प्यासीलाई थुनामुक्त गर्न आर्थिक चलखेल

Posted: December 25, 2013 in By Deepak Kharel

Image
संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रत्यक्ष उम्मेदवार मोहम्मुद आलमको हत्याका मुख्य योजनाकार तथा अभियुक्त रामचन्द्र प्यासी कुशवाह मुलुकी ऐनको १७ नम्बर महलको प्रयोग गर्दै थुनामुक्त हुने योजनाका रहेको स्रोतले दाबी गरेको छ ।प्यासी सहित हत्यामा संलग्न सबैलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। प्यासीलाई थुनामुक्त गराउन उनका भाई शुभेश्वर कुशवाह रकम बोकेर सेटिङ मिलाउन  हिडेको दाबी स्रोतले गरेको हो। स्रोतका अनुसार पुनरावेदन अदालत हेटौडाका मुख्य न्यायधिस पुरुषोत्तम भण्डारी र न्यायधिस बमकुमार श्रेष्ठसँग शुभेष्वरको सम्पर्क भै रहेको समेत दाबी स्रोतले गरेको छ। न्याधिसद्धयसँग भेटघाट र अन्य चाजोपाँजो मिलाउने कार्यमा प्यासीका वकिल मनमोहन तिम्लसेना सक्रिय रहेको स्रोतले जानकारी दियो। शुभेश्वरले दाईलाई छुटाउन २ करोड रुपैयाँ खर्च गर्न तयार भएको बताउदै आएको जानकारी स्रोतले दियो। शुभेश्वरले जग्गाको कारोबारबाट कमाएको २ करोड दाईलाई थुनामुक्त गर्न खर्च गर्ने आफु निकटलाई बताउने गरेका छन ।
केन्द्रीय अनुस्नधान ब्युरो (सीआईबी)ले आलमको हत्या प्यासीकै योजना र गिरानीमा भएको प्रमाण सहित मुद्दा अदालतमा पेश गरेको थियो। हत्याका लागि प्यासीले नै भाडाका हत्यारालाई सुचना दिईरहेका थिए। प्रहरीले प्यासीले हत्याका लागि प्रयोग गरेको मोबाइल सहित सम्पूर्ण प्रमाण अदालतमा बुझाएको छ। आलमका परिवार भने अदालतको निर्णयप्रति निश्चिन्त हुन सकिरहेका छैन्न। ‘नेपालको कानुन दैब नै जानुन भन्छन, पैसाको खोलो बगाउछु भन्छन, न्यायधिसको नियत बिग्रन के बेर ‘ नाम उल्लेख नगर्ने सर्तमा परिवारका एकजना सदस्यले भने।
हत्या यसरी भयो
एमाले बाराका तत्कालीन उम्मेदवार महमुद आलमको हत्या एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहले ६ महिनादेखि योजना बनाएर गराएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका योजनाकार कुशवाह र व्यवस्थापक तथा सूचक दुई भारतीयलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रहरीले हत्याको कारण खुलाउन अझै सकेको छैन । कुशवाह र आलमबीच राजनीतिक प्रतिस्प्ार्धाका कारण कटुता थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार कुशवाहले आलमको हत्या गराउन मनोज नाम गरेको व्यक्तिलाई १० लाखमा ‘डिल’ गरी ३ लाख अगि्रम बुझाएका थिए । योजनाकार बारा बन्जरिया ८ का एमाले पूर्वसभासद तथा राष्ट्रिय पार्षद सदस्य ५० वषर्ीय कुशवाह, योजनामा सघाउने भारत अलीगढ घर भई वीरगन्ज ४ लक्ष्मीटोल ४२ वषर्ीय अतिक खान र भारत रक्सौल ४ डंकनरोडका ३८ वषर्ीय राजु श्रीवास्तव ‘बर्मा’ पक्राउ परेका हुन् । थप पाँच जना फरार भएको प्रहरीले जनाएको छ । तीनै जनालाई अनुसन्धानका लागि अदालतबाट १० दिने म्याद थप भएको छ ।
आलमको हत्यामा व्यवस्थापकको भूमिका खेलेका खान इन्जिनियर हुन् । कुशवाह बारा मिडिया प्रालिद्वारा सञ्चालित गढीमाई एफएमका सञ्चालक सदस्य हुन् ।
