजी १२:२५ बजेको समयमा जिल्ला बारा भवानीपुर जितपुर–३ बस्ने ३५ बर्षीय अफताव अन्सारीलाई आप्mनै घरमा बसिरहेको अवस्थामा वि.आर ०६ सि ३५१७ नम्वरको भारतीय कालो पल्सर मोटरसाइकलमा आएका २ जना मनिसहरुले टाउकोमा गोली प्रहार गरी सोही मोटरसाइकल प्रयोग गरी भागेका २ जनालाई आप्mनो ज्यानको पर्वाह नगरी बहादुरीका साथ पक्राउ गर्ने अस्थाई प्रहरी पोष्ट ईनरवासिरा, बारामा कार्यरत जिल्ला प्रहरी कार्यालय बारा दरवन्दीका प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र प्रहरी चौकी बडकीफुलबरिया,बारा दरवन्दीका प्रहरी जवान शेष सम्जानलाई प्रहरी प्रधान कार्यालयमा Policy Coordination Committee ,PCCको निर्णय एवं उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीको बृत्ति विकास सिफारिस समितिको सिफारिसको आधारमा गठित बढुवा समितिले पुस १९ गते गरेको निर्णय अनुसार प्रहरी सहायक निरीक्षक मातृका ठाकुरलाई प्रहरी नायव निरीक्षक पदमा र प्रहरी जवान शेष सम्जानलाई प्रहरी हवल्दार पदमा पदोन्नती गरिएकोमा दज्र्यानी चिन्हद्धारा शुसोभन गर्नुभयो ।

DSC_2965
प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको रणनीतिक योजना २०७०–०७२ को लक्ष्य प्राप्तीका लागि सेवा प्रवाहमा स्तरबृद्धि, संगठन सुदृढिकरण, आन्तरिक शुद्धिकरण तथा प्रहरी छविमा सुधार, अनुगमन, मुल्यांकन व्यवस्थामा प्रणालीगत प्रयोग, अपराध अनुसन्धान तथा मानव अधिकारको संरक्षण र प्रबर्धन, कल्याणकारी कार्यक्रममा निम्न दर्जाको सुविधा एवं हक हितको प्राथमिकताका बारेमा जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको रणनितिक लक्ष्यहरु नेपाल प्रहरीको संस्थागत बिकास, पुनःसंरचना तथा नेतृत्व विकास, मानवश्रोतको संस्थागत बिकास गर्न आवश्यक पर्ने प्रकृया र प्रणालीको स्थापना, आधुनिकीकरण, प्रविधि तथा भौतिक पूर्वाधार विकास, अपराध नियन्त्रण र अनुसन्धान, उद्देश्यमुलक तथा प्रभावकारी सेवा प्रवाह, जनसहभागिता मुलक प्रहरी सेवाको विकास तथा विस्तार, प्रहरी कल्याणकारी सुविधा, स्वास्थ्य सेवा, खेलकूद तथा अन्य अतिरिक्त क्रियाकलापहरुको संस्थागत विकासका बारेमा उल्लेख गर्नुभयो ।
उहाँले स्वच्छ, व्यवसायिक एवं नागरिक केन्द्रीत प्रहरी सेवा, कानूनी राज्यको मुल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्धारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध, राष्ट्रप्रति समर्पित स्वच्छ, व्यवसायीक, निष्ठायुक्त र जनसहभागिता मुलक प्रहरी सेवाको संस्थागत बिकासको लागि जोड दिइने बताउनुभयो ।

 

DSC_0505-1
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सेवालाई आम नागरिकको सहज पहुच र पिडित मैत्री बनाउन बिशेष गरी ब्अअभकक त्य व्गकतष्अभ का लागि हाल भइरहेका हेल्प डेक्सलाई प्रभावकारी र विस्तारीत बनाउने, प्रत्येक ३ महिनामा जिल्ला स्तरसम्म नागरिक सुनुवाई कार्यक्रम संचालनमा ल्याइने, अपराध नियन्त्रण र तस्करी नियन्त्रणमा कडाई गर्न उपत्यकाका ४ वटै नाकामा डिजिटल चेकप्वाईन्टको स्थापना गरिने, बिगतमा संचालन गरिएका प्रभावकारी कार्यक्रमहरु पव्लीक पुलिस हेण्ड इन हेण्ड लगायतका कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगबाट बिस्तार गर्दै लगिने छ भन्नुुभयो ।
“परिबर्तन आप्mैबाट सुरु गरौ” भन्ने मुल मन्त्रलाई आत्मसात गरी चुस्त प्रहरीको अवधारणालाई मुर्त रुप दिन १ महिनाभित्रै प्रहरी प्रधान कार्यालयमा रहेका अधिक जनशक्तिलाई फिल्ड कार्यमा खटाई काम कारवाहीलाई छरितो बनाईने कुरा उल्लेख गर्नुहुदै बिधमान प्रहरी ऐन, नियममा समायानुकुल परिमार्जन गरी संगठन सुदृढिकरणको मुद्धालाई कानूनी रुपमै नियमित एवं व्यवस्थीत गर्न प्रयास गरिने बताउनुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनलाई राजनैतिक एवं प्रशासनीक दवाव र प्रभावबाट मुक्त राखिने उल्लेख गर्नुहुदै प्रहरी कार्यलयहरुलाई कामको प्रकृती अनुरुप बर्गीकरण गरी संगठनको आन्तरीक संरचना र प्रशासनिक प्रणालीमा सुधार गरिने बताउनुभयो ।
सरुवा बढुवाको सम्बन्धमा आउने गुनासोको अन्त गर्न प्रचलित ऐन कानून र मापदण्डलाई पारदर्शी र बैज्ञानिक बनाइने बताउनुहुदै व्यवसायीक तालिमहरुको उपलव्धता र स्तर उन्नतीमा बिशेष पहल गरिनुका साथै अन द जव टेनिङलाई समेत प्राथमिकताकासाथ संचालन गरिने बताउनुभयो ।
अधिकारको प्रत्यायोजन, सामुहिक निर्णय पद्धतीको बिकास र पारदर्शीतालाई व्यवहारमै लागू गरिने उल्लेख गर्नुहुदै प्रहरी महानिरीक्षक अर्यालले संगठित अपराध, गुण्डागर्दी तथा तस्करी नियन्त्रणमा कठोर कदम चालिने बताउनुभयो ।

