बाबुआमाबाट आरुसी र हेमराजको हत्या

Posted: November 25, 2013 in By Deepak Kharel

Aarushi-and-henraj-291x21825855उत्तर प्रदेशको नोयडास्थित एक अपार्टमेन्टमा साढे ५ बर्षअघि भएको हत्याकाण्डमा आफ्नै १४ बषिर्या छोरी आरुसी तलवारलाई उनका बाबुआमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी रिपोर्ट दर्ता(एफआइआर) गराइएको पुष्टी भएको छ ।

२००८ को मे १५ मा भएको हत्या काण्डपछि बिभिन्न चरणमा भएका अनुसन्धान क्रममा डा.तलवारका घरमा काम गर्ने नेपाली कामदार हेमराज(यमप्रसाद) बन्जाडेसहित अन्य तीन नोकरमाथि पनि आशंका गरिएको थियो । तर आरुसीसागै हेमराजको पनि हत्या गरिएको र उनको शव सेक्टर-२५ स्थित त्यही घरको छतमा दुइ दिनपछि भेटिएपछि हत्या घटनाले थप आशंका र रहस्य बढाएको थियो । ४५ बषिर्य नेपाली कामदार हेमराजसागै भएको हत्याकाण्डका कारण यसलाई हेमराज-आरुसी प्रकरणका रुपमा चिनिन्छ ।

पेशाले दन्तचिकित्सक रहेका तलवार दम्पत्तिको क्लिनिकमा काम गर्ने सहयोगी कृष्ण र घरका कामदार सहयोगीहरु राजकुमार तथा बिजयलाई पनि सुरुका दिनमा आरुसीको हत्यामा मुछिएको थियो । तर अनुसन्धानका चरणले हत्याको कारण र अभियुक्त पहिल्याउन नसकेपछि केन्दि्रय अनुसन्धान ब्युरो-सीबीआइ)को बिशेष टोलीले सन् २००९ सेप्टेम्बरयता यो घटनामा ‘बिशेष अनुसन्धान’ थालेको थियो ।

arushi

गाजियाबादको सीबीआइ बिशेष अदालतले सोमबार अपरान्ह सुनाएको फैसलामा प्राप्त प्रमाण र बयानहरुको आधारमा आरुसी र हेमराज हत्यामा उनका बाबुआमाको प्रत्यक्ष संलग्नता रहेको जनाएको छ । बिशेष अदालतका न्यायधिश श्याम लालले सुनाएको फैसलापछि तलवार दम्पत्तिलाई प्रहरी हिरासतमा लिइएको छ । डा.तलवार दम्पत्तिले अदालतको फै्रसलामा असन्तुष्टी जनाउादै यसका बिरुद्ध उच्च न्यायलयमा अपिल गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । प्रहरी हिरासतपछि तलवार दम्पत्तिलाई उत्तर प्रदेशको डासना जेल लगिएको छ ।

अदालतको निर्णयबारे मिडियालाई दिइएको जानकारीमा आरुसी हत्यामा संलग्न दम्पत्तिलाई धारा ३०२ अन्तर्गत मृत्युदण्ड वा आजीवन कारावास तथा घटनाको प्रमाण मेटाउने प्रयास गरेकोमा २०१ धाराअन्तर्गत थप सजाय सदर हुन सक्नेछ । तलवार दम्पत्तिले पाउने सजायबारे मंगलबार बिशेष अदालतले फैसला गर्ने भएको छ ।

हेमराज-आरुसी हत्यापछि उनीहरुको शव फेला पर्दा शरीरमा लाठी प्रहार तथा ब्लेडले घाँटी काटेर मारिएको प्रमाण देखिएपनि त्यसबारे फिङ्गर-पि्रन्ट लिने काम समेत नगरिएकोमा जनसाधारणमा आक्रोश रहिआएको थियो । सीबीआइ अनुसन्धानमा खुलेअनुसार दिल्ली पब्लिक स्कुलकी छात्रा आरुसीको कोठामा कामदार हेमराज र आरुसी अहसज अवस्थामा भेटिएपछि रिसको झोंकमा राजेश र नुपुरले गल्फ खेल्ने ‘स्टिक’ले टाउकामा हानेर दुबैलाई मारेका थिए । मारेपछि कामदार हेमराजको शव घरको छतमा लगेर लुकाइएको थियो भने छोरीको शव उसकै ओछ्यानमा छोपेर राखिएको थियो ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.