आलम र कुशवाहबीच स्थानीय राजनीतिमा द्वन्द्व थियो । यसकै कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुवैको राजनीतिक आधार भएको बारा क्षेत्र नं ४ मा आलमको प्रभाव बढ्दै गएकोे थियो । यसअघि समानुपातिक सभासद हँुदा कुशवाह आर्थिक विवादमा तानिदा उनले जिल्ला कार्यसमितिको बैठकमै माफी माग्नुपरेको थियो । अघिल्ला चुनावमा उक्त निर्वाचन क्षेत्रबाट आलम नै उठ्दा प्रशस्त अन्तर्घात भएर पराजय भएको स्थानीय एम्ााले नेताहरू बताउँछन् ।
‘कुशवाहकै योजनामा अतिक र राजुको सहयोगमा आलमको हत्या भएको देखिन्छ,’ अर्यालले पत्रकार सम्म्ोलनमा भने, ‘६ महिनादेखि योजना बनाएका हुन् । हत्या गर्न भाडाका ‘सुटर’ लाई ‘लोकेसन’, हुलिया र चिनाउने काम कुशवाहबाट भएको छ ।’
बारा ४ का प्रत्यक्षतर्फका उम्मेदवार तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष आलमले मनोनयन दर्ता गराएको २४ घन्टा नबित्दै गत असोज १८ गते बारा लिपनिमाल १ स्थित चवासती दाना मिलअगाडि गोली प्रहार भएको थियो । उपचार क्रममा २४ गते काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।
ब्युरोका अनुसार आलमको हत्याका लागि कुशवाहले भारत रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग छलफल गरेका थिए । उनले हत्याअघि विभिन्न समयमा आलमको घर र अन्य स्थानको सूचना संकलन गरेका छन् । हत्याको मुख्य योजनाकारले दुबईमा बसी आवश्यक समन्वय र निर्देशन दिएको प्रहरीको दाबी छ । तर, उनी को हुन खुलाएको छैन । अर्यालले भने, ‘अहिले भन्न मिल्दैन ।’ उनको हत्या गराउन पाँच तहमा योजना बनेको छ । मुख्य योजनाकार दुबई, अपरेसन म्यानेजर भारतमा, कुशवाह र अन्य व्यक्तिबीच सम्पर्क गराउने बर्मा हुन् । त्यसपछि व्यवस्थापक र सुटर छन् । आलमको भदौ २४ मा हत्याका लागि भारतबाट ३ जना सुटर रक्सौल हुँदै वीरगन्ज आएको र वीरगन्जको होटल रानीपोखरीको कोठा १०३ मा बसेको अनुसन्धानबाट खुलेको छ ।
‘ पहिलो पटक काठमाडौंमा भदौ २१ मा, दोस्रो पटक टिकट लिन काठमाडौं आउँदा असोज ११मा र तेस्रो पटक उम्मेदवारी दर्ताको दिन गरेको देखिन्छ,’ अर्यालले भने, ‘एकान्त र एक्लै नभएकाले प्रयास असफल हुदै आएको थियो । घटनाका दिन बिहानदेखि निगरानी गरेर गोली हानिएको थियो ।’
आलम टिकटका लागि काठमाडौ आएकाबेला झुक्किएर जोरपाटीमा भारतीय नागरिक मोहम्मद समसुल हकलाई असोज ११ मा गोली हानिएको थियो । ‘हुलिया मिलेकाले हकलाई गोली हानेको देखिन्छ,’ उनले भने ।
हकलाई गोली हानेर भारत गएको समूह आलम बारा आएको जानकारी पाएपछि खानसँग समेत सम्पर्क गरेर पुनः असोज १६ मा वीरगन्ज आएर घण्टाघर नजिकको गेस्ट हाउसमा बसेको थियो । उनीहरूलाई आलमको जानकारी कुशवाहले दिएका थिए । बिहानैदेखि २ जनाले मोटरसाइकलमा आलमको पिछा गरेका थिए । गोली प्रहार पछि मोटरसाइकलमा उनीहरु भागेको प्रहरीले जनाएको छ । यसैबीच कुशवाहका श्रीमती प्रमिलाले पत्रकार सम्मेलन गरी आफ्ना श्रीमानलाई फसाएको आरोप लगाएकी छन् ।