 

DSC_0498
अपराध अनुसन्धानमा अनुचित दवावलाई पूर्णरुपमा निरुत्साहित गरिनुका साथै फितलो अनुसन्धानमा संलग्न कुनै पनि कर्मचारीलाई कारवाहीको दायरामा ल्याइने उल्लेख गर्नुभयो । यसैगरी उहाँले प्रहरी संगठनले खरिद गर्ने कुनै पनि चिजबस्तुको गुणस्तरमा कुनै सम्झौता नगरिने बताउनुहुदै खरिद प्रकृयालाई पूर्ण पारदर्शी बनाइएने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले परम्परागत मूल्याङकन पद्धतीलाई आमुल परिवर्तन गर्न लोकसेवा आयोगले स्वीकृत गरेको मुल्याङकन मापदण्डलाई पूर्ण अनुशरण गरिने उल्लेख गर्नुहुदै दुरदराजमा रहेका प्रहरी कार्यालय तथा कर्मचारीहरुको अवस्था तथा दुःख पिरमर्का बुभ्mन महिनामा एक पटक विभिन्न प्रहरी युनिटहरुमा प्रहरी महानिरीक्षक स्वयम् पुग्ने व्यवस्थालाई लागू गरिने तथा सोही अवसरलाई सदुपयोग गर्दै नागरिक समाजसंग अन्तरकृया गर्ने परम्पराको थालनी गरिने जानकारी समेत दिनुभयो ।
उहाँले अपराध अनुसन्धानलाई पिडित मैत्री बनाइने र सावितीमुखी अनुसन्धानको दोष लाग्दै आएको आमधारणालाई चिर्न प्रविधियुक्त अनुसन्धान पद्धती र जनशक्तिको समेत व्यवस्थापन गरिने उल्लेख गर्नुहुदै अपराध अनुसन्धानसंगै जोडिने मानव अधिकार हनन् एवं दुरुपयोगका घटनाहरुलाई न्यूनिकरण गर्न प्रहरी अधिकृत तथा जवानहरुलाई सो सम्बन्धी विभिन्न तालिमहरुमा गराइने सहभागितालाई निरन्तरता दिनुका साथै हाल भईरहेको संयन्त्रलाई अझ बढी प्रभावकारी बनाइने बताउनुभयो ।
यसैगरी उहाँले अपराध अनुसन्धान र नियन्त्रणमा नागरिक सहभागिता लाई मुख्य प्राथमिकतामा राखिने बताउनुहुदै संगठित अपराध एवं गुण्डागर्दीलाई निस्तेज पार्न सो सम्बन्धी प्रस्तावित कानूनलाई शिघ्र पारित गर्नका लागि सरकारसंग आग्रह गरिने बताउनुभयो ।
सोही अवसरमा उहाँले कनिष्ट प्रहरी कर्मचारीहरुको मनोवल बृद्धि गर्न स्वास्थ्य, शिक्षा र आवासलाई प्राथमिकतामा राखी लक्षित बर्गहरुको लागि योजनाहरु ल्याइने जानकारी दिनुहुदै पहिलो चरणमा प्रहरी जवानदेखि जुनियर प्रहरी अधिकृतहरुसम्मको लागि उपत्यकामा आवास योजना लागू गर्न आवश्यक गृहकार्यलाई तत्काल अगाडी बढाइने जानकारी दिनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संचारकर्मीहरुले राखेको जिज्ञासाहरुको उत्तर दिने क्रममा नेपाल प्रहरी संगठन सामुहिक नेतृत्व मार्फत सञ्चालन हुने बताउनुहुँदै संगठनलाई पारदर्शी र प्रभावकारी रुपमा अगाडि बढाउन सम्पूर्ण सञ्चारकर्मीहरुको सक्रिय एवं रचनात्मक सहयोगको अपेक्षा समेत गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक गणेश के.सी.ले पत्रकार भेटघाट कार्यक्रमको समन्वय गर्नु भएको थियो ।
कार्यक्रममा संचारकर्मीहरु, प्रहरी अतिरिक्त महानिरीक्षक डा. रामनाथ सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

स्रोत : प्रहरी समाचार कक्ष

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s