आरुसीका बाबुआमालाई आजिवान कारावास

Posted: November 27, 2013 in By Deepak Kharel

arushi

गाजियाबादस्थित केन्दि्रय अनुसन्धान ब्युरोको बिशेष अदालतले १४ बषिर्या आरुसी तलवारको हत्या अभियोगमा उनका बाबु डा.राजेश र आमा डा.नुपुरलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

मंगलबार अपरान्ह अदालतले यो फैसला सुनाउनासाथै तलवार दम्पत्तिलाई दासना जेल लगिएको छ । तलवार दम्पत्तिले अदालतको फैसलामा चित्त नबुझेको प्रतिक्रिया दिदैं निर्णयको बिरुद्धमा हाइकोर्टमा जाने बताएका छन् । उत्तर प्रदेशको नोयडास्थित एक अपार्टमेन्टमा साढे ५ बर्षअघि भएको हत्याकाण्डमा आफ्नै छोरी आरुसीलाई उनका बाबुआमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट दर्ता (एफआइआर) गराइएको पुष्टी भएपछि अदालतले मंगलबार सजाय सुनाएको हो ।

२००८ को मे १५ मा भएको हत्या काण्डपछि बिभिन्न चरणमा भएका अनुसन्धान क्रममा डा.तलवारका घरमा काम गर्ने नेपाली कामदार हेमराज (यमप्रसाद) बन्जाडेसहित अन्य तीन नोकरमाथि पनि आशंका गरिएको थियो । तर आरुसीसँगै हेमराजको पनि हत्या गरिएको र उनको शव सेक्टर-२५ स्थित त्यही घरको छतमा दुइ दिनपछि भेटिएपछि हत्या घटनाले थप आशंका र रहस्य बढाएको थियो । ४५ बर्षीय नेपाली कामदार हेमराजसागै भएको हत्याकाण्डका कारण यसलाई हेमराज-आरुसी प्रकरणका रुपमा चिनिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.