सुटरको हुलिया

प्रहरीले फरार सुटरको स्केच सार्वजनिक गरेको छ । आलमको हत्यामा संलग्न सुटर मोटो शारीरिक बनावट, ३५ देखि ४० वर्षका, पाँच फिट सात इञ्च उचाइ, कालो वर्णका, डेढ इञ्च लामो कपाल, टिसर्ट तथा कालो जिन्स पाइन्ट लगाएको व्यक्ति छन् । त्यस्तै काठमाडौं जोरपाटी घटनामा संलग्न सुटरको शारीरिक बनावट पातलो, ३२ देखि ३३ वर्षका, ५ फिट ६ इञ्च उचाइ भएका गहुँगोरो, पातलो लामो अगाडि झरेको कपाल भएका व्यक्ति रहेको प्रहरीले अनुमान गरेको छ ।

पक्राउ परे पूर्व सभाषद

एमालेका तत्कालीन उम्म्ोदवार तथा केन्द्रीय सदस्य महमुद आलम हत्या आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभासद रामचन्द्र प्यासीसहित २ भारतीयलाई जिल्ल्ाा अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

बारा क्षेत्र नम्बर ४ बाट उम्म्ोदवारी दिएका पार्टी भ्रातृ संगठन मुस्लिम इत्तेहाद अध्यक्षसमेत रहेका लिपनीमाल १ का आलमको उम्म्ोदवारीको २४ घन्टा नबित्दै असोज १८ मा गोली प्रहारबाट उपचारका क्रममा मृत्यु भएको थियो । हत्या आरोपमा कात्तिक ९ मा केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) टोलीबाट पक्राउ परेका बन्जरिया गाविस ८ निवासी एमाले पूर्वसभासद प्यासी, भारत अलिगढ घर भई वीरगन्ज ४ बस्ने अतिक खान र भारत रक्सौल ४ डंकन रोडका राजु श्रीवास्तव ‘बर्मा’ लाई अदालतले थुनामा राखेको हो ।

‘आधार प्रमाणको विवेचना गर्दै तत्कालका लागि पुर्पक्षमा पठाउने आदेश भएको छ,’ स्रेस्तेदार रोशनकुमार भट्टराईले भने, ‘दोषी निर्दोषीबारे पछि फैसला हुनेछ ।’ अहिले नै आरोपीहरू कसुरदार होइनन् भन्न्ा नसकिने अवस्था भएकाले पुर्पक्षमा पठाएको उनले बताए । मुद्दासम्बन्धी सुनुवाइ बिहीबार सुरु भई ३ दिनसम्म दुईतर्फी बहस चलेको थियो । लामो अनुसन्धानपछि आरोपीसहित सरकारी वकिलमार्फत मुद्दा पेस भएको थियो ।

पीडित पक्षबाट ६ र आरोपीबाट ११ अधिवक्ताले बहस गरेका थिए । बहस सुन्न्ा प्रहरी, प्रशासन, नेता कार्यकर्ताको दिनहुँ लागेको भीडले अदालत परिसर र इजलास खचाखच थियो । जाहेरवाला -पीडित आलम परिवार) का तर्फबाट अधिवक्ताहरूले बहस गर्दै हत्यामा आरोपीको संलग्नता पुष्टि भएकाले पुर्पक्षमा राख्ाी कारबाही अघि बढाउनुसँगै दफा १३ को ४ अनुसार जन्मकैद सजाय माग गरेका थिए । ‘मुलुकी ऐनको अदालती बन्दोबस्त ११८ को देहाय २ र ३ अनुसार आरोपीलाई थुनामा पठाउने आदेश भयो,’ जिल्ल्ाा न्यायाधिवक्ता गोविन्द्रप्रसाद उपाध्यायले भने, ‘यसमा स्वदेशीको हकमा ३ वर्ष र विदेशीलाई ६ महिना वा त्यसभन्दा माथि सजाय हुनेलाई पुर्पक्षमा पठाउने कानुनी व्यवस्था छ ।’
उता आरोपीका तर्फबाट अधिवक्ताहरूले आरोपीको ठोस दसी प्रमाण नभेटिएकाले परिस्थितिजन्य प्रमाणका आधारमा पुर्पक्षमा नपठाई मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने जिकिर गरेका थिए ।
प्रहरीले प्यासीलाई हत्याको मुख्य योजनाकार, घटनाको व्यवस्थापक र सूचकको भूमिकामा क्रमशः अतिक खान र राजु भएको दाबी गर्दै अदालतमा मुद्दा पेस गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s