गोली काण्ड भट्कल पक्राउ श्रृंखलाको आशंका

Posted: September 28, 2013 in By Deepak Kharel

राजधानीको जोरपाटीमा शुक्रबार बिहान भारतका नागरिक मोहमद्दिन समसुल हकमाथि गोली प्रहार भएको छ। नारायणटार पार्टी प्यालेसनजिकै बिहान ८.४० बजे अपरिचित समूहले गोली हानेको हो। चालीस वर्षीय हक मोतीहारी हिरमनीका बासिन्दा हुन्।
shutter

प्रहरीले सार्वजनिक गरेको अभियुक्तका स्केच।

हकको तिघ्रामा एउटा र पेटमा दुईवटा गोली लागेको छ। उनलाई तत्काल शंकरापुर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ केही समय उपचार गरिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
मोटरसाइकलमा आएका दुईजना पाँच राउन्ड गोली प्रहार गरी भागेका थिए। उनीहरूले तीन राउन्ड गोली हानेको प्रत्यक्षदर्शीले बताए। घाइते भएर पनि भाग्‍न खोजेका हकलाई उनीहरूले लखेट्दै थप गोली हानेका थिए। ‘गोली लागेर छटपटाउँदै थिए, भाग्‍न लाग्दा फेरि गोली हाने’, प्रत्यक्षदर्शी महिलाले भनिन्।

पेस्तोलधारीले मोटरसाइकल करिब एक सय मिटर वर ढकाल डेरीनजिक रोकेका थिए। गोली प्रहार गरी उनीहरू मोटरसाइकलमै भागेका थिए।

प्रत्यक्षदर्शी बयानका आधारमा सम्भावित अपराधीको स्केच तयार गरे पनि प्रहरीले घटनाबारे थप केही पत्ता लगाउन सकेको छैन। घटनालगत्तै अपराध महाशाखाका डीएसपी शिव श्रेष्ठ र बौद्ध वृत्तका डीएसपी मनोज केसीसहितको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका लागि अपराध महाशाखाको टोली पनि खटिएको छ।
घटनास्थलबाट दुई राउन्ड जंगी (नपड्किएको) गोली बरामद गरिएको छ। प्रहरीले बरामद गोलीको क्यालिभरसमेत पत्ता लगाउन सकेको छैन। महानगरीय प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) हेमन्त पालले घटनामा सिक्सर पिस्तोल प्रयोग भएको शंका लागे पनि गोलीको प्रकृति पत्ता नलागेको बताए। ‘घटनामा प्रयोग भएको पिस्तोल र प्रयोग भएको गोलीबारे केही पत्ता लगाउन सकिएको छैन’, उनले भने।

हक दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। उनका छोरा अता उल्लाहले बाबुको कसैसँग रिसइबी नभएको बताए। हककी पत्‍नी भने मोतीहारीमै रहेको प्रहरीले जनाएको छ। काठमाडौं आउनुअघि हक दिल्लीमा काम गर्थे। उल्लाह जोरपाटीस्थित अवुबंकर जामे मस्जिदमा अध्ययनका लागि सात महिनाअघि नेपाल आएका हुन्। अपांग अस्पतालको भुइँतलामा सञ्‍चालित उक्त मस्जिदमा हकले सहयोग पुर्‍याउँदै आएका थिए।

प्रहरीले प्रत्यक्षदर्शी एक स्कुले बालकले बताएको हुलियाका आधारमा स्केच बनाएर सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयमा टिपाएको हुलियामा अल्फाबेट नखुलेको ९३४७ नम्बरको कालो पल्सरमा दुईजना आएर गोली प्रहार गरेको उल्लेख छ। अपराध अनुसन्धान महाशाखाले भने हिरोहोन्डा मोटरसाइकलको अगाडि भागको नम्बर प्लेटमा ६० नम्बर देखिने, मोटरसाइकल चलाउनेले कालो ज्याकेट, नीलो जिन्सको पाइन्ट र दाहिने आँखामुनि डन्डीफोर आएको र पछाडि बस्नेले कालो सर्ट र कालै जिन्स पाइन्ट लगाएको सूचना आयुक्त कार्यालयमा टिपाएको छ।

यसअघि राजधानीमा सञ्‍चार उद्यमी जमिम शाह, मदरसा सञ्चालक फैजान अहमद र पाकिस्तानी दूतावासका कर्मचारी मोहमद आसिनमाथि हकलाई जसरी नै गोली प्रहार भएको थियो। शाह र अहमदको घटनास्थलमै मृत्यु भएको थियो। आसिन भने घाइते भएका थिए। त्यस्तै थुनामा रहेका युनुस अन्सारीमाथि कारागारमै गोली प्रहार भएको थियो। प्रहरीले हकमाथि गोली प्रहार भएको घटनालाई पनि अघिल्ला घटनासँग जोडेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले विहार प्रहरीसँग सहकार्य गरेर हकका विषयमा सूचना संकलन प्रयास भइरहेको जनाएको छ। त्यस्तै उनका बारेमा जोरपाटी क्षेत्रका बासिन्दासँग थप सोधपुछ भइरहेको छ।

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ्), इन्टिलिजेन्स ब्युरो र दिल्ली प्रहरीको विशेष सेलले नेपाल केन्द्रित गोप्य अप्रेसन सञ्‍चालन गरिरहेका बेला भारतीय हकमाथि गोली प्रहार भएको छ। यसअघि नेपालमा पक्राउ गरेर भारत लगिएका लस्कर ए तोइबाका बम एक्सपर्ट अब्दुल करिम टुन्डा र इन्डियन मुजाहिद्दिनका संस्थापक यासिन भट्कलकै पक्राउ शृंखलाको विरोध वा प्रतिक्रियाका रूपमा घटना भएको आशंका नेपाल प्रहरीको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.